आदिकवि भानुभक्तको सम्झना
|
ह्यारिसवर्गमा विश्व भुटानी साहित्यिक संगठन (जि. बि. एल. ओ.) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा गत शनिवार २ सय ११औं भानु जयन्ती एक साहित्यिक कार्यक्रमकासाथ मनाइयो | कार्यक्रमका सहभागीहरूले आदिकवि भानुभक्त आचार्य नेपाली जातीका भाषाका एकताका प्रतीक भएको उल्लेख गर्नुका साथै भानुभक्तको योगदानको चर्चा गर्दै आ-आफ्नो रचना पनि सुनाएका थिए |
त्यस अवसरमा वैदिक कालका प्रसिध्द ऋषिहरूमध्ये वेद व्यासको ईतिहास र अनुसन्धान गरिरहेका साहित्यकार काशीनाथ न्यौपानेले कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो रचना सुनाएका थिए | कार्यक्रमका वक्ताहरूले यसरी दुई वा त्यो भन्दा बढी संस्थाहरु मिलेर कार्यक्रम गर्दा समाजमा नेपाली भाषी समुदायमा एकताको सन्देश जाने भएकोले आगामी दिनमा पनि यसरी मिलेर नै कार्यक्रम गर्दा राम्रो हुने कुरामा चर्चा गरेका थिए |
यस अवसरमा दिलिप नेपाल ,गुन्जन उपाध्याय ,गोविन्द अधिकारी लगायतले गीत प्रस्तुत गरेका थिए | सोही क्रममा शेखर कोइरालाले गजल पनि प्रस्तुत गरेको थिए |
कर्यक्रममा डेन्जोङ साम्पाङ,नवीन भट्टराई,सुदिपभद्र खनाल,देवी दाहाल दागाने, परमा अधिकारी,गिताञ्जली सुवेदी,बशुधा रिजाल,तुङनाथ उपाध्याय,डि बि सारु,दीपी दुलाल ,भरत तिम्सिना लगायतका श्रष्ठाहरुले रचना वाचन गरेका थिए |
अनेसासको पूर्व अध्यक्ष गिता खत्री प्रमूख अतिथि रहेको यो कार्यक्रम युवा कवि एवम् जि. बि. एल.ओ.का उपाध्यक्ष आभाष रिखाम मगरको अध्यक्षतामा र कवि गण्डकीपुत्र तथा गजलकार पातलो अन्तरेको संचालनमा सम्प्न्न भएको थियो | कार्यक्रमको व्यवस्थापनमा ग्लोवल टाइकण्डो एकेडेमीका तर्फबाट प्रकाश ढुंगानाले गरेका थिए |
