‘बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदचापहरू’

जे. के. बराइली अल इन्डिया रेडियोमा समाचार वाचकका रूपमा नाम सुनिरहेको नाम हो। उनी धेरै वर्षअघि अघिदेखि नेपाली समाज, साहित्य सङ्गीत, समाजसित सम्बद्ध छन्। अहिले आफ्नो सरकारी सेवाबाट निवृत्त भएपछि आफ्नो सेवाकालको अनुभवलाई सदुपयोग गर्दै पुस्तक लेखन र प्रकाशनमा अघि बढेका छन्। नेपाली समाज साहित्यका निम्ति खुशीको कुरा हो। अहिले सिलगढीबाट दुईवटा पुस्तकहरु सिलगढ़ीबाट प्रकाशित हुँदै गरेको समाचारले खुशी तुल्यायो। हाम्रो समाजका त्यस्ता अधिकारीहरूले आफ्ना संस्मरण, अनुभवलाई पुस्तकका रूपमा प्रकाशित गरिदिए नेपाली साहित्य अझै कति धनी हुनेथियो भन्ने लाग्छ। यद्यपि लेखन प्रतिभा सबैसित हुँदैन। यसका लागि प्रतिभाशाली पनि हुनपर्छ। लेखक हुनलाई लेखनगत सिप, सूक्ष्म दृष्टिकोण, अध्ययनशीलता, सिर्जनशीलता, सुसंगति, विषयज्ञान, लगनशीलता आदि जस्ता गुण हुनपर्दछ। जे के बराइलीले भने सेवानिवृत्त हुने बित्तिकै नेपाली सङ्गीतको विषयमा पुस्तक लेख्नुभएकोमा बधाइ व्यक्त गर्दछु। पहिलोको शीर्षक ‘केही अध्ययनः केही मन्थन’ जो एउटा समीक्षाको पुस्तक हो जो छापिइसकेको छ।

उनको दोस्रो पुस्तक जो छापिनै लागेको छ। यो चाहिँ विशेष गरि नेपाली गीत-सङ्गीत सम्बन्धमा छ। पुस्तकको शीर्षक ‘बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदचापहरू’ राखिएको छ। उनको सूचनाअनुसार शीर्षक पहिले अर्कै थियो तर पछि जस योञ्जन ‘प्यासीले सुझाउनु भएको शीर्षक राखेका रहेछन्। उनका अनुसार “आजकल साहित्यमा हो भने भर्खर एकै खुड़किलो पनि राम्रो नचडेकोलाई पनि सर्काई फुर्काई उनीहरूका कृतिको प्रशंसाको लम्बाचौडा पुल बाँधिदिने र एक्सपोजर दिने परम्परा चलेको देख्छु। यस्तो अवस्थामा यता सङ्गीत क्षेत्रमा आफ्नो बल, ताकत, उमेर. बैंश सबै समर्पित गरेर संगीतकै लागि समर्पित भएर नेपाली गीत-संगीतलाई यहाँसम्मको मोड़मा ल्याउने हाम्रा विभूतिहरूबारे भने कसैले लेख्दैनन्।“ यसमा उनको आशय नेपाल छोड़ेर यता भारतीय नेपाली सांगीतिक क्षेत्रको मात्र रहेको छ। यता नेपाली संगीतको स्वर्णकालका अब्बल संगीतकारहरू जस्तै शरण प्रधान त झन पूर्णरूपमा विस्मृतिमा पुरिएर गइसकेका छन्। आजका नयाँ गायक/गायिका भाई बहिनीहरूलाई शरण प्रधानबारे उत्ति जानकारी पनि छैन। अम्बर गुरुङ्ग, गोपाल योन्जन र शान्ति ठटाल साथै कर्म योन्जन आदिको पनि सृजनाबारे समय समयमा लेखिनु पर्ने हो, यताबाट पनि । राम्रा राम्रा गीतकारहरू त झन पार्श्वमा अँध्यारो कुनामा छन् । हाम्रा राम्रा राम्रा गीतकार, सङ्गीतकार, गायक आदि सबैलाई उज्यालोमा ल्याउनु पर्ने हो। यही उद्देश्यले आफू पनि सङ्गीतमा रूचि भएको नाताले उनले पनि यो पुस्तक लेखेका रहेछन् । जसमा मित्रसेन थापा, शरण प्रधान, कर्म योन्जन, गोपाल योन्जन, शान्ति ठटाल, दिलमाया खाती, योञ्जन प्यासी, दुर्गा खरेल, कर्म योञ्जन, प्रेमध्वज प्रधान सम्बन्धमा लेखहरू छन् । एउटा रचना लोकगीतको महत्त्व र प्रभावबारे छ अनि अन्तमा प्रख्यात गीतकार जस योन्जन ‘प्यासी’-सितको भेटवार्ता छ।

यस पुस्तकमा रहेका लेखहरूमा- १. ओझेलमा परिसके महान सङ्गीतकार शरण प्रधान, २. बहुआयामी प्रतिभाका धनी स्वर्गीय मित्रसेन थापा, ३. अजम्बरी सङ्गीतकार अम्बर गुरूङ्ग, ४. प्रखर मेलोडी किङ्गः कर्म योञ्जन, ५. गीतकारको रूपमा गोपाल योञ्जनलाई हेर्दा, ६. स्वर्ण कालको उत्तरार्धका उज्वल नक्षत्रः दूर्गा खरेल, ७. सङ्गीतको पर्यायः शान्ति ठटाल, ८. कोकिल कण्ठकी धनी दिलमाया खातीको साङ्गितिक यात्रा, ९. चर्चित गीतकार ‘प्यासी’-समक्ष तिर्खाएका प्रश्नहरू, १०. गोरेटो खोजिरहने सुमधुर स्वरका धनीः प्रेमध्वज प्रधान, ११. सन्दर्भमा लोक गीतहरूका भूमिका र प्रभाव।

Add a Comment

Your email address will not be published. Required fields are marked *