अलिखित संसार


तिम्रै शब्द–वाणले घोच्दा
मनको गहिराइसम्म
पीडा उर्लिँदै
बादल मडारिएर वर्सन्छ
अलिखित कथा र ब्यथाहरु ।

बाह्य रुपभन्दा
भित्री रुप विशाल छ
अदृश्य मानसपटलको भूगोलमा
भावनाहरु सीमारेखा नाप्दै
महसुसमै बाँचिरहन्छ ।

न कलमले कोर्न सक्छ
न फित्ताले नाप्न सक्छ
न विशाल गगनका चन्द्रमाले नै …
यो अलिखित संसारका हरफहरु
केवल अन्तरमनको धडकनले मात्र
नाप्न, बुझ्न, लेख्न र व्यक्त गर्न सक्छ
अनि मनकै कागजमा छापिएर
जीवनमा सत्य बग्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *