देश बनाउने कसले ?

नयाँ-पुराना दलहरू हरेकले देश हामी बनाउछौं भन्छन् । के देश बनाउने दलहरूले हो त ? कि कार्यकर्ता भएकाले उनीहरूले नै बनाउने हुन् ? देश बनाउने न कुनै राजनीतिक दलले हो न कार्यकर्ताले हो । कुनै पनि देश बनाउने भनेका ति देशका नागरिकले मात्र हो । हाम्रोमा देश बनाउने भन्ने भाष्य कुनै पनि दलले दावी गर्छन भने उनीहरूको उठान नै गलत भाष्यबाट सुरू भएको मानिन्छ । देश विकासको मुख्य आधार देशका जनता हुन, विकास पनि जनताका लागि हुनुपर्छ । त्यसो भए दलहरू औचित्यहीन हुन त ? हैन, अझ बहुदलिय लोकतान्त्रिक देशमा त दलहरू बाहेक राजनीतिक अभ्यास सम्भब छैन् । लोकतान्त्रिक देशमा मूलत: राजनीतिक अभ्यास गर्ने भनेकै दलहरू मार्फत नै हो ।

लोकतान्त्रिक देशमा मुख्य खेलाडि दलहरू हुन् । राजनीतिक दल खासगरि दलका मार्गदर्शक विचार र दृष्ट्रिकोण अर्थात वादका आधारमा खुल्छन् । सबैलाई सबै दलका आदर्श मन पर्नु पर्दैनन्, छनौटको विकल्प हुनु अझ सुन्दर पक्ष हो । दलहरू प्रभावकारी र सान्दर्भिक रहन विचार र वादको जार्गनले मात्र पनि पुग्दैन । दलहरूले खासगरी विकास गरेर हुने होईन, विकासको मोडल प्रस्तुत गर्ने हो । नागरिकलाई ‘होप’ सृजना गर्न सक्नु दल र नेताको मुख्य दायित्व हो । असल नेताले ‘होप’ सृजना गर्छन् र तिनिहरूका नीति, योजना र कार्यक्रमले हो देश बन्ने, ति दलहरू पनि र्यास्नल बन्ने हुन् । दलहरू ठुलो र सानो बन्ने पनि उनीहरूका योजनाले हो, ‘सेलिब्रेटी’ थुपारे हैन् ।

(स्पर्श काफ्ले)

हाम्रो जस्तो लोकतान्त्रिक देशमा दलहरू ठुला हुने कार्यकर्ताको भारीले हैन, नागरिकको विश्वासले हो । देश विकासको लागि विश्वास गर्ने भनेको भावनाले मात्र हैन्, प्रष्ट मापन गर्न सकिने दलहरूले प्रस्तुत गर्ने दस्तावेज र अभिव्यक्तिले हो ।

त्यसो त सबै दलले आ-आफ्ना दस्तावेज प्रस्तुत गर्दा पनि किन अपेक्षित रूपमा देश विकास भएन त ? हो भएन । यसका पछाडि पनि दलहरूकै प्रस्ट कमजोरी देखिन्छ । पहिलो त दलहरूका दस्तावेज नै स्पष्ट छैनन्, मार्गचित्र भएन । दोस्रो, दलहरू सान्दर्भिक वा र्यास्नल भएनन् । सान्दर्भिक हुन दलहरूले लोकतान्त्रिक प्रणाली अनुकुलको अभ्यास हुनुपर्छ । लोकतन्त्रमा विधि र प्रकृया मान्नुपर्छ, यतिले मात्र पुग्दैन् । यि सबै दलिय गतिविधि विधिमा आधारित पारदर्शी अभ्यास हुनुपर्छ । असल नतिजाका लागि खराब प्रकृयाले गर्ने अभ्यास पनि स्वीकार्य हुदैन, नारगरिकले विश्वास गर्दैनन् । नागरिकले विश्वास नगरे असल नियत राखे पनि सकारात्मक नतिजा आउदैन् । दलहरू साना हुन वा ठुला हुन, ति दलहरू ठुला र साना हुनुपर्ने स्पस्ट आधार देखिनुपर्छ ।

यि सबै देखिन कस्ले नेतृत्व गर्न सक्छन् त ? हरेक क्षेत्रमा त्यहि क्षेत्रका सक्षम र सोहि क्षेत्रका समूहको विश्वासले गर्न सकिन्छ । ति सबै बिधागत नेतृत्व हुन । तर राजनीति मात्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि विधाका मानिस सक्रिय हुन पनि सक्छन्, अपराधमा नपरेका जो कोहिले पनि अभ्यास र नेतृत्व गर्न सक्छन् । यो विधामा न्युनतम पनि सान्दर्भिक हुन ‘राजनीतिक स्कूल-अफ थट’ हुनै पर्छ । हाम्रो देशमा अधिकांश दलमा नेताहरू त छन् तर ‘राजनीतिक-नेता’ बन्न सकेका छैनन् ।

सबैले देश बनाउने त भन्छन् तर देश बनाउने भनेको के हो त ? सबैभन्दा पहिले आम नागरिकले अपनत्व ग्रहण गर्नु र देशमा ‘होप’ देख्नु पहिलो सर्त हो । भौतिक रूपान्तर र मानिसको डिग्निटि हुनु हो । राज्यका स्रोत-साधनको न्यायिक विन्यास र अवसरको समुचित वितरण पनि हो । यि चिज प्रतिको मानिसको विश्वास रहे हरेकले आ-आफ्नो विधा र रूचिका काम गर्नु र गर्न पाउने परिवेस तयार हुदै जानु भनेको पनि देश विकासको आधार हो । यससगै कतिपय संघ-सस्थाले तयार पार्ने मापनका आधारले विकासको गति र लयबारे परिक्षण गर्न सकिन्छ । देश बनाउने विषय एउटै र कुनै स्थापित सुत्रले मात्र सकिदैन । त्यसैले त हरेक मानिस राजनीतिक टिप्पणी र सहभागि हुन स्वतन्त्र हुन्छ तर राजनीति गर्न र बुझ्न कठिन हुन्छ । धेरै चर्चा, छलफल र आबद्व हुनुले मात्र योग्यता त हुदैन तर आइसोलेटेड भएर पनि हुन्न । मानिसहरूको अस्पिरेसन आँकलन, उचित व्यवस्थापन र प्रभावकारी संञ्चार गर्न भने सम्भावित राजनीतिक नेतृत्वमा हुनै सर्त हुन । अनि यहि नेतृत्वको विश्वासमा नागरिकको बलले मात्र हो देश विकास हुने ।

Add a Comment

Your email address will not be published. Required fields are marked *