कोलकाता

कोलकाता एउटा कङ्क्रीटको जङ्गलको नाम हो।
यो जंगलमा अनौठा जानवर बस्छन्
ती सूत्रबद्ध छन्
रेलको लिकैलीकमा हिँडछ्न।
ती सियालदाह र सल्टलेकका एकोहोरे लाइनका बसगाडी जस्तै छन्
कोलकाताको जीवनशैलीमा साँघुरो मानसिकता
र बोली व्यवहारमा कर्कशता छ।
कोलकाताले काम बनाउन मह मिसाएर बोल्छ
काम सकिएपछी नचिनेझैं गर्छ।
कोलकाताले बाहिरी दुनियाँलाई गन्दैन
कोलकातालाई पनि अब दुनियाँले गन्दैन।
कोलकाता पटक्क बुद्धिजीवी होइन
यदि उ बुद्धिजीवी हो भने
किन कर्कश तर्क गर्छ ?
जडता र शुन्यलाई पनि तोड्न सक्दैन ?
कालोलाई कालो र सेतोलाई सेतो किन भन्न सक्दैन ??
अतीतको तिम्रो गौरवलाई किन पालन गर्न सक्दैन ?
कोलकाताले बाहिरको दुनियाँ बुझ्दैन
दुनियाँको मीठो स्वर सुनेको छैन
ताल र सुर बुझेको छैन
कुवाको भ्यागुतोसरह कोलकाता दिन रात टर्टराइरहन्छ
“अतीतको गौरवले धपक्क बलेको तिम्रो अनुहार”
अब त मुजामुजा परेर चाउरिएको छ।
कोलकाता त आजसम्म १९११ कै गौरवमा मख्ख परिरहेको छ।
जिन्दावाद मुर्दावाद गरेरै जुनी कटाइरहेको छ।
कोलकाता लिक लिकमा हिँड्छ
कोलकाता बाठे छ, बेसी तार्किक छ चलाक छ
तर पनि तीन बल्ड्याङ लडिरहेको छ।
अझै कति बल्ड्याङ लड्ने हो?
त्यो त कोलकाता नै जानोस!!!
