समयको खेल
|
समयले खै कुन्नि के खेल खेल्छ
कर्म र परिश्रम दुवै जीवनमा भोगेर
म शान्तिको अनुभूति खोज्दै थिएँ
तर खै किन हो
फेरि अर्को नयाँ यात्रा सुरु गर्दैछु ।
अँध्यारोमा बत्ती लिएर
म हेर्छु ?
म कहिले सही बाटोमा हुन्छु ?
कर्म मार्ग नाप्दै
गन्तव्यमा पुग्ने प्रयास गर्छु ।
विधाताले के लेखेको छ मेरो भाग्यमा ?
मैले अहिले पनि कर्म गर्न छोडेको छैन
खुला आकाश मुनि
म बाङ्गा-टिङ्गा सडकमा घुम्दैछु
टुटेको मुटु बोकेर
म बिस्तारै बिस्तारै पाइला सार्दै छु
असुरक्षित घुम्तिहरूमा ।