सुशासन भनेको के हो ? कसरी हुन्छ ?

सामान्यत शासन पद्वतिलाई थप उन्नत र प्रभाबकारी बनाउन राज्यले अपनाएको पद्वति हो । अग्रेजीको Good Governance को नेपाली शब्दानुबाद ‘असल शासन’ लाई नेपाली परिवेसमा प्रयोग गर्दा ‘उत्तम’ शब्दलाई बुझाउने ‘सु’ को प्रयोग मार्फत ‘सुशासन’ भनिएको हो । त्यसो भए शासन भनेको के हो त ? बिभिन्न देशका विज्ञहरूले यसबारेमा आ-आफ्ना शब्दमा व्याख्या गरेका पाइन्छन् । विशेष गरि लोक हितका लागि स्रोत-साधन र शक्तिको परिचान गर्न राज्यले अपनाएको विधि हो । निर्णय र ति निर्णयलाई लागू गर्ने गराउने बैधानिक विधिलाई परिचालन गर्ने र गराउने अख्तियारी पाएका निकायहरू शासनका अंङ्गहरू हुन । यसर्थ शासनको निकाय सरकार वा कार्यकारी नभई न्यायपालिका र व्यवस्थापिका सहित बहु पक्षहरू हुन्छन् । ति सबै पक्षले विधि र कानुनको अभ्यास गर्ने गर्छन । यहि अभ्यास गर्ने प्रकृयालाई शासन भनिन्छ ।

(स्पर्श काफ्ले)

अब छलफल गरौं, सुशासन भनेको के हो ? लोक कल्याण र लोकतन्त्रका लागि आम- नागरिकको राज्य प्रति थप भरोसा प्रबर्धन गर्न तय गरिएको उन्नत पद्वति हो । यसर्थ सुशासन लोकतन्त्र नभएका देशमा सम्भब हुन्न । सुशासन ल्याउछु भएको लोकतन्त्र स्वत: मान्ने प्रणाली हो । सुशासन छ भने त्यहाँ अवस्य लोकतन्त्र भएकै हुन्छ । त्यसैले त लोकतान्त्रको आकांक्षा भएका देशमा सुशासनको चर्चा भैराख्छ ।

बिश्व बैंकले अफ्रिकी मुलुकममा दिएको वैदेशिक सहयोग प्रभावकारी हुन नसकेको पृष्ठभुमिबाट सन १९८० को अन्त्य तिरबाट सुशासनको अवधारणा सुरू भएको हो । तात्कालिन शासकिय प्रणालीको विकृतिलाई हटाउन विकास गरिएको उन्नत प्रणाली हो । त्यसैले सुशासन हुन केहि महत्वपूर्ण स्थापित मापदण्ड छन्, मनोगत विषय होईन् । नागरिक र उनीहरूलाई अपनत्व र विश्वास दिलाउन राज्य र प्रणालीमा सबैको सहभागितालाई सुशासनमा ध्यान दिइन्छ । कानुन र विधिको शासनमा जोड दिइन्छ । हालै मात्र सार्वजनिक चर्चामा रहे पनि नेपालमा पनि सुशासन (व्यावस्थापन तथा संञ्चालन) ऐन २०६४ ल्याइसकिएको छ । करिब २० बर्ष अघि बनाएको सुशासन ऐन सम्बन्धि विषय अहिले सार्वजनिक चर्चामा छ । सहभागिता, कानुनी / विधिको शासन, पारदर्शीता, सहमति लक्षित, उत्तरदायित्व, प्रभावकारीता, जवाफदेहिता र समता-समाबेशीकरण नभई कुनै पनि देशमा सुशासन हुँदैन । नेपालमा पनि सुशासन ऐन छ भन्ने पनि अधिकांशलाई अझै पनि पत्तो छैन् । सुशासन हुन लोकतन्त्रका स्थापित मुल्य र मान्यता मार्फत राजनीतिक अभ्यास गर्नु र गर्न पाउनु, व्यवसायीकता, पारदर्शीता र कानुनको शासन र कार्यान्वयन हुनु पर्छ ।

त्यसो भए कसरी थाहा पाउने त सुशासन छ कि छैन ?

यसको मापन गर्न देशमा नागरिकले स्वतन्त्र रूपमा आवाज उठाउन पाउनु र त्यसप्रति सरोकारवालाहरू उत्तरदायी छन कि छैनन्, राजनीतिक स्थायित्व र हिंसा छ कि छैन भन्ने आधारमा पनि छुट्याउन सक्छौं । यहाँ राजनीतिक स्थायित्व भन्नाले व्यवस्था परिवर्तन भैरहेको छ कि छैन भनिएको हो । त्यस्तै प्रभावकारी सरकार, नियमनको गुणस्तर, भ्रष्ट्राचार नियन्त्रण र कानुनी/ विधिको शासन छ कि छैन भन्ने आधारमा सुशासन छ वा छैन् भन्न निर्क्योल गर्न सक्छौं ।

बोलिचालिमा सुशासन शब्दको सहज रूपमा प्रयोग गरिए पनि यो फगल शब्द मात्र होईन । स्पष्ट मापन र परिक्षण गर्न सकिने आधार सहितको प्रणाली हो । त्यसैले लोकतन्त्र नचाहनेले सुशासन चाहदैनन् भन्ने बुझ्न सकिन्छ । अथवा सुशासन चाहनेले स्वाभाविक रूपमा लोकतन्त्र मान्छ भन्ने बुझिन्छ । लोकतन्त्र बाहेकको शासन प्रणालीमा सुशासनको उच्चारण नै गरिदैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *