नेपाली राजनीतिमा बालेनको शंकास्पद उदय


काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह एक गहिरो रुपमा द्धिविधाजनक र प्रश्न उठाउने पात्र हुन् । नेपाली राजनीतिको मैदानमा उनी जसरी अचानक, नाटकीय ढंगले र केह हदसम्म अनिश्चिततासहित प्रवेस गरे, त्यसले स्वाभाविक रुपमा गहिरो जाँच पड्ताल माग्छ । केपी ओलीको नेतृत्वको (UML–NC) सरकार पतनभएपछि उत्पन्न भएको अराजक विध्वंस परिवेशमा रबि लामिछानेसँग नाटकीय ढंगमा जोडिएको सम्बन्धले अझ बढी रहस्यमय बनाएको छ । ती घटनाक्रमहरु समग्र रूपमा हेर्दा रहस्य र अनिश्चितताले ढाकिएका छन् र तिनीहरुले उत्तरभन्दा बढी प्रश्नहरु जन्माएका छन् । यो केवल राजनीतिक चालबाजी मात्र होइन, यसले सार्वजनिक आँखाबाट अझै पूर्ण रुपमा खुल्न नसकेको, “लुकेको” र त्यसका उद्देश्य तथा पर्दापछाडीका “एजेन्डाहरू” को संकेत दिन्छ ।
सबैभन्दा बढी चिन्तित बनाउने कुरा भनेको उनको गोप्यतामुखी, आफ्नै ढर्रामा चल्ने (आइडियोसिन्क्रेटिक) र निरन्तर अपारदर्शी स्वभावबारे बनेको छाप हो । जुन सार्वजनिक पदको नैतिक र संस्थगत अपेक्षसँग मेल खाँदैन । सार्वजनिक नेतृत्वको आधार भनेकै पारदर्शिता, जवाफदेहिता, र नागरिक, संचारमाध्यम तथा सहकर्मीहरुद्धारा परीक्षण समाचोलना स्वीकार गर्ने तत्परता हो । जानाजानी लुकाउने, असंगत देखिने, वा छनौट गरेर मात्रै संवाद गर्ने व्यक्तित्वलाई लोकतान्त्रिक मान्यतासँग मिलाउन कठिन पर्छ । त्यस अर्थमा, उनले प्रस्तुत गर्ने शंकास्पद र आत्मकेन्द्रित राजनीतिक शैली पारदर्शी शासन-प्रशासनको मर्मसँग मौलिक रुपमा असंगत देखिन्छ ।
यी कारणले गर्दा सार्वजनिक बहसको प्रस्ताव अस्वीकार गर्नु बिलकुलै आश्चर्य लाग्दैन । बरु, यो एउटा व्यापक ढाँचासँग मेल खान्छ । निरन्तर सार्वजनिक परीक्षणबाट टाडा रहने प्रवृत्ति, सामुहिक विमर्शभन्दा एक प्रदर्शन एकल दाबीलाई प्राथमिकता दिने मानसिकता र लोकतान्त्रिक सहभागीतालाई अनिवार्य नठान्ने बानी । यदि कसैले जनविश्वास चाहन्छ भने सार्वजनिक बहस कुनै झन्झट होइन । त्यो आधारभूत दायित्व र राजनीतिक अवसर हो । जब कुनै सार्वजनिक व्यक्तिले त्यो दायित्व अस्वीर गर्छ, तब स्वभाविक रुपमा शंका गहिरिन्छ, र उनका चरित्र तथा आचरण वरिपरि घुमिरहेका त्यही प्रश्नहरु अझ बलियो भएर खडा हुन्छन् ।
