गजल


हल्लायो अति ए हजुर !
गराई खति ए हजुर !
ध्वस्तपा¥यो घरबास र,
मनुष्यकति ए हजुर !
पु¥यो पशुपन्छी, भकारी,
सम्पत्तिजति ए हजुर !
गर्दैछन् स्वार्थको राजनीति,
नसोँची रत्ति ए हजुर !
मौकायहिहो भन्छन् कति,
बिगारी मति ए हजुर !
लावालस्कर जन्तिको,
खर्चिए यति ए हजुर !
पाउन् सहयोग क्षतिमा,
बढाई गति ए हजुर !
सुध्रिउन् मनुष्य जगत,
यै मेरो विज्ञप्ति ए हजुर !

 

Add a Comment

Your email address will not be published. Required fields are marked *