भमराको गीत

फूलहरु फूलेका छन
भमराहरु झुल्ने गरी
पुतलीहरु फर्फराउँछन
फूलको पातमाबसी
भँगेराहरु चिरविराउँछन
फूलकै डालीमा बसी
जुनकिरीहरु उज्यालो फाल्छन
गोधुली खस्छे साँझमा
मालीनिश्चिन्त छ
फूलबारीको सुरक्षा गरे पछि ।

उ हर्षित छ
जीवनको सपनाले पूर्णतापाए पछि
उसले जितेको छ युद्ध
गाएको छ विजयगान
हल्लाएको छ रातो झण्डा
नाचिरहेछन भुइँ मान्छे
उनीहरुको सत्ताप्राप्ति पछि ।

वर्षौ बाट दमितथिएआवाजहरु
वर्षौ बाट कुण्ठित थिएभावनाहरु
वर्षौ बाट लुटिएका थिए सपनाहरु
लुटिएका सपनाखोजिगर्दै
अनेक हण्डर खाएर
लामो संघर्ष गरी
आमाकाकाखहरु रित्तिएर
श्रीमतीकासिउँदो पुछिए पछि
बालबालिकाअनाथ भै
रगतको खोलो बगाएर
शहीदको सपना पूरा गर्न
लडिएको थियो लडाइ ।

अनिश्चयकायात्रापार गर्नु थियो
कठोर पहाड उक्लनु थियो
विशालनदीतर्नु थियो
आगोकालप्काहरु निल्नु थियो
हुरी बतास छेक्नु थियो

यात्रामा ठेस लागेर
यात्रातुहिन सक्थ्यो
कुशलतापूर्वक डुङ्गा खियाउँदै
माझी जस्तै
उ डुङ्गा खियाउनव्यस्तथियो
विशाल जङ्घार पार गरी
निर्दिष्ट लक्ष्यचुम्नलाई ।

उ अथकितयात्रीहो
अवरोधकातगारा भाँच्दै
उसले निशानिचुमेको छ ।

उसले निशानिचुमे पछि
घाम हाँसेको छ
जूनहाँसेको छ
आकाशखुलेको छ
धरतीको छाती गर्वले फूलेको छ
फूलहरु मुस्कुराएका छन
मालिहर्षले नाचेको छ
माहुरीहरु भुन्भुनाइ रहेछन
भमरा जितको गीतगाइ रहेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *