‘तिमी’
|पुरै जिन्दगीको
एक निमेषको लागि पनि
सम्झनै मन नलागेको
लेख्नै मन नपरेको
वास्तै गर्न नचाहेको
एउटै शब्द
‘तिमी’ ।
अनि, फेरी
संगितका धुनहरूसँग
श्वासको झन्कारसँग
शरिरको रक्तप्रवाहजस्तै
दिमागैभरी तिब्र भुन्भुनाउने
शव्द पनि
‘तिमी’ ।
एकछिन त
आफैंले आफैसँग ढाँट्छु
मलाई के मतलव ?
के सरोकार ?
व्यर्थै किन वास्ता ?
साथीहरू सुझाउँछन्
वास्तै नगर
यादै नगर
छोडीदेउ ।
उनीहरूलाई के थाहा
त्यही वास्ता नगर्ने संघर्षको
बिच मैदानमै म पछारिएको कुरा
त्यही यादै नगर्न चढेको
हिमशिखरबाटै बारम्बार चिप्लिएको कुरा
त्यही एक प्रयासमा
दिनरात आफ्नै आत्मामा दागबत्ती झोसेर
अनेकन झुसिला रात घिट्घिटी कटाउन परेको कथा ।
तिमी कल्पवृक्ष थियौ
म पनि त्यस्तै थिएँ
मलाई थाहै थिएन
कल्पवृक्षको कल्पवृक्ष सँगकै
सम्भोग र गर्भाधानबाट पनि
एउटा दुम्सी जस्तो विषवृक्ष उम्रनेछ ।
अनि,
त्यस्का तिखा काँढाहरूले
यसरी मलाई पुरै जीवनभर कोतर्नेछ ।
त्यसैले प्रिय
माफ गर
मलाई अचेल
तिमीमा मात्र होइन
म मा मात्र पनि होइन
यो पुरै सृष्टिको नियमसँग पनि सन्देह लाग्छ ।
This reflect the feeling of many. So touchy.