भूगोलको नेपाल र भर्चुअल नेपाल
|यस लेखमा भूगोलको नेपाल र ‘भर्चुअल नेपाल’ बीच रहेका सम्बन्ध र हुन सक्ने सम्बन्धको चर्चा गर्ने प्रयास गरिएको छ । भूगोलको नेपाल भन्नाले एशियामा रहेको पूर्व मेची देखि पश्चिम महाकाली सम्म अनि उत्तरमा हिमालय देखि दक्षिणमा भारत सम्म फैलिएको पारम्पारिक भौगोलिक सिमा भित्रको एक ढिक्का नेपाललाई भनेको हो । त्यो भूगोलको नेपाल बाहिर पनि अर्को नेपाल छ भन्ने अवधारणा अघि सार्दै यो टिप्पणीमा त्यसलाई ‘भर्चुअल नेपाल’ भनेर सम्बोधन गरिएको छ । के भनेर सम्बोधन गरिनु पर्छ भन्ने महत्वपूर्ण कुरा होईन, तर नेपाल बाहिर पनि एउटा नेपालको अस्तित्वको सम्भावनालाई देख्न, हेर्न र स्विकार्न सक्नु महत्वपूर्ण कुरा हुन जान्छ । यहाँ मुख्यत भर्चुअल नेपालको अस्तित्वलाई उजागर गर्दै दुवै नेपालको बिचमा दह्रो सम्बन्धको विकास गरिनुपर्ने कुरामा जोड दिइएको छ ।
माथि उल्लेखित भूगोल भित्रको नेपाल एक ढिक्को भूभागमा समाविष्ट छ, तर ‘भर्चुअल नेपाल’ को प्रकृति र आकृति त्यस प्रकारको छैन । यो देश–देशमा, घर–घरमा र मन–मनमा छ र प्रष्ट छ ।
अहिले नेपालीहरु संसार भरि पैmलिएका छन्, र जहाँ गए पनि आफू भित्र नेपाल लिएर गएका हुन्छन्। अहिले मात्र हैन, यो पहले देखि कै चलन हो । जहाँ गए पनि आफ्नो बस्ने घरको कोठामा नेपालका चिन्ह, नेपालको झझल्को दिने सामान, सम्झना, खानपिन, चजिविज, बोलीचाली, चाड–पर्व, रहन सहन, साहित्य आदि पनि साथै लिएर गएका हुन्छन् । एउटा नेपालको घर कोठा भित्र पस्दा नेपाललाई सम्झाउने अनेक चिज हुन्छन् । त्यसरी एक एक कोठा, एक एक भर अनि एक एक मनलार्य जोड्ने भने त्यो एक प्रकारले एउटा देशै बन्न जान्छ । त्यसैलाई ‘भर्चुअल नेपाल’ भनेर सम्बोधन गएिकबो हो ।
माटो, मान्छे र मन एउटा देश बन्नका लागि नभर्ई नहुने चिज मध्ये पर्छन् । भूगोलको नेपालसँग यी सबै छन् । ‘भर्चुअल नेपाल’ सँग खालि माटो छैन, त्यसैले त ‘भर्चुअल नेपाल’ एउटा देश हुनलाई माटो अति नै महत्वपूर्ण कुरा हो, तर माटो मात्र पनि देश हैन । यदि भूगोलको नेपालमा कोही पनि मान्छे (नेपाली) नहुने हो र खालि माटो मात्र हुने हो भने त्यो नेपाल हुने थिएन । नेपाल बाहिर कोही पनि नेपाली नभएको भए ‘भर्चुअल नेपाल’ पनि हुने थिएन । यस प्रकार भर्चुअल हो वास्तविक नेपाल, सबैभन्दा महत्वपूर्ण कुरा म नर मान्छे हुन भन्न सकिन्छ । यसो भनिरहँदा भूगोलको नेपालको गरिमा र अस्तित्वको अवमूल्य नगर्न खोजेको कदापि होइन, खालि मस्तिष्कले सोच्ने प्रक्रियाको फाइदा उठाएर एउटा निश्चित बुँदालाई प्रष्ट पार्ने कोशि गरेको मात्र हो । विगतमा, नेपालको भौतिक (भौगोलिक) आयतन र आकार बेला बेला घट्ने–बढ्ने वा फैलने–खुम्चने नभएको हैन । कहिले पूर्वको आयाम (दिशा) तिर, कहिले पश्चिमको कहिले उत्तर अनि कहिले दक्षिणको आयामतिर बढ्ने खुम्चिने भई रह्यो । अनि जुन बेला जता फैलिएर जत्रो भयो अथवा जता खम्चिएर जत्रो भयो त्यसैलाई नेपाल भनेर भनिएको थियो । त्यसरी फैलिन वा खुम्चन नमिल्ने भएको भए काठमाडौ बाहेक कतै पनि नेपाल भन्न मिल्ने थिएन, काठमाडौबासी बाहेक कोही पनि नेपाली हुने थिएनन् । नेपालको त्यो खुम्चाई र फैलावत भौतिक (भौगोलिक) थियो भने अहिले नेपालको पैmलावत अभौतिक (भर्चुअल) छ भनेर भन्न मिल्दैन ? अथवा बिगतमा नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणको आयामतिर फैलिएझैं अहिले नेपाल अचुएअल आयामतिर पनि फैलिएको छ भनेर भन्न र आत्मसाथ गर्न मिल्दैन ?
बिगतको नेपालको फैलावट, राज्य संचालनका माथिल्लो तहमा रहेका व्यक्तिहरुले गर्ने गर्थे र त्यस क्रममा हिंसाको साहार समेत लिइन्थ्यो । त्यस्सता व्यक्तिहरु इतिहासमा नायकको (हिरो) रुपमा दर्ज भएका छन् । तर अहिलेको अर्चुअल फैलावट भने साधारण जनताद्वारा कुनै पनि हिंसा बिना भएको छ । तर त्यस्ता व्यक्तिलार्य यदाकदा ‘भगौडा’ पलायन गरेका, ‘भूत पूर्व नेपाली’ भन्ने खालका गाली गलौजका साथ अन्य अपमानजनक र शंकालु शब्दहरुले सम्बोधन गरेको पनि सुन्न पाइन्छ । नेपाली भूत पूर्व हुन्छ र ? नेपाली पलायन गर्छ र ? आखिरमा नेपाली भन्नाले के बुझिन्छ ?
के हो, को हो नेपाली भनको ?
नेपाली शब्दले नेपालको (भूगोलको नेपाल) नागरिक भन्ने जनाउँन सक्छ । नेपली भन्ने शब्द एउटा विशेषण पनि हो जस्तै नेपाली खाना ।
नेपाली शब्दले एउटा भाषा पनि जनाउँछ । त्यसै गरी यो शब्दले जुन सुकै कारणले होस् आफैंलाई नेपाली भन्ने वा ठान्ने व्यक्तिलाई पनि जनाउँछ । भारतमा नेपाली छन्, बर्मामा नेपाली छन्, ती नेपाली नागरिक नहुन सक्छन, भूगोलको नेपालको चुनावमा भोट नहाल्लान, तर ती नेपाली हुन । जो भूगोलको नेपालमा छन् उनीहरु नेपाली नागरिक हुन जो भर्चुअल नेपालमा बस्छन उनीहरु नेपाली डायस्पोरा हुन भन्न मिल्छ होला ।
हालैका केही रिपोर्टहरुले फिजीमा नेपालीहरु छन् भन्ने कुरा प्रकाशमा ल्याएका छन् । उनीहरुले नेपाली भाषा, चाल चलन बिर्से पनि, नेपालसँग कुनै प्रकारको सम्बन्ध नभए पनि आँपूmलार्य नेपाली भन्दारहेछन् । के उनीहरुलाई जबरजस्ती निमीहरु नेपाली होइनौ भन्न मिल्ला ? अनि कुनै सरकारी कर्मचारीले घुस खाएर नेपालको नागरिकताको एउटा कागज दिने बित्तिकै एउटा गैर नेपालीलाई नेपाली भन्ने ?
यहाँनेर के भन्न पनि जरुरी छ भने नेपालीको सन्दर्भमा डायस्पोरा भन्ने शब्दले प्राय परोक्षरुपमा सार्क मुलुक बाहिर बस्ने नेपाली समुदाय भन्ने बुझिने गरेको छ । सम्भवत यो नेपाली आप्रवासी संगठनले (ल्च्ल्) गरेको आप्रवासी नेपालीको परिभाषाका कारणले गर्दा होला । तर डायस्पोरा शब्द त्यो भन्दा व्यापक छ । भारत, बर्मा, बंगलादेश आदि देशमा उहिले देखि बसेका नेपालीका सन्तति पनि नेपाली डायसेराको परिभाषा भित्र पर्छन् । अर्को कुरा, आप्रवासी शब्दले प्राय आफ्नो पुर्खौली स्थान छोडेर हिडेको पहिलो पुस्तालाई जनाउँछ । तर डायस्पोराले पहिलो लगायत पछिका सबै पुस्तालाई जनाउँछ । यसको मतलब भर्चुअल नेपालमा बस्ने मान्छेलाई बाउनीहरुसँग सम्बन्धित कुरालाई डायस्पोरा शब्दको विशेषण नै लगाउनु पर्छ भन्ने हैन । चलन चलाए पछि जे शब्द प्रयोग गरे पनि हुन्छ ।
यस सन्दर्भमा, शब्दको कुरा गर्दा नेपाली जिब्रोले भर्चुअल भने पनिअंग्रेजीमा यो खष्चतगब िलेखिन्छ । यसको पहिला तीन अक्षर संस्कृतको ‘वीर’ शब्दसँग जोडिएको देखिन्छ । त्यस्तै अचेल भनिने गरेको ‘भाइरल’ सँग पनि यो सम्बन्धित छ ।
अझ अचेलको कम्प्यूटर र इन्टरनेट युगमा भर्चुअल शब्दको अत्याधिक प्रयोग पाइन्छ । भर्चुअल नेपालका नेपालीलाई जोड्ने आपसमा जोड्ने माध्यमको कम्प्यूटर र इन्टरनेटले अहम् भूमिका खेल्न सक्छ ।
नेपाल र भर्चुअल नेपालको सम्बन्ध कस्तो हुनुपर्छ, कसरी दुइ नेपाललाई आपसमा जोड्न सकिन्छ भघन्ने तिर त्यति ध्यान गएको देखिन्न । दुईटै नेपाललाई जोड्नका लागि सबैभन्दा पहिले भर्चुअल नेपालको अस्तित्वको स्विकार्नु जरुरी हुन्छ ।
अघि माथि भनिए जस्तै बेला बेलामा भर्चुअल नेपालका नेपाली प्रति अनुदार सोचहरु व्यक्त नभएका होइनन् । यस्ता सोचहरु समयसापेक्ष लाग्दैनन् । यो वैदिक काल देखि अलिक अघिसम्मको एउटा मनोबैज्ञानिक सोचको रहल पहल र धंग धंगी मात्र हो । यस्तो सोच्नलाई अभिव्यक्ति दिनेलाई समेत यो थाहा नहुन सक्छ ।
उहिले वैदिक काल मै देश बाहिर विशेष गरेर समुद्रपार जाने मान्छे अपवित्र हुन्छ भन्ने थियो । प्राचीन बौधायन धर्म सूत्रमा पनि यो कुरा उल्लेख छ । जंग बहादुर बेलायतको यात्राबाट फर्केपछि शुद्धिकरण प्रक्रिया गरेका थिए । पहिले पहिले बेलायतबाट लाहुरे नेपाल फर्कदा सिमानामा कुनै प्रकारले चोख्याउने प्रक्रिया हुन्थ्यो भन्ने सुनेकै हो । अकबरले एउटा हिन्दु सैन्यअधिकारीलाई अफगानिस्तानमा भएको विद्रोह दबाउन पठाएपछि सिन्धु तरेर पारी गएको भन्दै आफन्तले उनलाई हिन्दु भनेर फेरि नस्विकारेकोले ति सैन्य अधिकारी उतै मुसलमान भएर बसेको ऐतिहासिक कथा पनि सुनेको थिएँ । यसरी उहिलेका कतिपय सामाजिक र धार्मिक कट्टरता अहिले राष्ट्रिय कट्टरताको रुपमा पुनर्जन्म भएको हो कि जस्तो पनि देखिन्छ ।
तर अहिले समय त्यस्तो छैन भन्न पनि ऐतिहासिक कै कुरा औल्याउन चाहन्छु । युरोपको ‘जिप्सी’ (रोमा) भनिने एउटा घुमन्ते जाती जत्तिको अत्याचार भोगेको सायदै अरु कुनै जाती होला ।
उनीहरुले हजारौं वर्ष देखि दासत्व र विभेदको शिकार हुनु प¥यो र त्यो एक प्रकारले अझै कायमै छ । हितलरले यहुदी माथि गरेको अत्याचार सबैलाई थाहा छ,, तर जिप्सी माथि गरेको उस्तै अत्याचार धेरैलाई थाहा छैन । यसरी अत्याचारमा समेत उनीहरुले विभेद सहनु परेको छ । अचेल उनीहरु प्रायः आफ्नो पहिचान लुकाउने गर्छन् । केही वर्ष अघि मात्र फ्रान्सले उनीहरु प्रति गरेको कडा व्यवहारको खबर पत्रिकामा आएको थियो । उनीहरुको इतिहास नियालेर हेर्ने हो भने मानव अधिकारका अगुवा युरेपेली देशहरुलार्य अरुले कुरी कुरी भन्न पनि लाज लाग्ने हुन्छ । उनीहरुलाई धेरै समय अघि इजिप्टबाट आएका हुन भन्ने ठानिन्थ्यो ।
तर उनीहरुको भाषाको अध्ययन गर्नेहरुले भारतबाट आएका पो हुन कि भन्न थाले र पछि अनुबाँशिकी (जीन) केलाउँदा उनीहरु भारतको राजस्थानबाट आएका हुन भन्ने पत्ता लाग्यो । अनि केही वर्ष अघि मात्र उनीहरुको एक अन्तरराष्ट्रिय सम्मेलनमा भारतीय विदेश मन्त्री शुष्मास्वराजले उनीहरु भारतीय डायस्पोरा भएको घोषणा गरिदिइन । हजारौं वर्ष पछि त्यो घुमन्ते समाजले आफ्नो घर भेट्टाएको थियो ।
नेपाली राजनेताहरु भारतीय नेताहरुलाई आफ्नो अग्रज मान्छन भन्ने एक प्रकारको अघोषित बुझाई छ । भारतले एक दुई हजार वर्ष अघि भारत छोडेका, अनि सम्पूर्ण रुपले भारतसँगको सम्बन्ध चुँडीइसकेकालाई दुवै हात फैलाएर फेरि सम्बन्ध गाँस्न तयार हुन्छ भने,। नेपाली राजनेताहरुको नेपाली डायस्पोरा प्रतिको अनुदार सोच अलिक समय सापेक्ष भएन कि भन्न खोजेको हो ।
भूगोलको नेपाल र भर्चुअल नेपालको बीचको सम्बन्धका अनेक कडी विकास गर्न सकिएला जस्ले गर्दा दुवैलाई भावनात्मक, सामाजिक साँस्कृतिक, आर्थिक र अन्य प्रगति र उन्नति गर्न सहज होस् । अहिले पनि कतिपय यस्ता कडी स्वपूmर्त रुपमा विकसित भइरहेका छन् । नेपाली आप्रवासीहरुको संगठन ल्च्ल् एउटा उदाहरण हो । तर ल्च्ल् ले सम्पूर्ण नेपाली डायस्पोरालाई समेट्दैन । नेपाल पछि सबै भन्दा बढी नेपाली भएको देश भारतमा रहेका नेपाली (तर गैर नेपाली नागरिक) र भूगोलको नेपालसँग जोड्ने कुनै औपचारिक र आधिकारिक संयन्त्र छैन ।
यस्तै र अरु छलफलको सिलसिलमा भूगोलको नेपालको पार्लियामेन्टमा भर्चुअल नेपालको प्रतिनिधित्व एउटा सम्भावना हुन सक्छ । भूगोलको नेपालको पार्लियामेन्टमा भर्चुअल नेपालबाट प्रतिनिधित्वको एउटा कुरा मैले सन् २००६ सालतिर काठमाडौ पोष्ट दैनिकको एउटा लेख मार्फत् पनि उठाएको थिएँ । त्यस लेखमा संसारका विभिन्न देश र क्षेत्रबाट प्रतिनिधित्व हुने गरी नेपालको व्यवस्थापिकामा केही मानार्थ सदस्य रहने प्रस्ताव थियो । ती मानार्थले प्रतिनिधिसभाको छलफलमा भाग लिन पाउने तर भोट हाल्न नपाउने हुन पर्छ भन्ने पनि प्रस्ताव थियो । भर्चुअल नेपालबाट त्यस्ता मानार्थ सदस्य कसरी छान्ने भन्ने कुराको हकमा पछि विज्ञहरुले एउटा विधान बनाउलान, तर सबै भन्दा पहिले एउटा सिद्धान्तमा सहमति हुनुपर्छ ।
यी दुइटा नेपाललाई जोड्नका लागि विभिन्न दृशमा रहेका नेपाली राजदूत नै पर्याप्त छन कि भर्चुअल नेपालबाट भूगोलको नेपालको पार्लियामेन्टमा मानार्थको सदस्यको प्रतिनिधित्व चाहिन्छ भनने कुरा उठाउन सकछ । पहिलो कुरो राजदूतहरु भूगोलको नेपालका प्रतिनिधि हुन्, भूगोलको नेपालकै प्रतिनिधित्व गर्छन्, उनीहरु भर्चुअल नेपालका प्रतिनिधि होईनन् । उनीहरुको मुख्य उद्देश्य भूगोलको नेपाल र उनीहरु राजदूत भएर बसेको देशसँगको सम्बन्ध हो । दोश्रो कुरा राजदूतले आफू राजदूत भएको देशको सरकारसँग सम्पर्क गर्न कतिपय औपाचारिकता पुरा गर्नु पर्ने हुन सक्छ, तर डायस्पोराको जनप्रतिनिधि जो तयो देको नागरिक पनि हुन सक्छ, उसलार्य त्यस्तो अप्ठ्यारो पर्दैन । संकटको घडीमा भर्चुअल नेपालमा बस्ने नेपालीलाई रात विरात आफ्नो प्रतिनिधिसँग सम्पर्क गर्न जति सजिलो र व्यवहारिक हुन्छ । नेपाल सरकारको राजदूतसँग सम्पर्क गर्न त्यति सजिलो हुँदैन । अन्त्य मा त्यस्ता प्रतिनिधिले आफू बसेको देश र भूगोलको नेपालसँगको दौत्य सम्बन्ध विस्तार, विकास र त्यसलाई सुमधुर राख्नमा अतुलनीय योगदान गर्न सक्ने कुरामा दुई मत होला जस्तो लाग्दैन । संकटको बेलामा कसरी संसारको ठाउँ ठाउँमा भर्चुअल नेपालका नेपालीले भूगोलको नेपालको समर्थनमा आवाज उठाउने काम गर्न सकछन भन्ने त हालै भारतले नाकाबन्दी गरेको बेला प्रष्टै देखिएको थियो । प्रस्तावित मानार्थ प्रतिनिधित्व वा त्यस्तै संरचना वा संयन्त्र भए त्यो झन ससक्त हुने थियो होला ।
झट्ट सुन्दा मानार्थको यो प्रस्ताव नहुने र अनौठो कुरो पनि लाग्न सक्ला र कतिपयले यसको ठाडै प्रतिवाद गर्लान् । तर एक प्रकारले यो भन्दा पनि अझ अनौठा जस्तो लाग्ने कुराको इतिहास छ । भूगोलको नेपाल र भारतका सेनाका अधिकारी एक अर्काका सेनाका मानार्थ अधिकारी भएका प्रशस्त उदाहरण छन् । एक प्रकारले यो संसारभरिकै चलन हो भन्दा पनि हुन्छ । सेना जस्तो सम्बेदनशिल निकायमा यो सम्भव छ भन नजस्सतरको मानार्थ प्रतिनिधित्व कुनै ठूलो कुरा नहुनु पर्ने हो ।
यहाँ खाली एउटा अवधारणा मात्र प्रस्तुत गरेको हो, सै कुरा यही अनुरुप हुनु पर्छ भन्न खोजेको कदापी होइन ।
भूगोलको नेपालसँग भर्चुअल नेपाल विभिन्न प्रकारले जोडिएको हुन सक्छ । जस्तै कसैसँग भूगोलको नेपालको नागरिकता हुन सक्छ, कोही पहिला वा दोश्रो पुस्ता देखि मात्रै गैर नेपाली नागरिकता लिएको र अझै पनि नेपालमा आवत जावत, नेपालमा नजिकका आफन्त भएका हुन सक्छन् । कोही धेरै पुस्ता देखि नेपािली नागरिक भएर भर्चुअल नेपालमै सिमिति हुन सक्छन, अनि कोही भूगोलको नेपाली नागरिकसँग बिहे वारी आदि मार्फत् जोडेका हुन सक्छन् । यहाँ प्रस्तावित र त्यस्तै अरु कुनै प्रावधान तर्जुमा गर्दा यी सब कुराको पनि हेक्का राख्नु पर्ने हुन्छ होला । जस्तो पहिलो बर्गमा पर्नेले कतै पनि भोट दिन पाउँदैनन् (चुनावको बेला विभिन्न कारणले भूगोलको नेपाल जान नसकेर) ।
आफू बसेको देशमा विदेशी भएकोले उनीहरुले त्यहाँ भोट दिन पाउँदैनन् । उनीहरुको कतै प्रतिनिधित्व हुँदैन । खाडीका र अन्य मुलुकमा यस्ता धेरै नेपाली होलान । नेपालको पार्लियामेन्टमा उनीहरुको मनार्थ हैन, भूगोलको नेपालको जस्तै प्रतिनिधि हुनुपर्ने कुरा तर्क संगत देखिन्छ । रेमिट्यान्स पठाएर भूगोलको नेपालको अर्थतन्त्र धान्ने समूहलाई प्रतिनिधित्व विहिन बनाउनु प्रतिनिधित्व नभए, ट्याक्स (कर) पनि तिर्नु पर्दैन भन्ने आधुनिक एउटा भनाइलाई सम्झाउने खालको हुन जान्छ । दोश्रो बर्गमा पर्नेलाई सायद दोहोरो नागरिकता वा सो सरह त्यस्तै केही कुराको प्रावधान भए भूगोलको नेपालसँग उनीहरुको सम्बन्ध चिरकाल सम्म उस्तै रहिरहन मद्दत गर्ला । भर्चुअल नेपालमा रहेका बाँकी नेपालीको हकमा माथि भनिएको मानार्थ प्रतिनिधित्व वा त्यस्ता अरु केही प्रावधान र संयन्त्र विकास गर्न सकिन्छ । अन्त्यमा, भूगोलको नेपाल र भर्चुअल नेपालको बिचको सम्बन् विकास गर्न र त्यसलाई निरन्तरता दिन अनेकौ उपाय हुन सक्छन् ।
दुई इकाइहरुको सम्बन्धमा
प्रायः ठूलो र शक्तिशाली इकाइको व्यवहार सानो र कमजोर इकाई प्रति अन्जान मै भए पनि हेपाहा र अन्यायपूर्ण हुन सक्छ । क्यानडाका भूत पूर्व मन्त्री टुडोले अमेरिकाको छिमेकी हुनु हात्तीसँग सुत्नु जस्तै हो भन्दै हात्ती अन्जान मै यसो अलि कतिमा त्रैचट्पटायो भने पनि सँगै सुत्नेलाई हानी हुन सक्छ भन्ने खालको उद्गार व्यक्त गरेका थिए । भूगोलको नेपाल, भर्चुअल नेपाल भन्दा अनेकौं प्रकारले ठूलो र शक्तिशाली छ । त्यसैले भर्चुअल नेपालमा बस्ने नेपालीको आफ्नो उद्गम स्थलसँग जोडिइरहने प्राकृतिक उत्कण्ठाप्रति भूगोलको नेपालले निकै उदारता र समझदारी प्रदर्शन गर्न सक्नु पर्ने हुन्छ । एउटा सानो उदाहरणको लागि भर्चुअल नेपालको कुनै संस्था संगठन आदिको संचालन भर्चुअल नेपालमा बस्ने नेपालीकै मातहातमा हुनुपर्छ र भूगोलको नेपालमा बस्ने नेपालीहरु सल्लाहकार, मानार्थ सदस्य भएर त्यस्ता संस्थाको क्रियाकलापमा सहयोगीको भूमिका खेलेर महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।
सम्बन्धको विश्वव्यापीकरणको युगमा विगतमा कुनै सम्बन्धै नभएका देशहरु विचको दूरी खुम्चेर गाउँ गाउँको जस्सतो भएको बेला संसार भर छरिएर बसेका एउटा उद्गमस्थल भएका मान्छेहरु त झन नजिकिनु पर्ने हो । आशा छ आगामी दिनहरुमा यो छलफल अघि बढ्ने छ ।
(साभारः नेपाल अमेरिका पत्रकार संघ (नेजा) को प्रकाशन ‘प्रयास”अङ्क ९ मा प्रकाशित सामग्री ।)