एक्लो परेँ म
|

नामी पनि होइन दामी पनि होइन
साधारण परे म।
हिड्ने बाटो एउटै भए पनि
एक्लो परेँ म।
आवाजको भिडभित्र
हराएको परेँ म।
हसिलो अनुहार भित्रको
घाइते परेँ म।
सबैले न रोजेको साथी अनि परिवारभित्रको
टुहुरो परे म।
जति हेला गरे पनि माया खोजी रहने
सहयात्री परे म।
