प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम रद्द
|न्युयोर्कको महासभामा भाग लिन आइपुग्नुभएका नेपालका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणालाई नेपाली कांग्रेस र नेकपा एमालेका अमेरिकामा रहेका भातृसंगठनले राखेकोआइतबार स्थानीय समय अपरान्ह ५:३० मा गरिने भनिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने भन्दै सो कार्यक्रम रद्द भएको न्युयोर्कस्थित कार्यक्रम आयोजकमध्येका एक सदस्य आनन्द विष्टले नेपालीपोष्टलाई जानकारी गराउनुभएको छ ।
तस्वीर: साभार सामाजिक संजालबाट