बिहे गरेपछि पो थाहा भो


माया के हो प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो
सुहाग रात देखि नै श्रीमतीको
नजर पिउन थालेँ
पिउँदा पिउँदै मायाको मातले
रमेर जिउन थालेँ
एकछिन छुट्टिनै मन नलाग्ने
मोहिनी मुस्कान हेरी
सुस्तरी छुन मात्र मन लाग्ने
कोमल वदन वरिपरि
सुख यही हो स्वर्ग यही
अँगालोमा बेरेर राख्छु
छुन्छु गाला रसिलो ओठ
मायाको मिठास चाख्छु
माया के हो प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो
मार्च १८, २०२३
लस एन्जेलस

Add a Comment

Your email address will not be published. Required fields are marked *