भो म आदेश मान्दिन साब

मान्छे मारेर राजनीतिमा उदाउने
डरत्रास देखाई नेता कहलाउने
अनुहार, हाउभाउमा प्रष्ट देखाउँदैछ
साब, एउटा जमात आतंक मच्चाउँदैछ ।

बरु मलाई लाचार कहलाइयोस्
नसियत, सरुवा, घटुवा सबै गरियोस्
तर, यो भींड नियन्त्रण गर्ने निर्देशन नदिइयोस्
भो म आदेश मान्दिन साब,
तपाईंको ‘चेन अफ कमाण्ड’ तपाईंसँगै राख्नोस्
सरकार र गणतन्त्र जोगाउने रहर छैन
मलाई त आफ्नै जीवन र परिवार जोगाउने कर छ
ती आतंककारीले भाला, खुँडाले घोच्छन् मलाई
अनि उही मेरा हत्यारालाई तपाईंका तीन टाउकेले
आम माफी दिने ठूलो डर छ !

Add a Comment

Your email address will not be published. Required fields are marked *