राहदानी नवीकरणमा दुःख पाइरहेका छन् अमेरिकाका नेपालीले

संयुक्त राज्य अमेरिकामा सन् २०१७ को डिसेम्बर १८ देखि नेपाली पासपोर्ट नवीकरण गर्नपर्ने नेपालीहरुले वासिंङटन डीसीस्थित नेपाली राजदूताबासबाट दुःख पाइरहेका छन् ।
क्यानाडादेखि धेरै देशहरुमा परराष्ट्र मन्त्रालयले जारी गरेको फारममा आफ्नो सम्पूर्ण विवरण र कागजात सम्बन्धित देशमा रहेको राजदूताबासमा पठाउँदा राजदूताबासले नेपाल पठाएर सम्बन्धित व्यक्तिको राहदानी फिर्ताका लागि सम्बन्धित व्यक्तिले हुलाकको पहिले नै दस्तुर बुझाएपछि दूताबासले घरघरमा राहदानी पठाउने व्यवस्था छ ।

गत वर्षको डिसेम्बरदेखि वासिंङन डीसीस्थित नेपाली दूताबासले भने राहदानी नवीकरणका लागि सम्बन्धित व्यक्ति नै दूताबासमा आउनुपर्ने नियम लगाएपछि हवाईदेखि सियाटल उता कोलोराडोदेखि क्यालिफोर्निया लगायतका टाडा टाडा राज्यमा बसोबास गरिरहेका नेपाली विद्यार्थीहरु लगायत अन्य धेरै नेपालीहरुले आफ्नो राहदानी नवीकरणका लागि झन्झट बेहोरिरहेका छन् ।

राहदानी नवीकरण गर्न दूताबासमा नै आउनुपर्ने भएपछि धेरै नेपालीहरुका लागि यो नियम अव्यवहारिक हुँदै आएको छ ।
यसका बारेमा अमेरिमा रहेका सयौं नेपाली संघसंस्थाहरुमात्र हैन यहाँको गैर आवासीय नेपाली संगठनका अध्यक्ष डाक्टर केशव पौडेलले समेत नेपालीहरुले दुःख पाएको कुराको जानकारी नरहेको नेपाली पोष्टसँगको कुराकानीमा बताए । डाक्टर पौडेलका अनुसार पासपोर्ट नवीकरण गर्न कोही दूताबासमा नै आउन सक्छन् भने ठिकै छ तर दूताबास आउन नसक्नेका लागि पनि दूताबासले जारी गरेको फारम मुताबिक भरेर पठाउँदा पासपोर्ट नवीकरण गर्न पाउने व्यवस्था राजदूत अर्जुनकुमार कार्की (पीएचडी)सँग एनआरएनसँग कुरा भएको हो त्यस्तो हुन नपर्ने भन्दै आफू त्यसका बारेमा बुझ्ने बताए ।

यसैगरी वासिंङटन डीसीस्थित नेपाली राजदूताबासका प्रवक्ता जीवन श्रेष्ठ भने राहदानी नवीकरणका लागि परराष्ट्रको निर्देशिकाअनुसार सम्बन्धित व्यक्ति दूताबासमा नै आउनुपर्ने र दूताबासमा रहेको कम्प्युटरमार्फत् फारम भरेर पठाउने व्यवस्थाअनुरुप हामीले त्यो काम शुरु गरेका हौं भन्दै हवाई, सियाटल वा अन्य कुनै पनि राज्यबाट किन नहोस् राहदानी नवीकरण गर्नका लागि दूताबास आउनैपर्ने बताए ।

तर राजदूतका आफन्त वा दूताबासका माथिल्लो तहका कर्मचारीका नजिकका कोही चिनजानका मान्छे भए भने सम्बन्धित व्यक्ति दूताबास आउन नपर्ने फारम भरेर पठाए पनि हुने दूताबासले राहदानी नवीकरण गरेर पठाएको तथ्य पनि पाइएको छ ।
तर सर्वसाधारणका लागि भने टाडाटाडा राज्यबाट समेत डीसीमै आउनुपर्ने बाध्यता हुँदा धेरैले दुःख पाइरहेका छन् ।
यसै विषयमा तपाईंहरु विदेशमा रहेका आफ्ना नागरिकहरुलाई सर्वसुलभ तवरबाट सेवा दिने कि एउटा विद्यार्थी वा कुनै नेपाली नागरिकलाई दुःख दिन बस्नुभएको भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले यो परराष्ट्रको निर्देशिकाअनुरुप गरिएको बताउँदै पन्छिए भने राजदूत अर्जुन कार्की भने पटक पटक फोन सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्कका आउन चाहेनन् ।

यसै विषयमा उता क्यानाडास्थित अटवामा रहेको नेपाली राजदूताबासमा राजदूत कालिप्रसाद पोखरेलसँग सम्पर्क गर्दा पराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले पासपोर्ट नवीकरणका लागि दूताबासमा नै आएर डिजिटाइलेशनअन्तर्गत नवीकरण गर्ने प्रक्रिया शुरु गरेको हो तर त्यो सहित फारम भरेर पठाउँदा समेत नहुने भन्ने छैन हामीले अझै पनि पोको पारेर राहदानी विभागमा पठाउने गरेका छौं । क्यानाडाका कतिपय स्थानबाट हवाई यात्रा गरेर दूतबास आउनुपर्ने भएकाले नागरिकहरुलाई झन्झट नहोस् भनेर त्यो डिजिटाइलेशनमा नगएको जानकारी नेपाली पोष्टसँगको कुराकानीमा बताए ।

डिजिटाइलेशनअन्तर्गग गए भविष्यमा पुनः राहदानी नवीकरण गर्न सहज हुने भएकोले सकेसम्म मानिसहरु डिजिटाइलेशनका लागि दूताबासमा आउन् भन्ने मनसाय होला तर पासपोर्ट नवीकरणका लागि सम्बन्धित व्यक्ति नै दूताबासमा भने आउनु नपर्ने आफूले सहज बनाएको राजदूत पोखरेलको भनाइ छ ।

त्यसो त जग्गाजमीन मुद्दामामिला लगायतका कपितय कुराहरुमा भने वारिसनामाका लागिभने सम्बन्धित व्यक्ति नै राजदूतका अगाडि आएर हस्ताक्षर गर्नुपर्ने नियम भने सबै विदेशस्थित नेपाली राजदूतासमा एकै नियम रहेको छ ।

अमेरिकामा नेपालीहरुले राहदानी नवीकरणका लागि ज्यादै दुःख पाइरहेका छन् भन्ने विषयलाई लिएर नेपालस्थित परराष्ट्र सचिव शंकर बैरागीसँग सम्पर्क गर्दा उहाँले कुनै प्रतिक्रिया दिन चाहनुभएन ।

अमेरिकामा हवाईबाट वासिंङटन डीसीको यात्रा गर्दा १५ सय डलरदेखि २ हजार डलरसम्म खर्च पर्न जान्छ भने कपितय विरामी व्यक्ति, विद्यार्थीहरु त्यसैगरी राज्यपिच्छैबाट एउटा परिवार नै पुरै डीसीको उडान गर्नुपर्दा नेपालीहरुलाई सहज छैन ।

गैरआवासीय नेपाली संघसंस्थाहरु दोहोरो नागरिकताका ठूलाठूला कुरा गर्दै नेपालमा प्रधानमन्त्री र मन्त्रीहरु संसद लगायतका स्थानहरुमा प्रतिनिधिमण्डल पुगेको प्रचारप्रशार गर्छन् तर अमेरिमा रहेका नेपालीहरुलाई सहज तवरबाट राहदानी नवीकरणका लागि कसैले पहल नगरेकोमा कोलोराडोका बसन्त शर्मा रोष प्रकट गर्दछन् ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *