गजल
|
हामीमाथि बुई चढी चढी चल्नुहुन्छ हजुर
हाम्रै दानापानीमा ढलीमली गर्नुहुन्छ हजुर।
पेशा हजुरको के हो कुन्नी? बुझ्नै सकिनँ
हामीलाई नै नङ्ग्याइ नङ्ग्याइ, पोसिनुहुन्छ हजुर
कत्तिले पनि नअघाउने हजुर त के भाको?
हामीलाई छक्याइ छक्याइ, एक्लै खानुहुन्छ हजुर।
निकै बुद्धिमानी हो कि हजुर, ठुलो कुरा गर्ने
हामीलाई सुर्याइ सुर्याइ, आफैं लुक्नुहुन्छ हजुर।
कति राम्रो घर हजुरको कुकुर पनि छ कि
हामीलाई चैं बोलाइ बोलाइ भाग्नुहुन्छ हजुर।

One Comment
भाई मलाई त मनपर्यो है गजल ! यसको मूल भाव व्यङ्ग्य नै खास लाग्यो ।