बुढी अर्काकी, पार्टी आफ्नो

अर्काकी बुढी
चिटिक्क परेकी
कस्ति राम्री !!
लुकी लुकी हेर्छे।।
आँखा राम्रा
जीउ डालै राम्रो ।
ओठ कति चिल्ला
नितम्ब त देख्दै
मोहनी लाउने ।।
लुगा सपक्कै लगाउँछे ।
अहा ! कस्ती सुन्दरी
स्वर्गकी परि हो कि ?
बेला बेला भेट्न बोलाउँछे ।
मीठा मीठा खाना खुवाउँछे ।।
सधैं हेरौं हेरौं लाग्ने ।
टाँसिएरै हिडौं हिडौं लाग्ने ।
हजुर, खाइस्योस् लाइस्योस् भन्छे ।
परि अर्काकी
घरमा अर्की छ ।
लगौं चिथोर्छु भन्छे ।
कानुन थुन्छु भन्छ ।
जेसुकै परोस् ।
थुने थुनोस् ।
चिथोरे चिथोरोस् ।
स्बास्नी अरूकै राम्री ।।
पार्टी भने आफ्नै राम्रो ।
नेता आफ्नै राम्रा । ।
भ्रष्टाचारी भएपनि ।
ब्यभिचारी भएपनि ।।
चोर भएपनि
लुटाहा भएपनि ।
ठग भएपनि ।।
आफ्नै जार भएपनि
भोट त मेरै पार्टीको
नेतालाई दिन्छु ।
जार भयो त के भो ?
घरबार गर्यो । घरबार गरून नपाउनू ?
युवा ,जेन्जी जेसुकै भन ।
पार्टी त फेर्दै फेर्दिन ।
म त मरे नि छोड्दिन ।
किन कि मैले युगौंदेखि
लगानी गरेको छु ।
रातदिन नभनी
मरि मेटेको छु ।
सिद्धान्त भाडमा जावोस्
निष्ठा भाडमा जावोस् ।
मुलुक भाडमा जाओस् ।
मुलुक नभएर के नापिन्छ ?
अर्कै मुलुकमा पनि
मेरो पार्टी हुन्छ ।
दलका नेता हुन्छन्
केको फिक्री ?
मलाई मेरै नेता
राम्रो लाग्छन् ।।
