काफिला फेरी लुटिएको छ – काठमाडौंका गल्लीहरुमा

तँ यताउताकोको कुरा नगर,
यो भन कि बाटाहरु सुनसान किन छन् ?
जुन हातले मशाल समातेका थिए –
ती आँखाहरुमा आज कुहिरो किन छ ?

कसले चलाएको थियो डुंगा, कसले डुबाउन खोज्दैछ डुंगा ?
उनीहरु जो पार लगाउने कुरा गर्थे,
तर अहिले तिनकै खल्तीमा
वन्दि बनेको छ, नक्शाविनाको समुद्र ।

चराका वथानहरु थिए –
जो निस्केका थिए निलो आकाशमा छलाङ्ग मार्न
आज तिनका प्वाँखहरु,
धितो राखिएको छ दरवारको ढोकानेर,
जहाँ हरेक प्रस्नको उत्तर
छद्म मुस्कानको पर्दामा गुमनाम हुन्छ ।

सपनाको व्यापार सुरु भएको छ,
नाम फरक छन् – तर चाल पुरानै

अब त हस्ताक्षर कागजमा हैन,
मानिसहरुले भित्र आत्मामा कुँदेर राखेका छन ।

जुन गल्लिबाट काफिला हिंडेको थियो,
त्याँहा आज पनि भिड छ –
तर यात्रा अर्कै दिशातिर मोडिएको छ ।

हामीलाई अगाडी बसेर लुट्नेहरुसँग गुनासो छैन,
कसुरदार को थिए, को थिएनन्
त्यो पनि त चासोको कुरो रहेन
हामी त मात्र यति सोध्न चाहन्छौं –
जसले कुनै बेला कथा हालेका थिए,
आज उनीहरु किन त्यो कथा हाल्दैनन् ?

Add a Comment

Your email address will not be published. Required fields are marked *