नेता

कोट्याए चोइट्याए, चिथोरेर देशलाई
बण्डा बण्डा गरिदिए अनि बाँकी शेषलाई
चिथोर्दै चिथोर्दै तमामहरुले गिजोल्दै बसिरहे
भब्यसभ्य बन्ने निहुँमा काँटछाँट गरिरहे

अन्धा बने राष्ट्रप्रेमी लुटाहाले देश लुटे
तस्कर भनाउँदाहरु निर्लज्जभै सबै छुटे
नदि बेचे जमिन बेचे राष्ट्रियता पनि बेचे
मानब अनि सुन तस्करीभित्र भित्र गरिरहे

खोक्रो भाषण झेलको शासन लुट्नसम्म देश लुटे
यथार्थमा राष्ट्रभक्त विकास पल्तिर नै छुटे
सामन्तलाई सिध्याउनी नि चन्दनको खाटमा सुते
बुर्जुक वर्ग हत्याउनेनी तस्करको लाममा जुटे

मोजमस्ती र विलासमा तारे होटेल भित्र छिरे
शान्ति अनि बिकासको नाममा गाडी बंगला जोडे
गर्न सम्म गरेउ नेता बाँकी अब के नै छ र
बिदेसिए युवा हरु बुढाबुढी गाउघर

पिता पति कुर्सि हाक्ने छोरा स्त्री तस्करसित
घुस्याहा र भ्रस्टाचारीसँग लगाउँछन यिनै मित
कर्मचारीतन्त्र अनि शिक्षक तन्त्र मास्न लागे
परिवर्तनका सम्बाहकलाई चक्रब्युह रच्न थाले

राजाबादको बिरोध गरेउ अझै माथि तिमी रहेउ
चिरा चिरा देश बनाई लुट्नसम्म राष्ट्र लुटेउ
बाडीचुडी भाग लगाई ढुकुटीलाई रित्याइदिएउ
सानो सुन्दर देश हाम्रो गरिब बनाएरै छाडेउ

पड्क्यो बन्दुक अनि बारुद को हुन् साचै सर्बहारा
सर्बहारा कै नाममा लुटेउ लुट्न बाँकी के नै छ र
साँचै खुडा-खुकुरी त अब बोक्ने बेला भयो
बीर गोर्खालीको माथमा गरिबीको बिल्ला आयो

लगाइ अबिर माला लुटाहा कुर्सीमा बसे
अविवेकी ढोंगीहरुले राष्ट्र चुस्नसम्म चुसे
यिनै भन्छन आफुलाई देशका हौं महान नेता
सोझा जनताको हातले गुत्दैछन् यी अझै फेता ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *