आमा

आमा हुन जगत जननी
आमा हुन जन्मदाता
आमाकै काखमा खेल्छन्
 छोरा छोरी यताउता |

         आमाले दिने माया प्रेम
         बयान गरि साध्य छैन
         हुर्काउने बढाऊने
         पढाउँदै  माथी लैजाने |

आमाकै आशिर्वाद लिएर
हिँड्छन छोरा छोरी देश विदेश
माया ममताको भारी बोकेर
लाग्छन् आ-आफ्नो गन्तव्यतिर |

         उच्च शिक्षा हासिल गरोस् 
         गर्दछिन भगवानसँग पुकार

         प्रगति र उन्नतिमा 
         झार्दछिन् खुशीकाआँशुको वहार |
 
पुकार गर आमाको स्वस्थ्य जिवन 
आमाको सम्झना राख युग युग 
दुःखमा पर्दा रुन्छ मन,
सुखमा हाँस्छ जिवन | 

Add a Comment

Your email address will not be published. Required fields are marked *