याद

याद उसको या तिम्रो
थाहा छैन
तर
बाँचिरहेछन् मनभित्र
बारिस भएर कैले त
अतित भएर त्यसै-त्यसै,
मनभित्र अट्टहास हुँदा
तिमी अनुभूतीमा आयौ आज
पर पहाड एक छेउ
बादलिएको आकासको गुम्बजमा निर्मिमेस ठडिरहेको,
पानीका बुँदहरु तप-तप झरिरहँदा
तिमी नाचिरहेउ मानसपटलमा
याद बेखबर आइदिन्छन्
हेर्न निम्तो पनि त दिनु पर्दैन यसलाई,
कहिले आँसुको भेल त कहिले मिठास अतितको
तँछाड मछाड एक तमास लहरिरहेछन् यादहरु
सिर्फ तिमी र तिम्रो स्पन्दन चुम्दै
मन तिमी पाउन उद्देलित बनिरहेछ अझै पनि
अधुरो सपना भित्रको मधुर सपना साटेको पल
यादगार जिन्दगी नाचिरहेछ अघिपछी ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *