त्यो आँखालाई के भयो ?
|

तिमी मेरो आँखामा बस्छौ भन्थ्यौ
तिमी मेरो आँखाको नानी हो भन्थ्यौ
खै त्यो आँखालाई के भयो ?
तिमीलाई नदेख्दा आँखा टोलाउँछ भन्थ्यौ
तिमीलाइ सम्झदा आँखा रसाउँछ भन्थ्यौ
खै त्यो आँखालाई के भयो ??
मृगनयनी भनेर यो आँखालाई भन्थ्यौ
नसालु भनेर यो आँखालाई सम्झन्थ्यौ
तिमी मेरो आँखामा छौ भन्थ्यौ
हरपल मेरो आँखाले तिमीलाई खोज्छ भन्थ्यौ
खै त्यो आँखालाई के भयो ??
यो आँखाले तिम्रो बाटो हेर्छ भन्थ्यौ
तिमीलाई नसम्झी यो आँखा लाग्दैन भन्थ्यौ
तिमीलाई मेरो आँखामा राखेको छु भन्थ्यौ
तिमी बिना त म आँखा देख्दिन भन्थ्यौ
खै त्यो आँखालाई के भयो
खै त्यो आँखालाई के भयो ??
