नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानका सम्बन्धमा
|(लेखक पराजुली)
मेरा अभिन्न भित्र सुर्दशनराज पाण्डेको मामलीघर नुवाकोट (वेलकोट नगरगढी नगरपालिकामा वेलकोट) भएको बेला आत्मिय भित्र मधु पोखरेलको फोन आएको थियो । फोनमा हतार–हतार भनिएको थियो । तपाईंलाई यसपाली नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानद्वारा भाषा साहित्य पुरस्कार आउँदो आषाढ २३ गते प्रदान गरिँदै छ । ल तपाईंलाई बधाइ छ भनेर फोन राखि दिनु भएको थियो । यी फोनका कुरा मसँगै रहनु भएका पाण्डेजीलाई बताएको थिएँ । प्रत्यक्ष अग्रिम बधाई शुभकामना उहाँबाट पाएको थिएँ ।
तत्काल विगततीर आफूलाई लगें । जब–जब म आठ कक्षामा २०२१ सालतिर जनता माध्यमिक विद्यालय इटहरीमा अध्ययनरत थिए । तत्कालीन इटहरीका मेरा छिमेकी रामकुमार लिम्बू महेश्वर–सुब्बाका छोरा हुन् । सायद त्यसबेला रामकुमारका बुबा जेलमा हुनुहुन्थ्यो । बौकाझोडा (मोरङ) फाडेर गाउँ बसाएको आरोपमा होला । तत्कालीन इटहरीमा हाम्रो २ तल्ले टिनको घर थियो । हाम्रो घरको दक्षिणी पट्टीको घर राधा ढकालको थियो । त्यस घरलाई महेश्वर सुब्बाले भाडा लिएर बसोवास गर्नु भएको थियो । तत्कालीन महेश्वर सुब्बा जेल परेको बेला उहाँको परिवारको दैनिक जीवन निकै अप्ठेरो अवस्थाले चलिरहेको थियो । बौकावासीहरु महेश्वर सुब्बाको परिवारप्रति कृतज्ञता जाहेर गर्न पारिवारिक जोहो उनीहरुबाट सकेसम्म हुन्थ्यो । छिमेकीको नाताले यति त थाहा पाइन्थ्यो । महेश्वर सुब्बाको लोकप्रियता त्यसबेला उठेको अवस्थामा थियो । वौकावासीहरुलाई त्यसबेला जग्गा उपलब्ध गराइदिएर थात वासको थलो जोहो गरिदिएका थिए ।
रामकुमार सुब्बा म भन्दा अघिल्लो कक्षाका विद्यार्थी थिए । खेतका डल्लालाई घरमा ल्याएर मूर्तिको प्रारुप दिन्थे । म छक्क पर्थे उनको प्रतिभा हेरेर । हामीले सङसँगै कविता लेख्नु शुरु गर्यो । २०२१ साल तीर कै कुरा होला । प्रत्येक हप्ताको अन्तिम शुक्रवारको चौथो घन्टीबाट साहित्यिक कार्यक्रम हुन्थ्यो । यसैको मेसोमा धरानको विजयपुर घर हुनुभएका तत्कालीन प्रधानाध्यापक भोजराज खनालद्वारा त्यसको व्यवस्था गर्दै साहित्यिक कार्यक्रमको संयोजनको व्यवस्था मिलाउन भोटु दाइ (प्रमोदकुमार श्रेष्ठ) लाई दिइएको थियो ।
रामकुमार सुब्बाले साहित्यिक गतिविधिमा निरन्तरता दिएनन् । उनी माटाका डल्लामा विभिन्न मूर्तिका प्रारुप दिन्थे । मेरो लेखनयात्रा निरन्तर रह्यो । म निरन्तर लागि रहे । मेरो लेखन यात्रालाई कुनै छेकवार नगरिकन स्कूल र कलेज जीवन पार गर्दै गए – महेन्द्र मोरङ कलेजमा वाणिज्यशास्त्र संकायको विद्यार्थी रुपमा भर्ना भइएको थियो । यो कुरा २०२५ साल तीरको कुरा हो । महेन्द्र मोरङ कलेजमा साहित्यिक गतिविधि भैरहन्थ्यो । साहित्यिक गतिविधिमा वासुदेव मुनालले कविता वाचन गरेको थाहा छ । कलेज जीवन शुरु भए पछि वैचारिक ज्ञान राजनैतिक चेत प्रतिको आस्थाले परिपक्वता बनाउँदै गरेको आभाष हुन थालेको थियो । राजनैतिक चेतमा वामपन्थी विचारधारा प्रतिको आकर्षण बढेको थियो । त्यसबेलाका समकालीन भित्रहरुमा वासुवेद गिरी, ज्ञानबहादुर के.सी.सँगको सम्पर्क र सामिप्यता बढेको थियो । राजनैतिक गतिविधि तथा मिटिङको संयोजनमा भेला हुनुपर्ने आदिको दिशाबोध त्यतैबाट निर्देशित हुन्थ्यो । विस्तार–विस्तारै बामपन्थी विचारधारा, प्रगतिवादी साहित्यिकधारा प्रतिको आकर्षणले त्यसै तिर लहसिदै गएको आभाष हुन थालेको थियो । प्रगतिवादी साहित्यिकधारा प्रतिको समर्पण झन्–झन् उकाली लागी रहेको थियो ।
२०२५/०२६ साल तीर इटहरीमा जागृति पुस्तकालय खोलेर साहित्यिक गतिविधिलाई अघि बढाउँदै गरेको अवस्था थियो । धरान विराटनगरको साहित्यिक गतिविधिमा जाने आउने क्रम बढी रहेको अवस्था थियो । धरानमा वम देवान, गोविन्द विकल, कृष्ण पाख्रीन, केशव आचार्य, केशव वाग्ने, सावित्री श्रेष्ठ, हिरा रिजाल, इन्द्र श्रेष्ठ, बद्रि पलिखे, कुन्ता शर्मा, मञ्जुल शर्मा, इटहरीबाट हामी म (ऋतु आसीक) रमेश विष्ट, शेरबहादुर अम्वर, श्यामभाइ गौतम, प्रमोद श्रेष्ठ, तीर्थ कोइराला, मधु रिमाल, वसन्त सुवेदी, पम्फा सुब्बा, यज्ञप्रकाश अधिकारी आदिको साहित्य तर्फको उडान उडिरहेको अवस्था थियो । तत्कालीन इटहरीबाट झुत्रो सामयिक संकलनको प्रकाशन भएको थियो । प्रकाशनका लागि इटहरीबाट रमेशकुमार विष्ट, मधु रिमाल तथा वसन्त सुवेदी वनारस गएर पुस्तक छपाएर ल्याएको तथा प्रकाशन गर्दा पाएको हण्डर दुःख विर्सिन नसकिने किसिमको वयान थियो । ती भोगेका उनीहरुको तिक्तता । त्यसै सामयिक संकलनमा दिदी पम्फा लिम्बूको कविता यहाँ यस्तै छ भन्ने लेख्नु भएको थियो । त्यस कविताको वारेमा टिका टिप्पणी सुनिएको थियो । कविता आफ्नै बाबुप्रति पनि लक्षित थियो । त्यसबेला त्यस कविताको कारण दिदी पम्फा लिम्बूको रवाफ बढेको थियो ।
साहित्य लेखनको शुरुवात जमावि विद्यालय (२०२१) इटहरीदेखि शुरु भएको लेखन यात्रा जेजस्तो भए पनि लेख्न र पढ्ने कार्यलाई निरन्तरता नै दिँदै रहे । म जतिबेला इटहरीको तरहरामा बस्थे त्यसबेलाको लोकप्रिय मातृभूमि साप्ताहिकमा २०३१ साल मार्गमा प्रकाशित भयो । यो सानो कविता छ । तत्कालीन काठमाण्डौंबाट प्रकाशित हुने दैनिक सहि आवाजका सम्पादक सूर्यलाल पीडितले रु. ५१।– का नगद पुरस्कार बैंक ड्राफ्टद्वारा मलाई पठाउनु भएको थियो । यो मेरो लेखनको पहिलो मोड थियो । साहित्य लेखनलाई अघि बढाउन आफूमा उर्जा संग्रहका लागि पुस्तक अध्ययनतर्फ आफूलाई व्यस्तता राखे । २०३३ साल आइपुग्दा आइपुग्दै राजविराजबाट प्रकाशित हुने गोरेटो साप्ताहिकबाट पत्रकारिताको कखरा सिक्न थालेको थिए । अग्रज शिशुप्रसाद देवकोटा संरक्षण र निगरानीमा पत्रकारिता लेखन सिक्दै गरेको अभ्यास थियो ।
मेरो साहित्य लेखन
साहित्यकार रामबाबु दाहालद्वारा म प्रति लक्षित लेखनलाई यहाँ साभार गर्दछु “आज हामी विभिन्न साहित्यिक संस्थामा साथ सँगै छौं । खरो स्वभाव, ष्किपट मन उदान्त हृदयका धनी ऋतु व्यक्तिगत मित्रतामा कसैलाई बिझाउँदैनन् । अब उनको साहित्यिक व्यक्तित्वलाई केही खोतल्छु । २०३१ सालमा के भनेर सम्झाउनु मेरी छोरीलाई ४२ पृष्ठको २३ वटा कविता संग्रह रहेको सायद यो उनको प्रथम कृति हो । तत् समयमा भारतले सिक्किमलाई आफूमा विलय गराए पछिको सानो राष्ट्रको जनजीवनमा रहेको सन्त्रासलाई अभिव्यक्त गरिएको मर्मस्पर्शी कविता अन्य कविता र मुक्तक छन् ।” सौजन्य न्यू सृष्टि दैनिक ।
प्रा.डा. वद्रीविशाल पोखरेल (अध्यक्ष) महासचिव दिङ्लाली कान्छोद्वारा प्रेषित निमन्त्रणा कार्ड, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानका संरक्षक सरला चापागााईंद्वारा भाषा साहित्य पुरस्कार साहित्यकार ऋतु आसीक र युवा प्रोत्साहन साहित्य पुरस्कार खगेन्द्रा खुशीलाई समर्पण गरिने कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको थियो । कार्यक्रमस्थल परोपकार अभियान समूह सभाहल विराटनगर–३ मा आयोजना २०७५ आषाढ २३ गते शनिवार गरिएको थियो ।
कार्यक्रम स्थलमा आफ्नो मन्तव्य सहित दुई कविता वाचन
सभापति, प्रमुख अतिथि, अतिथि गण, आयोजक समितिका पदाधिकारी तथा सदस्यज्यूहरु, मान्यजन, मित्रहरु प्रिय पत्रकार बन्धुहरु,
आजै यस प्रतिष्ठानबाट डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा पुरस्कार प्राप्त गर्नु भएकोमा सशक्त सर्जक व्यक्ति खगेन्द्र खुशीलाई बधाई दिन चाहन्छु ।
समादरणीय गुरु डा. नरेन्द्र चापागाईका नाममा सञ्चालित गौरवशाली साहित्यिक प्रतिष्ठानबाट अभिनन्दित हुन पाउँदा आफू हर्ष विभोर भएको महससु गरेको छु । डा. चापागाईंसित लामो समयसम्म नजिक हुने सौभाग्य पाएको छु । उहाँका सिर्जनात्मक चिन्तनका महत्वपूर्ण विषय र सन्दर्भमा अन्तर्वार्ताकारका रुपमा रहेर नजिकबाट नियाल्ने र ज्ञानगुनका कुराहरु जान्ने औसर पनि पाएको छु । त्यसमा पनि डा. चापागाईंकै सिर्जनात्मक प्रभाव र प्रेरणाबाट क्रियाशील भूमिका रहनु भएकी अग्रज स्रष्टा सरला चापागाईंबाट पनि मैले स्नेहिलो सिर्जनात्मक प्रभाव पाएको छु । यसर्थ यो अभिनन्दन र पुरस्कार मेरा लागि सिर्जनात्मक गतिविधि अझ सबल र सशक्त बनाउने अभिप्रेरणा बनेको छ ।
मैले साहित्य लेखन र पत्रकारितालाई नै केन्द्र बनाएर निरन्तर काम गरिरहेको छु । यही मेरो जीवनको पेशा व्यवसाय जे भने पनि यही मूल काम रहँदै आएको छ । खाइ जीविकाको कुनै पनि पेशा व्यवसायन गरी यस क्षेत्रमा लाग्ने कुरा अत्यन्त प्रतिकूल हुँदो रहेछ । तथापि कविता लेखनबाट सुरु गरेको साहित्यि यात्रा पत्रकारिताका साथै ४२ वर्ष पुरा भएको छ । अब त यसमा लत नै बसिसक्यो । जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि यसैमा रमाउन मन लाग्छ । प्रायः घर परिवारबाट चाहेको र खोजेको पारिवारिक आर्थिक समृद्धिमा खासै ध्यान नदिँदा खस्रो मसिनो आलोचना आफूलगायत सबैले धेरथोर खेपि रहनु भएकै छ । तथापि लेखन र पठन कर्म बाहेक अरु कुरामा खास मन अब जाँदैन ।
लेखनमा आफू अझै पनि पूर्णा सन्तुष्ट छैन तथापि अहिलेसम्म आफ्नै प्रेरणा र बलबुता तथा लगानीमा अहिले आफ्ना कृतिहरु प्रकाशन गरेकामा आफू खासै सन्तुष्ट पनि छैन । साहित्य जीवनोपयोगी सार सौन्दर्य अन्तर्निहित कला सौन्दर्य हो, तथापि जनसाधारणलाई जागृति र जागरण प्रमुख भएको देशीय परिस्थितिमा सिर्जना अलिअलि खस्रो हुँदो रहेछ । यस्ता बेलामा परिमार्जन र परिष्कार गर्ने समयको अभाव पनि हुँदो रहेछ । यस खालको लेखनगत अवस्था अब कोहीमा भए जस्तै मेरा केही सिर्जनामा केही कमजोरी होलान् मयष्लन दथ भिबचलष्लन अथवा कामले काम सिकिन्छ भने झैं अझै पनि सिक्न बाँकी छ ज स्तो पनि लाग्छ ।
हामी २०५ औं भानु जयन्तीको समीपमा रहेका छौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रा. राजेन्द्र सुवेदी संयोजक, प्रा.डा. बद्रीविशाल पोखरेल सहसंयोजक तथा सदस्य सचिव डा. देवी नेपाल रहेको २०५ मूलसमिति गठन गरेर यसले २० जना जति बेलायत, अमेरिका र भारत लगायत विदेशका विशिष्ट सर्जकहरु र स्वेदशका भाषा, साहित्य र सिर्जनाका विविधधाराका मूर्धन्य सर्जकहरुको समेत आतिथ्यमा कार्यक्रम गर्दै रहेको थाहा भएको छ । यस कार्यक्रमको नाम हिमवत् खण्ड कला साहित्य सम्मेलन रहेको र यो अन्तर्राष्ट्रिय स्तरको आयोजना रहेको पनि जानकारी भएको छ । जन सहभागिता र जनसहयोगमा सम्पन्न गरिने यो कार्यक्रम यही आगामी असार २९ उद्घाटन सांस्कृतिक भवन वा नाचघर, जमलमा , ऐजन ३० गते रुसी सांस्कृतिक भवन कमल पोखरीमा विचार गोष्ठी तथा ऐजन ३१ समापन समारोह चन्द्रागिरीमा हुने कुरा औपचारिक वा अनौपचारिक रुपमा सार्जजनिक जानकारीमा आएको छ । भानुभक्तलाई जुन जुन कोणबाट हेर्ने, पर्गेल्ने र मूल्याङ्कन गर्ने गरे पनि उनी नेपाली भाषा, साहित्य र संस्कृतिका जग हुन् । यसलाई नकारेर हामी कहिल्यै अगाडि बढ्न सक्तैनौं । त्यही जगमा नेपाली भाषा र साहित्य अन्तर्राष्ट्रिय रुपमा विस्तारित, विकसित र मृद्ध हुँदै गरेको वास्तविकतालाई बिर्सिएर भानुका अमुक कमजोरीलाई उछालेर धारे हात लगााइरहन मिल्दैन । तसर्थ यस्तो पवित्र काममा हामी सबैले सकेको सरसहयोग गर्नु जरुरी पनि हुन्छ । तसर्थ जुन–जुन संस्थाले जहाँ जहाँ भाषा साहित्यको समृद्धिका कामहरु हुन्छन् तिनलाई हामी सबैले सरसहयोग र सद्भाव राख्नु पुनीत काम हो । भानु हुन् वा विद्यापति हुन् वा चित्तधर हृदय किन नहुन् सबै साहित्यिक प्रतिभा हाम्रा पूँजी हुन् । त्यसमा पनि नेपाली भाषा सबै नेपालीको जनसम्पर्कको साझा तथा राजकीय कामकाजको भाषा नभएकाले यसलाई अन्यथा नामनामेसीबाट सम्बोधन गरेर आफैँलााई हेला गर्नु हुँदैन भन्ने लाग्छ । फेरि पनि आज यो सम्मानित संस्थाबाट अभिनन्दित तथा पुरस्कृत भएकोमा आयोजक संस्थाप्रति कृतज्ञता प्रकट गर्दै सम्पूर्ण मान्यजन र मित्रहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै विश्राम लिन चाहन्छु ।
(क)
सम्बोधन
धरतीभरिका वासिन्दा हो !
म सम्बोधन गरिरहेको छु
तिमीहरुलाई
म तिमीहरुलाई ढुङ्गाले बोलेका आवाज सुनाउँछु ।
काँयर हो !
यतिका शताब्दीसम्म आफूलाई
कुवाको भित्र राखेर
संसारको मपाई भन्न र भनाउन खोज्ने हो ।
जिन्दगी ज्यादै अर्थपूर्ण र काम लाग्ने भएको छ ।
सुन्तला भन्दा कमलो र
मौरीको मह भन्दा मिठो छ सूर्य
आउ हामी यसलाई टुक्रा टुक्रा परोर खाउँ ।
सुतेका सुताहाहरुलाई पनि
झ्यालबाट सूर्यका टुक्रा छिराइ दिउँ ।
बुझ्नेले बुझे हुन्छ ।
जिन्दगी ज्यादै अर्थपूर्ण र संघर्षशील भएको छ ।
बाँच्न मन पराउने हो !
बाँचन ज्यादै अप्ठेरो भएको छ ।
हुन सक्ने र
ढुङ्गाको छाती माथि
हरियो दूवो उम्रिएको हेर्न मन भए
आँट गर ।
अझै –जाँगर भर ।
मान्छेले कसरी बाँच्नुपर्छ ।
लुकेर चियाउने गर ।
निगरानी राख्ने गर ।
धरतीभरिका मान्छे हो !
म तिमीलाई सम्बोधन गर्न फेरि आउने छु ।
म बेला बेला आउँदै भन्ने छु ।
आँट विश्वास इमान्दारीको आत्महत्या कहिने नगर्नु
तिमीहरुले चाहेको
वैचारिक र व्यवहारिक जिन्दावादलाई
म पनि सहयोग गर्नेछु ।
कठोर र इमान्दारी हातहरु चलाएर,
आकाश भन्दा माथि–माथि उचालि दिनेछु ।
-मातृभूमि २०३३
(ख)
के भनेर सम्झाउनु मेरी छोरीलाई
नौ वर्षीया,
मेरी छोरी कल्पना
विश्वको मानचित्रमा औंल्याउँदै भन्छिन्
‘बुबा ! नेपाल काहाँ पर्छ’
‘छोरी नेपाल यहाँ पर्छ’
छोरी भन्छिन् कति सानो देश
छोरीलाई भन्छु
‘हाम्रो देश भन्दा सानो जो सिक्किम देश थियो,
अहिले भारत भएको छ छोरी’
छोरी आश्चर्यका साथ पीर मान्दै भन्छिन् –
‘कतै हाम्रो देश पनि त्यस्तै भयो भने…’
-मातृभूमि २०३१
यो लेख यस प्रारुपमा आउनका लागि प्रा.बद्रीविशाल पोखरेलप्रति कृतज्ञ छु ।