नयाँ वर्ष

नयाँ बर्षको आगमन सँगै
जागोस् जोस जाँगर
कलिला रुखका पालुवा
बढ्दै ठूलो पात हराभरा |

वसन्त ऋतुको पर्खाईमा
काटियो जाडोको मौसम पनि
सँधै यस्तै मौसम भईजाओस
भित्रैबाट मन खुशी बनाउनि |

हरियाली छाएको  छ बर्षैपिच्छे
सबैको आँटे ताकेको पुगोस्
यो आउँदो २०८० सालमा |

मौसमले हामीलाई दिने खुशी
फरक फरक फूलका बर्षाहरूले
फुलेका छन् घर   वरिपरि
चमेली,गुलाब,गुराँस मन्जरी
फुल्छन् ढकमक्क हुनेगरि |

आओस है नयाँ बर्ष
संसार भरिका नेपालीको मन जित्ने गरि
बनाओस् यस बर्षले घर
सबैको मनमा खुशी लिने गरि |

देओस् यसले स्वस्थ्य जिवन
उच्च विचार लिनेगरि
छाओस् यो बर्षले देशमा
शान्ति अनि सम्बृदि पनि |

पलाओस् सबका आत्मामा
सन्तोष र सत्बुध्दि
ती देशका कलिला मुनाहरुले
सबै डाँडो काटिसके
आफ्नै देशमा शिक्षा आर्जन गरि
काम गर्ने वातावरण मिलोस् यो बर्ष |

Add a Comment

Your email address will not be published. Required fields are marked *