मन र आत्मासँग लज्जित “समय”
|मन र आत्माले निम्त्याएको आँधी
समय कदापि छेकबार बन्न सक्दैन
चिसो चिसो मौसममा तरङ्गित मन
हावाको प्रवाहसँग लहराउन पुग्छ ।
मन कपास जस्तै निर्मल स्वच्छ छ
जब आत्मा वाष्पित बन्दछ तब मन
बादलसँग घोलिंदै उड्छ खोज्दछ
बर्षात सामु समय कुम्लो कस्न थाल्छ
तालका छालहरु जब बौलट्ठी भई
आफ्नै चालमा हुँडुलो मच्चाउँछ
बेलगाम, अनुत्तरित, अनियन्त्रित आत्मा
समयलाई अधीनमा राख्ने चेष्टा गर्छ ।
नशा नशा विशृङ्खल भएको मन
प्रियतमको बोलावटमा अमरावती
झ्वाप्प आलिङ्गित दुई आत्मा सामु
समय ट्वाँ परि आफै लज्जीत हुन्छ ।
2 Comments
रोमान्टिक कविता…. मिठो लाग्यो।…
धन्यवाद नवीन जी