वासिंडटन डीसी नेपाली दूताबासको दुई लाख डलरभन्दा बढी रकम लुटियो

 

पासपोर्ट नविकरण लगायत अमेरिका बसोबास गर्ने नेपालीहरुका लागि नेपाल सरकारसँग सम्बन्धित कागजात बनाउन सहयोग गर्न घुम्ति टोली लिएर वासिंडटन डीसीस्थित नेपाली दूताबासले अन्य केही शहरहरूमा पनि सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा केही दिन पहिले टेक्सास राज्यको डाल्लास, ह्युस्टन र अस्टिन पुगेको अमेरिकास्थित नेपाली दूताबासले सेवा ग्राहीहरूबाट प्राप्त गरेको शुल्क वापतको दुई लाख डलरभन्दा बढी रकम लुटिएको छ ।

यस घटनामा सम्बन्धित कर्मचारीहरूको कमजोरी त जोडिएकै छ तर मुख्यत: नेपाल सरकार र त्यसमा पनि अमेरिकास्थित राजदूतावासको आर्थिक कारोबारसँग सम्बन्धित नीति र नियमनको कमजोरीकारुपमा पनि लिइएको छ । यस्ता घटना दुर्घटनाहरूमा व्यक्तिका सामान्य कमजोरी हुँदा हुँदै पनि आर्थिक कारोबारलाई प्रबिधीको प्रयोग र नीतिगत नियमन मार्फत् सुरक्षित गर्न भने सकिन्थ्यो ।

दूताबासको घुम्ती टोलीले ९ सय २८ जना अमेरिकाबासी नेपालीलाई सेवा दिएको र त्यसवापतको राजश्व करिव २ लाख डलरको मनी अर्डर र क्यासियर चेक सङ्कलन गरेको थियो । उक्त रकम रहेको व्याग सम्बन्धित करामचारीहरुले प्रयोग गरेको सवारी साधन (टोयोटा कार) ह्युस्टनस्थित नेपालीमूलका एक रेष्टुरेन्ट अगाडि पार्क गरेर दुताबासका करामचारी र नेपाली समुदायका अगुवाहरूसहित खाना खान गएको समयमा कारको सिसा फुटाएर लुटिएको थियो।

रकम सङ्कलनमा कमजोरी कतिसम्म्म भएको थियो भने उचित प्रविधीको प्रयोग र नियमन त भएकै थिएन त्यसमा पनि केही मनिअर्डर क्यासियर चेकमा दूताबासको नाम पनि लेखिएको थिएन । यदि सबैमा दूताबासको नाम लेखिएको भए लुटेराहरुले उक्त रकम साट्न नसक्ने तर नाम नलेखेका चेक र मनिअर्डर भने लुटेराले साट्न सक्ने सम्भावना रहेको अमेरिकी प्रहरीहरूले पनि दूतावासलाई जानकारी दिएको छ ।

वासिंटन डीसीबाट नेपाली दूताबासका अधिकृत उत्तम घिमिरेको नेतृत्वमा राधारमण दुबे र कुमार श्रेष्ठको टोली टेक्सास गएको थियो । कर्मचारीहरूले दूताबासको रकम चोरी भएको बारेमा स्थानीय प्रहरीलाई जानकारी गराउनका साथै आफूहरुलाई पछ्याई रहेको आशंका गरेको गाडीको भिडियो समेत अस्टिन प्रहरीलाई दिएको नेपाली पोष्टलाई बताएका छन् । तर क्रिसमस तथा आसन्न नयाँ बर्ष समेतको लामो विदा शुरु भइसकेको अबस्थामा प्रहरीले लुटेराको खोजबिनमा ढिला हुनसक्ने अनुमान गरिएको छ ।

वासिंड.टन डीसीस्थित नेपाली दूताबासका उपनियोग प्रमुख कुमार खरेलकाअनुसार लुटेराहरुले चोरी गरेको मनि अडर र क्यासियर चेकलाई सकेसम्म सेवाग्राहीहरुले समेत आफूसँगभएको सम्बन्धित क्यासियर चेक र मनिआर्डरको अधकट्टी लिएर आफूले बनाएको बैंक वा पसलमा पुगेर रद्द गर्न आग्रह गरिएको छ भने सेवाग्राहीबाट लिइएको राजश्व रकमलाई कसरी पुनस्थापित गर्न सकिन्छ भनेर दूताबासले सक्दो प्रयास गरिरहेको छ । नेपाली दूताबासले सेवाग्राहीहरुलाई दोहोरो शुल्क नतिराउने तर सेवाग्राहीहरुलाई आफूले बनाएको मनिअर्डर क्यासियर चेकलाई भने सकेसम्म सम्बन्धित बैंक वा पसलमा गएर रद्द गर्न अनुरोध पनि गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *