नोकरीमा ठगी देशको निम्ति घातक

समाजमा विभिन्न किसिमले ठगीकाण्ड धेरै भईरहेका हुन्छन्। आर्थिक रूपमा ठगी गर्नु मात्रै ठगी नभएर आफुले गर्ने गरेको नोकरीमा लापर्वाही गर्नु ठगी गर्नु नै हुन आउँछ। यस लेखमा भने नोकरीमा ठगी गर्नेहरूको कुरा उल्लेख गर्न चाहेको हो। विशेषगरी सरकारी अफिसमा काममा केही कर्मचारीलेसामान्य हुने काम पनि नहुने बनाइदिने, सानो काम गर्न नमान्ने, घुस खोज्ने, जनताका काममा रूचि नलिने खालका धेरै किसिमका कुरा हुन्छन्। ती पनि ठगीकै रूपमा आउँछन्।

कुनै सरकार कार्यालयमा चाँडे हुने काम पनि अल्याङ्टल्याङ हुने, के के बिङ्गा बहाना बनाएर रोकिदिने खालका कामहरू भइरहेका छन्। अरू राज्यमा के कस्तो स्थित छ, त्यसारे आफुलाई जानकारी नहुँदा आफ्नो राज्य पश्चिम बङ्गालमा यस्ता का देखा पर्दछन्। शिक्षा, स्वस्थ्य, निर्माण, जल वितरण, सिँचाइ आदि जस्ता विभागमा चौपट्टै ठगी काण्ड हुन्छन्। विद्याको मन्दिर जस्तो ठाउँमा झन कमजोरी अवस्था छ। सरकारी शैक्षिक संस्थानमा सबल पक्षका तुलनामा दुर्बल पक्ष पनि धेरै हुन्छन्। एउटा सरकारी कार्यालयमा कामचोरी, कमजोरी भए काम ढिलो होला तर शैक्षिक संस्थानमाकामचोरी गरे त्यसको दुरगामी दुष्परिणाम हुन्छ। विद्यार्थी भनेका भविष्यका कर्णधार हुन्। शिक्षक शिक्षिकाहरूको कामप्रतिको लापर्वाही, कामचोरी, नखटी पढाइदिने गर्दा उनीहरू सही शिक्षाबाट वञ्चित हुन्छन्।यदि उनीहरूले भूल शिक्षा पाए जीवनभरि त्यही भूल शिक्षा बोकिरहेका हुन्छन् अनि उनीहरू कालान्तरमा शिक्षक भए फेरि त्यही भूल शिक्षा पठाइरहेका छन्। स्कुल कलेजमा श्रेणी सञ्चालन नहुनु, वा कम हुनु, शिक्षकहरू आफ्नो मूल डुयुटीभन्दा अन्यतिर बढी जानुले गर्दा विद्यार्थीहरूको दैनिक शिक्षालाभ गर्न असन्तुलनका साथै नोक्सान हुन्छ। यसबाट उनीहरू कुनै पनि तहको पाठ्यक्रम विद्यार्थीको बौद्धिक स्तर, क्रमिक विकासका आधारमा राखिएको हुन्छ। त्यसको सही अनुपालन भएन वा त्यसअनुसार उनीहरूले शिक्षा पाएनन् भने उनीहरूमा शैक्षिक क्षति हुन्छ। कुनै राम्रो प्राइभेट कलेज वा स्कुलमा विद्यार्थीलाई धेरै मात्रामा पढाइहुन्छ भने त्यही स्तरका श्रेणीलाई सरकारी स्कुल वा कलेजमा भने त्यस अनुसार हुँदैन। यसमा विद्यालयको प्रशासन पक्ष पनि उत्तिकै जिम्मेवारी हुन्छ। कुनै शिक्षक आफ्नो ड्युटीमानिरन्तर रूपमा आउँछ वा आउँदैन वा कतिबेला आउँछा कति खेर जान्छ सबै ख्याल गर्नु र असन्तोषजनक उपस्थित रहे समुचित कार्वाही गर्नुपर्छ। नत्र मान्छेमा मौकामा पाए ठग्नु, लापर्वाही गर्नु मनोवैज्ञानिक रूपमा स्वभाविक हुन्छ। त्यसमा त्यसमाथि प्रशासनिक व्यवस्था राम्रो मिलाउन पर्दछ।

कुनै पनि विद्यार्थीको सर्वाङ्गीन विकास भनेको उसलाई दिनु पर्ने उसको स्तर अनुसारको उचित शिक्षा  दिनु रहेको हुन्छ। यसमा विद्यालयको ठुलो भूमिका हुन्छ। विद्यालयका शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई प्रोत्साहन दिएर, यथोचित स्नेह र दण्ड दिएर, निरन्तर रूप र चाहिँदो रूपमा पढाइदिएर, उसलाई राम्रोसँग व्यवहार गरेर उसको सर्वाङ्गीन विकासमा क्रमिक योगदान दिन सक्छन्। यसका साथै त्यस शैक्षिक संस्थानको प्रमुखको पनि ठुलो भूमिका हुन्छ। उ आफैं अनुशासित, नियमानुसार काम कार्वाही गर्ने, मेहनती हुनुपर्दछ। यसका निम्ति घरका अभिभावकहरू, सरकारी निकाय, निती नियम, स्थानीय समाज आदिको भूमिका पनि रहेको हुन्छ। सरकारी नीति नियमले पनि कुनै विद्यालय र विद्यार्थीको विकासमा भूमिका खेल्न सक्दछ। कुनै सरकारी विद्यालय आदिमा के कस्तो पढाइ भइरहेको छ, त्यहाँको प्रधानाध्यापक वा कुनै प्रमुखसित प्रशासनिक सभा, कडा निर्देशन, कुनै शिक्षक आदिको घोर अनुपस्थिति आदिको लापर्वाही भए त्यस्तालाई अनुशासनात्मक कार्वाही गर्ने काम गर्नुपर्दछ। सरकारले बेला बेला भ्रमण निरीक्षण गर्ने, कोही बेला, सही शिक्षकलाई पुरस्कार र गलत शिक्षकलाई उचित कार्वाही गर्ने नीति निर्देश दिने प्रणाली बसे पनि शिक्षा क्षेत्रमा धेरै सुधार आउन सक्छ।सही व्यक्तिलाई शिक्षकको चयन गर्ने, नियुक्ति प्रक्रियामा सुधार गर्ने, उसको काम कुराको प्रगति हेरेर उसलाई प्रोन्नति गर्ने आदि जस्ता सरकारी नीति लिएको हुनुपर्छ। नत्र काम नगर्ने ठग्ने शिक्षकलाई उत्कृष्ठ योगदान दिएको भनेर पुरस्कृत गरेको पनि देखेकै हो।

देशको मेरूदण्ड भनेको नै शिक्षा व्यवस्था हो। यसले देशको गुणात्मक विकास गर्ने आधार बन्दछ। यदि कुनै देश वा समाजको शिक्षा व्यवस्था राम्रो छ, त्यही देश र समाज स्वतः विकसित र सुसभ्य हुन्छ। हाम्रो देशका हरेक कुनामा शिक्षा व्यवस्थालाई सुदृढ गर्दे लान पर्दछ। माथि उल्लेखित कमजोरीहरू नै देशको शिक्षा व्यवस्थालाई ध्वस्त पार्ने दुला हुन्। यस्ता दुलालाई सरकारले बेलैमा बुच्याउने नीति निर्धारण र तिनको कडाका साथ पालन गरे मात्र देश उँभो लाग्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *