नर्थ क्यारोलोनामा चितवनेहरुको बनभोज

नेपालको चितवन जिल्लाबाट अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गरिरहेको वार्षिक भेटघाट तथा बनभोज कार्यक्रम यहि जुन ९,आईतबारका दिन नर्थ क्यारोलिना राज्यको राजधानी राले क्षेत्रको केरिमा सम्पन्न भएको थियो ।

सामाजिक संजाल फेसबुकमा रहेको चितवने ईन आरटिपी चितवने समूहको अग्रसरतामा आयोजना गरिएको यो भेटघाट तथा बनभोज कार्यक्रममा नर्थ क्यारोलिना राज्यका विभिन्न टाउँमा बसोवास गरिरहेका चितवने र अन्य समेत गरि लगभग ६ सय जनाको सहभागीता रहेको थियो । बनभोज कार्यक्रममा भलिबल, बास्केटबल, सांगेतिक प्रस्तुती समावेश गरिएको थियो भने बिंगो खेलको आयोजनाले बनभोज कार्यक्रममा रौनकता छाएको थियो ।

चितवने ईन आरटिपि एनुयल मिट एण्ड ग्रिट प्रोग्राम (Chitwone In RTP Annual Meet and Greet Program) नामाकरण गरिएको यो बनभोज कार्यक्रम चितवने समूहले विगत ३ वर्ष देखि चितवनेहरू बिचआपसी चिनजान तथा भेटघाट, सुख दुखका कुराहरु साटासाट गर्ने र परदेशमा समेत आपसि भाईचार र बन्धुत्वको विकास होस् भन्ने हेतुले आयोजना गर्दे आईरहेको छ, तथापि विगत वर्षहरुमा चितवनेहरूको मात्रै बनभोज कार्यक्रममा सहभागिता रहेकोमा यो वर्ष सबैका लागि खुला गरिएको थियो । स्थानिय नर्थ क्यारे पार्कमा बिहान ११ बजे देखि सांझ ५ बजेसम्म बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *