चुनावी गजल


१.
यसपालिको भोट कसलाई हो सोद्दैछन् जनता
जसलाई दिए पनि उस्तै हो, ठान्दैछन् जनता।

वर्षैपिछे भोट आउँछ नयाँ नयाँ नारा लिएर
जुनै जोगी आए पनि कानै चिरेको, मान्दैछन् जनता।

सिद्धान्त सबैको उही हो, घोषणापत्र उस्तै उस्तै
जता जता भीड देखिन्छ, उतै उतै कुद्दैछन् जनता।

प्रजातन्त्रको मूल मन्त्र चुनाव गर्नै पर्ने अरे
प्रजा नै शक्ति तन्त्र हो र? विचार्दैछन् जनता

जतै भोट दिए पनि दुनो त आफ्नै सोझ्याउने हुन्।
जनतै लडाउने खेल मात्रै, ठम्याउँदैछन् जनता।

जनता हुनु कति मज्जा, भोटमा उठ्नु छैन।
ब्यर्थै हार र जितको भुँवरीमा चेप्टिनु छैन।

जसलाई भोट हाले पनि जता कुदै पनि भा’कै छ
कैले अबीर यात्रा र कैले शिर लत्राउनु छैन।

यस्ता भोट त कति आउँछन् जान्छन्, उस्तै छ सधैँ
जसले हारे पनि जसले जिते पनि पीर मान्नु छैन।

हाम्रो भोट सस्तो बिकाउ होइन, महङ्गो पर्छ नी
जति पैसा थापे पनि अर्कोतिर हाल्न, डराउनु छैन।

काजीलाई पाजी बनाएकै हौं, सडककोलाई सदनमा
नेताभन्दा जनता ठुलो भन्नुलाई मुख बार्नु छैन।
३.

Add a Comment

Your email address will not be published. Required fields are marked *