गीत : संध्या
|अरुणलाई सुस्तरी अँगाल्दै
संध्या निदाउन लागी
लाली सिँगारिएकी सागर
थाकी सुस्ताउन लागी
दिनभरी सँगै कुदने
लहर फुकाउन लागी
लुकामारी खेल्ने बादल
शुभ रात्री भन्न लागी
चंचल एक्लै मुस्काउँदै
फोटो खिचिरहेकी
खै कस्को सम्झनामा
त्यसै रमाइरहेकी
कसैको पर्खाइ पो हो की
चुलबुल गरिरहेकी
या मिलनको आशले पो
तिनी रत्ति नथाकेकी