पब्लिक शौचालय अपरिहार्यता या बाध्यता
|
काठमाडौं महानगरका रेस्टुरेन्टहरुमा आमजनताले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव मेयर बालेन्द्र शाहले धारणा राखे सँगै उनले केही चेन रेस्टुरेन्टहरु सँगको सहकार्यमा फ्री शौचालय संचालन हुनुले सबैलाई फाइदा पुगेको देख्न सकिन्छ । हुन त निःशुल्क वा स:शुल्क लिएर चर्पि निर्माण गरे पनि राजधानीमा सहज शौचालय कही कतै भएको पाईदैन । केहि निश्चित एरियामा सीमित रहनुले आम मानिसलाई सहज पहुँच नहुँदा अधिकांश समस्यामा परेका छन्। सार्वजनिक शौचालय नहुँदा बाटोमा हिडिरहेको मानिस दिसा पिसाबका लागि जाने ठाउँ नै हुँदैन।
चर्पि प्रयोग गर्न रेस्टुरेंटमा बसेर तातो चिसो पिउनु पर्ने अवस्था बाट हर कोही नभोगेको कोही नहोला।मेयर बालेन्द्र शाहको यो निर्णय सँगै सबैले तारिफ गरेका छन् त अन्य केहि सहरमा समेत त्यसको सिको गर्न थालेका छन । यसो भनी रहँदा अहिले पर्बत कुस्मा पनि आतंरिक तथा बाह्य पर्यटकको घुईच्यो लाग्ने गरेको छ । टाढा-टाढा बाट आउने आतंरिक पर्यटक पनि कुस्मा बजार घुम्न आउँदा सहज शौचालय नहुँदा बाध्यताले कुनै रेस्टुरेन्ट र होटल भित्र पसेर केहि खानु पर्ने अवस्था छ।
विदेशका देशहरुले आफ्ना जनता र घुम्न आउने पर्यटकहरुको सुविधाका लागि ठाउँ ठाउँमा सार्बजनिकशौचालय, पुस्तकालय, रेस्टुरेन्ट समेत निर्माण गरिदिने गर्दछन । यस्ता शौचालयको व्यवस्थापन गर्ने छुट्टै व्यवस्था गरिएको हुन्छ र त्यहाँ सबै ब्यबस्थित भएको पाईन्छ । मानिस सुन्दर हुनका लागि छालाको महत्वपूर्ण भूमिका हुने भए पनि यसले मात्र पूर्ण हुँदैन। अनुहारको बनावट, कपाल, नङ, शरीरको संरचना र उसको बानी व्यहोराको पनि उतिकै महत्व हुन्छ।हाम्रो समाजमा गोरो छालालाई राम्रो मानने गर्छौ तर गोरो हुनु नै समग्रमा राम्रोपन पक्कै होइन।खासगरी अफ्रिकनहरु काला हुन्छन् र कालो छालामानै मिलेको अनुहार,मुख, आँखा, नाक, कपाल, दाँत, नङ, शरीरको संरचना आदिको कारण सुन्दर देखिएका हुन्छन् । यसले समग्र बुझाउने भनेको उही बाहिरी आवरण राम्रो देखियता पनि भित्री आवरण पनि त्यतिकै सफा हुनु त्यसको सुंदरता हो ।
बास्तबमा भन्ने हो भने यो सरसफाइसँग पनि जोडिएर आउने बिषय हो भन्ने लाग्छ । कुस्मा बजार अहिले पर्यटकको आगमन बढे पनि स:शुल्क शौचालय कतै भेटिदैन, सरकारी कार्यालयमा रहेका सेवाग्राहीले प्रयोग गर्ने चर्पि आफैमा चर्पि जस्तो देखिदैन फोहोरको डुंगरनै थुप्रिएको भान हुन्छ।बजारको बसपार्कमा रहेका शौचालय जादा पाइंट माथि उचालेर हिड्नु पर्ने साथै दिसा लागेको खण्डमा प्रयाप्त पानीको ब्यबस्था छैन।अत्यन्त दुर्गन्धित र फोहोर रहेका छन् ।भुँइमा दिसापिसाब जताततै भएका शौचालय प्रयोग गर्न सर्वसाधारण बाध्य छन्।दुर्गन्धले शौचालय वरपरका क्षेत्रमा पनि हिँडीसक्नु छैन ।अरु साबुन,पानी,बिजुली बत्ती,टिश्यू पेपरको त कुरै छाडौ।स शुल्क भने पनि त्यहाँ कही सुबिधा देखिएको कही पाइदैन यो आम कुस्मा बजार मात्र नहोला।लामो दुरीको यातायातमा जहाँ पनि यही हालत देख्न सकिन्छ । यसलाई हेर्ने कोही केहि निकाय पनि छैन।
कुस्मा पहिले भन्दा धेरै बिकसित र धेरै पूर्वाधारका संरचना बढे पनि सामान्य नि :शुल्क/स शुल्क सार्बजनिक शौचालय निर्माण हुन सकेको छैन । न त स्थानीय तहले यसको आवश्यकता ठान्यो न त कोही संघ सस्था नै !कमसेकम कोही ब्यक्ति बिशेष पनि स शुल्क लिएर बजार क्षेत्रमा एउटा सार्बजनिक शौचालय चाहिन्छ भनेर कोही अघि सरेको पाइदैन । कुस्मा घुम्न आउने अधिकांशमा महिलाहरु बढ़ी पीड़ित भएको देखिन्छ । उनीहरुलाई पुरुष जस्तो सहज हुदैन । लामो दुरी प्रयोग गर्दा पनि पुरुष सहज शौच गर्न सक्छ भने महिलालाई धेरै कुरा ध्यान दिनु पर्ने हुन्छ।
सार्बजनिक शौचालयमा पनि पुरुष भन्दा महिलालाई गारो हुने गर्छ । पानीको बढ़ी प्रयोग हुने गर्छ भने उनीहरुको मानसिकतामा पनि बढ़ी सफासुघर मन पर्याउने खालका हुन्छन यस कारण पनि शौचालय अत्यंत सम्बेदंसिल र महिला प्रति थप चनाखो हुने गर्छ।
खुला दिसा मुक्त घोषणा गरे पनि त्यों घोषणामा मात्र सीमित छ । केहि फरक पार्न सकेको छैन, घोषणा गर्नका लागि घोषणा गरेको प्रष्ठ छ । कुस्मा नगरपालिकाले चाहेको खण्डमा देशकै नमुना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण गर्ने खालको दूरगामी सोच सोच्न सक्ने हिम्मत अन्य संघ सस्था, ब्यक्ति बिशेषले गर्न सके एउटा धर्मनै हुने थियो । दिसा-पिसाब सँगै पुस्तकालय खोल्नुले मानिसलाई पढ़ने बानीको बिकास गराउने र सचेत हुन बोध गराउँदछ । स: शुल्क लिएर शौचालय निर्माण गरे पनि त्यसको सही ब्यस्थापन गर्न सकियो भने यसले सकारात्मक सन्देश दिने गर्दछ।
अन्त्यमा मेयर बालेन्द्र साहको प्रस्ताबले अन्य सहरी क्षेत्रमा नीतिगत व्यवस्था गरेर सार्बजनिक शौचालय, रेस्टुरेन्ट होस् या बसपार्क क्षेत्र होस् सबै मुख्य स्थानमा शौचालय निर्माण गर्न सकियो भने वातावरण संरक्षण, पूर्ण सरसफाई वातावरण मैत्री दुर्गंध रहित समाज र सफा सहर निर्माणमा आम मानिसहरुलाई सहज हुने थियो त्यसैले बेलैमा ध्यान दिनु आवश्यक छ।