उक्तक र मुक्तक सार्वजनिक
|
अमेरिकाको नर्थ क्यारोलाईनामा दुईजना लेखकका उक्तक र मुक्तकसमेत गरेर ६ वटा कृति एकैसाथ लोकार्पण भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्तीको अबसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा केरी शहरको नर्थ क्यारी पार्कमा यही जुलाई २४, आइतबार सम्पन्न कार्यक्रममा ती कृतिहरू सार्वजनिक गरिएका हुन् ।
कार्यक्रममा कृति विमोचन, कृति परिचर्चा र रचना वाचन तथा नेपाली पाठशालाका विद्यार्थीहरू वीच चित्रकला र बकृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। त्यस अबसरमा ऋषि बस्ताकोटी ( पीएच डी) को मुक्तक संग्रह ‘बिसंगत बस्ती’र सुरेशकुमार भट्टका सोली डोली (लोकवेद), साइनु लोक )काव्य), काँचुली(उक्तक/कविता संग्रह)मलाई मन पर्छ (बाल कवितासंग्रह) र त्रितीय समर कोरोना कहर(हाइकु/ कविता) संग्रहको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकारहरु इश्वर देवकोटा, नारायण राजभण्डारी (पीएच डी) , नगेन्द्र नेउपाने, समाजका अध्यक्ष नम्रता गुरागाई, सेन्टरका अध्यक्ष आर पी पौडेल , मुक्तककार बस्ताकोटी र लेखक भट्टले सामुहिक रुपमा ती पुस्तकहरू लोकार्पण गरेका थिए ।
यसै अबसरमा नेपाली पाठशालाका विद्यार्थीहरुको विभिन्न उमेर समुहमा बिभाजन गरी नेपाल सम्बन्धि चित्रकला प्रतियोगिता र ‘म किन विशेष छु’ भन्ने बिषयमा वक्तृत्वकला योजना गरिएको थियो। कार्यक्रममा स्थानीय लेखक कविहरू भगवती न्यौपाने, निर्मला राजभण्डारी, प्रभा पोखरेल, ददीन पाण्डे, दिव्या पाण्डे, दिजा पाण्डे, मनिका चौलगाई, भूमि नेपाली, जानुका पौडेल लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए।
बालबालिकाहरूको प्रतियोगितामा ५-८ बर्ष उमेर समूहमा युग गौतम,आहन शर्मा र जेस्सिका नहर्की,९-१२ बर्ष समूहमा साइन लीमिछाने,सुवोम ढुंगेल र नेरिका प्रधान तथा
१३-१६ बर्ष समूहमा स्तुती आचार्य र प्रोग्रेस प्रधान पुरस्कृत भएका थिए ।
त्यस अबसरमा अच्युत शर्मा( पीएच डी),कल्पना घिमिरे र प्रभा पोखरेलले लेखकहरूलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका रचनाहरू बाचन गरेका थिए । कार्यक्रमको संचालन सुजाता ढुंगेल र विक्रम गौतमले गरेका थिए ।
उक्त अवरका केही झलकहरु तस्वीरमा :




One Comment
आदरणीय गुरुवरमा हार्दिक नमन साथै यहाँको कदर गर्दै आत्मीयका साथ उत्तरोत्तर कामना साथै हार्दिक बधाई अर्पण गर्दछु
सोमनाथ लुइटेल
पञ्चाङ्ग साहित्य समाज नेपाल