सपना

सन्नाटाले छाएको
पूर्णिमाको रात
एकटकले हेर्छु
चन्द्रमालाई
राखेर साक्षी नभका ताराहरु ।

बेर्न र बेरिन खोज्छु
अँगालोमा
लट्पटिन खोज्छु
उनकै पोल्टामा
स्पर्श गर्दै
चुम्बन गर्न खोज्छु
उनको भरिलो मुहारमा
तर
उचाइ पुग्दैन मेरो ।

उनी जान्छिन् टाढाटाढा
अस्ताउँदै क्षितिजबाट
बलवान रहेछ समय
सकिन पछ्याउन
झसङ्ग बिउँझिन्छु
आखिर सपना रहेछ
जीन्दगी ।

Add a Comment

Your email address will not be published. Required fields are marked *