विश्वकप फूटबल: मेस्सीले रच्लान इतिहास ?

विश्व खेल जगतको सबैभन्दा ठुलो मेला विश्वकप फूटबलको उपाधिको लागी लियोन मेस्सीको अर्जेन्टिना र वर्तमान बिजेता फ्रान्स बिच भीडन्त हुँदैछ । महिना दिनको उतार चढाब, नयाँ टिमको उदय, केहि पारम्परिक बलिया टिमको सर्मानक बहिर्गमन, अनि करोडौं फूटबलप्रेमीलाई रोमान्चक फूटबल खेल महोत्सवमा समाबेश गर्दै यो विश्वकप उपाधि भिडन्तमा आइपुगेको छ । फाइनलमा प्रवेश गरेका अर्जेन्टिना र फ्रान्स दुवै उपाधिको लागि दावेदार हुन् यसमा कुनै संका छैन । तर आइतबार हुने फाइनल खेलले यात अर्जेन्टिनाको वा फ्रान्सको सपनालाई फेरि एकपटक अधुरै बनाउने छ । अर्जेन्टिनाले आइतबार तेस्रो पल्ट विश्वकप जित्न कोशिस मात्र गर्ने छैन फूटबल जगतकै सर्बकालिन महानको चर्चामा रहेका लियोन मेस्सीलाई उपाधि सहित विदाई गर्ने प्रयत्न पनि गर्नेछ । अर्कोतिर लगातार दोस्रोपटक उपाधि जित्ने मात्र तेस्रो टिम बन्ने दाउमा रहेको एम्बाप्पेको फ्रान्सले मेस्सीको विदाई हर्षोल्लासका साथ नभएर रोदनका साथ होस् भनेर प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनाले यो विश्वकप साउदी अरेवीयासँग अप्रत्यासित हारसँग सुरुवात गरेको थियो । प्रतियोगिता अगाडी उपाधि जित्ने ‘फेबरेट ” को रुपमा रहेको अर्जेन्टिना को यो हार यति सर्मनाक रह्यो कि यसलाई विश्वकपकै सर्मनाक हारको लिस्टमा अग्रस्थानमा राखियो । हुन पनि यो हारले अर्जेन्टिनालाई बाँकी खेल अन्तिम खेल नै हुन सक्ने आधारमा खेल्नुपर्यो । अहिले फर्केर हेर्दा त्यो हारले मेस्सीको अर्जेन्टिनालाई राम्रो खेल्न बाध्यमात्र बनाएन टिममा नयाँ जीवननै थपिदियो । यो सत्य हो कि लिगमा अर्को खेल हरेको भए अर्जेन्टिना जर्मनी र बेल्जियम सँगै लिग चरणबाटै बाहिरिन सक्च्थ्यो तर त्यो हारले टीमलाई एकताबद्ध बनाउदै लयमा फर्काउन सहयोग पुर्यायो । र जुन टीममा मेस्सी जस्ता जादुमय खेलाडी हुन्छन त्यो टीम एक चोटी ढले पनि उठ्न सक्छन र टीमलाई आगाडी बढाउन सक्छन । फाइनलसम्म आईपुग्दा अर्जेन्टिनी टीममा एस्तो विश्वास देखिन्छ त्यो फूटबलको कौसलताभन्दा पनि बाहिरको कुरा हो । मेस्सीले फूटबल जगतबाट सबै थोक पाईसकेका छन् मात्र बाँकी छ विश्वकप उपाधि । र यस्तो लाग्छ, अर्जेन्टिना यो उपाधिको लागि तयार छ ।

एम्बाप्पे र फ्रान्स लगातार दोस्रो उपाधिको लागि आफ्नै लयमा छन् । उनीहरुलाई मेस्सी र अर्जेन्टिनाको भाग्यसँग कुनै लेना-देना छैन । पछिल्लो चार बर्षको चाम्पियन अर्को चार बर्षको लागि चाम्पियन बन्न उनीहरुको ‘attacking mindset ” काफी छ । फ्रान्सले हरेको कुनाबाट आक्रमण गर्न सक्छ । र, अर्जेन्टिनाको कुनै कमजोरी छ भने त्यो ” डीफेंस” हो । फ्रान्सले त्यही कमजोरीको फाइदा उठाउन सक्छ ।

मेस्सीको अधुरो सपना पुरा होला कि फ्रान्सले ‘रिपिट’ गर्ला त् त्यो त हामीलेआइतबार थाहा पाउने नै छौं । अहिले हामीसँग आफ्नो धारणा राख्ने र त्यही अनुसारको “Prediction” गर्ने समय छ । यो पंक्तिकार पनि यो खेलमा सामेल हुदै छ । उपाधि भिडन्त एकदम रोचक हुने छ र एउटा टीमको सानो गल्तीमा गोल गरेर अर्को टीम ले उपाधि चुम्ने छ । येतिभन्दा भन्दै पक्तिकार यो पटक सर्बकालिन महान मेस्सीको विश्वकप उपाधिको खडेरीको अन्त्य हुनेछ भन्ने मान्दछ । पंक्तिकारलाई लाग्छ यो पटक मेस्सी माथि ” Football God” कोसाथ हुनेछ । अनुमानको कुरा हो, यो पक्तिकार गलत पनि हुन सक्छ । आशा गरौं जसले जिते पनि फाइनल रोमान्चक होस् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *