धर्म र विज्ञानसँग मनुष्यको सम्बन्ध
|
धर्म र विज्ञान दुवैले मनुष्यको राम्रो भविष्यको लागि खोज गर्छन् । सम्प्रदाय (जसलाई हामी धर्म भन्छौं) अनुसार धर्मको व्याख्या वा परिभाषा शब्दको कारणले बाहिरीरूपमा फरक फरक देखिन्छ तर अन्तिम निष्कर्ष सबै धर्मको एउटै हुन्छ जस्तै कर्मको कुरा, होसपुर्वक हुने, मनुष्यको भित्री खोज हो । धर्मले मनुष्यको भित्री खोजलाई महत्व दिन्छ भने विज्ञानले मनुष्यलाई आवश्यक पर्ने बाहिरी खोजलाई महत्व दिन्छ |
अहिलेको विज्ञान मनुष्यको भित्री खोजतिर पनि बढ्दैछ जस्तै मनसँग सम्बन्धित खोजहरू । धर्म र विज्ञान एउटै डोरीको दुई किनारा हुन् । दुवैको विचमा कुनै यस्तो रेखा छैन जसले कुनै एउटा विन्दुबाट धर्म र विज्ञानलाई विभाजन गरेको होस् । धर्म र विज्ञान दुवै एउटा कुरामा विश्वास गर्छन्,त्यो हो सबै घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ ।
धर्म नितान्त व्यक्तिगत खोज हो तरपनि अनुभूती सबैको एउटै हुन्छ । धर्म आफूसँग पहिलेदेखि भएको स्वभावको खोज हो । जुन हामी लिएर नै आएका हुन्छौं । हाम्रो जीवन स्वतः चलिरहेको हुन्छ | त्यसलाई कसरी आफ्नो होसपूर्वक चलाउने भन्ने हाम्रो खोज नै धर्म हो । त्यो होस वा चेतनासम्म पुग्नको लागि सबै व्यक्तिको आफ्नो फरक फरक बाटो हुन सक्छ । सबै मनुष्यको एउटै धर्म वा स्वभाव हो इश्वर हुने, हाम्रो जन्म नै यही हुनको लागि भएको ।
भाषाको कारण भगवानहरूकै अवतार भएपनि बुद्ध, जैन,येशु,पैग़म्बर जस्ताको वाणी, प्रवचन, वक्तव्य वा सन्देशमा फरक हुन जान्छ । वहाँहरूको वाणीमा आफ्नो अनुभूती (ज्ञान) र त्यो समयको विज्ञानको खोज (स्मृति) संयुक्त रूपमा मिलेको हुन्छ । वहाँहरूको वाणी त्यो समय, स्थानमा भएका व्यक्तिको लागि र उसले बुझ्ने भाषामा हुन्छ ।
धर्मको खोज एउटा यस्तो विन्दुमा पुगेर पुरा हुन्छ जहाँ उसले जीवनमा पाउनु पर्ने सबै पाइसकेको हुन्छ अनि त्यसपछि आफ्नो अनुभूतिलाई प्रकट गर्छ । प्रत्येक धर्मको खोजीलाई आफ्नो यात्रा शुन्यबाट शुरू गर्नुपर्छ । उसले अरूको अनुभूति वा खोजलाई इसाराको रूपमा मात्र लिन सक्छ ।
विज्ञानको खोजीले खोज गर्दै जान्छ र आफ्नो खोजको निष्कर्षहरू दिदैंजान्छ | खोज जारी हुन्छ | यसै कारणले समय समयमा त्यसको सिद्धान्तहरू नयाँ वा फरक हुँदै जान्छ । विज्ञानको खोजलाई शरीरले उपयोग गर्छ । विज्ञानको खोज क्रमिकरूपमा अगाडि बढ्दै गरिरहेको हुन्छ ।
धर्म बीजको खोज गर्छ भने विज्ञानले त्यसलाई जन्म दिनको लागि वातावरणको खोज गर्छ । मनुष्य हुनको लागि धर्म र विज्ञान दुवैको आवश्यकत हुन्छ । हामी मनुष्य भएर जन्मेको हौं | भगवानको अवतार हुन वा बुद्ध, जैन, क्राइस, पैग़म्बर हुनको लागि धर्मको खोज र विज्ञानको उपयोग चाहिन्छ ।
बुद्ध, महावीर, कृष्ण, मोहब्बत, जिसस जस्ताले आफ्नो धर्मको खोज गरे र त्यो समयमा भएको विज्ञानको खोजको पनि पूर्णरूपमा उपयोग गरेका हुन् । हामी धर्मको खोज गर्छौं भने विज्ञानलाई छोड्दिन्छौं | विज्ञानको खोज गर्नेले पनि धर्मलाई छोड्दिन्छौं ।
मनुष्यले धर्मको यात्रा कुनै पनि समय र स्थानबाट शुरू गर्नसक्छ तर विज्ञानको खोजको लागि उसलाई पहिला भएको खोज र अनुसन्धानको सूचनाहरू संकलन र अध्ययन गर्नु अनिवार्य हुन्छ । एउटा समय पार गरेपछि हामी विज्ञानको खोज गर्न असमर्थ हुन्छौं । स्कूल, विद्यालय, विश्वविद्यालको शिक्षा र प्रयोगशाला विज्ञानको खोजमा आवश्यक पर्छ । लेखक चौधरीको इमेलः golove.info@yahoo.com
