देशघातक, भ्रष्टाचारी-बलात्कारीलाई मृत्युदण्डको प्रावधान हुनुपर्छ

 

“कंचनपुर (कास) भीमदत्त २ उल्टा खामकी निर्मला पन्तको वलात्कार पछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख सहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको वम परिवारको आंगनको अम्बाको रुख काटिएको र घर भित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।” “शव भेटिएको समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ । नत्र त्यो सुरुवाल धोएर किन निचो¥यो ? … प्रहरीले घटनास्थलको सुरक्षाको पनि खासै चासो दिएन । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।”
१५ भाद्र २०७५ कान्तिपुर

… तत्कालीन एस.पी. (जो हाल निलम्बित छन्) डिल्लीराज विष्टले उनलाई धम्की दिए, “निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस भने बच्छेस्, हैन भने तेरो भविष्य वर्वाद गरिदिन्छु ।”
नयाँ पत्रिका, १३ भाद्र २०७५

“रातभरि गाउँलेले निर्मलालाई खोजे । साउन ११ गते बिहान करिब ९ बजे निम्बु खोला छेउ उखुवारीमा साइकल भेटिएको खबर आयो । खबर सुन्नासाथ बबिताले भनिन्, ‘साइकल भेटियो भने सव पनि त्यतै होला ।’ दुर्गादेवीको प्रश्न छ । हामी छोरीको जीवनको आसले खोजिरहेको बेला शव भइसकी भनेर उसलाई कसरी थाहा भयो ? उसकै घरबाट निर्मला हरााएको छ, यस्तोमा प्रहरीले उनीहरु माथि भने कुनै छानविन किन गरेन ?”
माधवी वञ्जाडे
नयाँ पत्रिका, शुक्रवार, १५ भाद्र २०७५

प्रहरीको गैरजिम्मेवारी

यतिका समय वितिसक्दा पनि निर्मला पन्तको बलात्कारी हत्याराका पहिचान अझै नहुनु, हत्या, वलात्कार प्रकरणलाई निमिट्यान्न पार्नका लागि तत्कालीन प्रहरी प्रमुख नै लागि परेको कुरा स्थानीयले आशंका गरेका छन् । घटनाहरु त्यसैतर्फ परिलक्षित भएका छन् । प्रहरी नै हत्या प्रकरणका प्रमाणहरु मेटाउन उद्दत भएका कुरा सार्वजनिक भएका छन् । निर्मलाको लुगालाई धुनु, प्रहरीहरुको ती शंकास्पदप्रति किन सोधखोज गरिएको छैन ? प्रहरी प्रमुख अन्य–अन्य तीर फेर समातेर हिडिरहेका छन् । हत्याको प्रमाणहरु एकपछि नष्ट गर्दै त्यस्तै तर्फ आफूलाई परिलक्षित गरिनुका अगाडि प्रहरी प्रमुखको नियत माथि नै शंका उपशंका थपिएका छन् ।

प्रहरीले सर्वप्रथम तत्कालीन एस.पी. डिल्लीराज विष्टका व्यवहारहरु नै एउटा जिम्मेवार प्रहरीको उत्तरदायीत्वबाट विहिन त्यता त्यतैतिर उनका व्यवहारहरु संसङ्कित छन् । उनी कुनै स्वार्थ तथा आफ्नो पदीयका तर्फबाट त्यसको लाभको खेतीमा संलग्न भएको कुरा तर्फ पनि ईंगित गरेको छ ।

प्रहरी प्रमुख डिल्लीराज विष्ट घटनामा भएका प्रमाणहरु एक पछि अर्को गर्दै नष्ट गर्न किन उद्यत छन् । घटनामा पाइएका प्रमाणहरु नष्ट गर्न आफ्ना सहायकहरुलाई मेट्नुका लागि किन आदेश दिन्छन् ? निर्मलाको सुरुवाललाई धोइ पखाली गर्नु, सुरुवालमा भएका प्रमाणलाई नष्ट गर्नु भन्ने कुराको प्रमाण भिडियोबाट ती घटना प्रति परिलक्षित गरिएर छायाङ्कन गरिएको भिडियोबाट पनि प्रष्ट हुन्छ । यस किसिमबाट प्रहरी प्रमुख डिल्लीराज विष्टद्वारा प्रमाण नष्ट गर्नका लागि गरिएका कार्यको लागि जिम्मेवारी ठह¥याउनु पर्छ । त्यसका लागि उनीप्रति सघन रुपमा हत्याकाण्डलाई सहयोग पु¥याउनका लागि पदको दुरुपयोग गरेको स्पष्टता प्रति पनि कारवाहीको सिलसिला अघि बढाउनु सङ्केत गर्छ ।

प्रधानमन्त्रीको सम्वेदनहीन जवाफ

“वदिर्याका काँग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्रीलाई सोधेका थिए – कञ्चनपुरमा भएको दर्दनाक घटनाको सम्झनाले प्रधानमन्त्रीलाई कुनै लज्जाबोध भएको छैन ? प्रधानमन्त्रीले जे जवाफ दिए – घटनाप्रति अलिकता पनि सम्वेदनशील भएको देखिदैन । उनी विवेकीको भाषा पनि हराएको प्रतित हुन्छ “प्रधानमन्त्रीलाई प्रश्न सोध्ने साथी देखेर मलाई लज्जाबोध भएको छ ।”

राष्ट्रियता प्रति ओलीको सकारात्मक सोच र उनको अठोटका कारण आम जनताद्वारा उनीप्रतिको समर्पण भोट यी शब्दले हामी नेपालीलाई लज्जाबोध भएको छ । एउटा नाबालिक १३ वर्षे बच्चीको निर्मतापूर्वक वलात्कार भएर १ महिना वितिसक्दा पनि हत्यारा बलात्कारीहरु छाति तन्काएर प्रहरीको संरक्षणमा निर्धक्क डुलिरहेको छ । निर्दोष कलेज पढ्ने छात्राहरु माथि पीडाका पहाड वर्षा गरिरहेको छ । ओली सरकारका कामकाजी उच्च पदस्थ कर्मचारीहरु । दोस्रो खेपमा आएको टोली पनि यतै कतै रुमल्लिरहेको छ । पागल तथा मन्दबुद्धिलाई काठमाण्डौं ल गेर वलात्कारी हत्यारालाई जोगाउने किसिमको तारतम्य मिलाइ रहेको छ । सम्पूर्ण प्रशासन र प्रहरीको संयोजन त्यतैतिर लागि परेर एउटा निर्दोष युवालाई फसाउने र वलात्कारी हत्याराको बचाउ गर्छ । प्राप्त भएका सबुतहरुलाई मेटाउने तथा त्यसको कार्य नलाग्ने किसिमबाट संयोजन गरि रहेको छ । प्रधानमन्त्रीको गरिमामय स्थानमा पुगेर जे जस्तो किसिमका अभिव्यक्ति दिएका छन् । ओलीका यी अभिव्यक्तिले कंचनपुरका साथै देशभरिका स्वाधीनता मनपराउने प्रति कठोर व्यङ्ग्य गरेका छन् भनेर किन नभन्ने ?

देशभक्त जनताको कदर खोई ?

प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रियताका सम्वेदनशील सवालमा तत्कालीन नेकपा एमाले ढिको भएर लागि रह्यो । भारतीय सरकार प्रधानमन्त्रीद्वारा गरिएको कठोर नाकावन्दी जो युद्ध भन्दा डरलाग्दो स्थितिको जायजा तत्कालीन अमेरीकी राष्ट्रपति बाराक ओबामाले गरेका थिए । संयुक्त राष्ट्रसंघको सभामा नेपालका तर्फबाट गएको प्रतिनिधि मण्डलका तर्फबाट नकावन्दी नगरेको उल्टै भारतीय शासनका तर्फबाट गरिएको सहयोगको फूलबुट्टा भरेर फर्किएका थिए । तत्कालीन नेपाल सरकारको निर्लर्जताको परकाष्टाले नेपाली जनताको शिर नै झुकाइएको थियो । देशभक्त नेपाली जनतालाई त्यसबेला लज्जाबोधको अनुभूति गराइएको थियो ।

ओली सरकार यसबेला बलात्कारी हत्यारालाई कारवाही गर्न लुगलुगााएको छ । कञ्चनपुरमा बलात्कार गरेर हत्या गरिएकी अबोध बालिका निर्मलाको बलात्कारी हत्यारालाई जोगाउनका लागि तत्कालीन एस.पी. विष्ट लगायत, तत्कालीन सिडिओ करिबन १५ थान जत्थाको नोकरीबाट वरखास्त गरेर, हिरासतमा राखेर कारवाही अगाडि नबढाएसम्म सरकारको छवि माथि नै कलंकको छाप लाग्ने निश्चित भएको छ ।

छिमेकी मुलुक चीनमा बलात्कारीलाई सिधै फासी दिने चलन त्यहाँ छ । चीन पनि संयुक्त राष्ट्रसंघकै सदस्य हो । संयुक्त राष्ट्रसंघ मै चीनको भूमिका दमदार छ । चीनमा १० लाख जति कर्मचारीहरुलाई पद प्रति लापरबाही तथा गैर जिम्मेवारलाई पदबाट निष्कासन गरेको छ । भ्रष्टाचारका आरोपीहरुलाई मृत्युदण्ड पस्केको छ । त्यति मात्र होइन ती भ्रष्टाचारीहरुको परिवारबाट गोलीको खर्च उनीहरुलाई भराएको छ ।

यस मुलुकमा ओलीको यो शासन व्यवस्थामा बौद्धिक चोरीमा दुर्नाम कमाएकाहरु वलात्कारीलाई जोगाउने समेतलाई राष्ट्रपतिद्वारा ती अपराधीलाई पुलपुलाएर, राष्ट्रलाई नै गलत परिपाटीको सन्देश दिनका लागि दुर्नाम व्यक्तिहरुलाई पुरस्कृत गरिनुका पछाडी ती अपराधीको सञ्जाल के कस्तो रुपमा छ बुझिनसक्नु भएको छ ।

यो मुलुकलाई निश्चय नै सतीले सरापेको मूल्याङ्कन बाट नउम्किने भएको छ । ती आसयबाट बाहिर निस्कने आम जनताप्रति न्याय दिलाउने परिपाटीमा त्यसको व्यवस्थापनमा नलाग्ने भ्रष्टाचारीको सञ्जालको छायाले मुलुकलाई अठ्याई राख्ने भएको छ । भ्रष्टाचारी, बलात्कारीहरुको स्वर्गीय भूमिको रुपमा यसले मान्यता पाउँदै लगेको छ ।

न्याय व्यवस्थापनको उछित्तो भएको छ

नेपाली काँग्रेस र तत्कालीन माओवादीका प्रचण्डद्वारा न्यायको चीरहरण गरेर तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्की माथि थोपरेको महाभियोगको पृष्ठभूमि प्रति पनि त्यति नै चिन्तन गर्नु पर्ने भएको छ । नेकपा माओवादीको पृष्ठभूमि आम नेपाली जनताको स्वतन्त्रता तथा तिनीहरुले पाउने स्वतन्त्रता प्रति सजग कहिले भएन । वास्तवमा नेकपा माओवादीको जन्म भारत शासन व्यवस्थाको संयोजनमा तत्कालीन नेपालको राज्य सत्तालाई (राजतन्त्रलाई) धूलीसात बनाउनका लागि तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग भारतीय जनता र भारतीय सरकारको विरोध गर्दैनौं । भारतीय ‘र’ सँग तालमेल मिलााएर डा. बाबुराम भट्टराई र प्रचण्डको संयुक्त निवेदन चढाएका थिए, नेकपा माओवादी पार्टीको नाम दिएर भारतीय शासन सत्ताको साझेदारीमा भारतीय मिल्टी मिशनको निर्देशन तथा सुरक्षाको घेरामा नेकपा माओवादीको जन्म भएको थियो । नेकपा माओवादीको पुर्नगठन नै भारतीय ‘र’ को निर्देशन र अगुवाई मानै गठन भएको कुरा क्रमशः खुल्ला हुँदैछन् । खुदै ‘र’ का भूतपूर्व अफिसरले त्यसलाई खुलासा गर्दैछन् ।

नेकपा माओवादी देश र जनताप्रति जिम्मेवार हिजो थिएन । १८ हजार भन्दा बढी नेपालीको ज्यान हरणको पछाडि र नेपालबाट राजतन्त्र विदाइको लागि भूमिका माओवादी पार्टी (र द्वारा निर्माण र संरक्षण सम्बद्र्धन) द्वारा गर्न लगााइएको थियो । संसारको इतिहासमा माओवादी पार्टीले जसरी देशप्रति घात गर्दै खुनको होली बगायो यस किसिमको क्रम सायद दक्षिण एशिया नेपालमा भारतीय ‘र’ को प्रयोग थलोको रुपमा प्रयोग गरियो । विकसित गरियो ।

प्रचण्डको स्वार्थका लिप्सा तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीमा जग जाहेर भैसकेको अवस्था अर्को तीर लोकमान कार्कीको १० करोड र चाँदीको करुवाको अस्वीकृतले प्रचण्डको मुटु हल्लिएको थियो । यी सबैको छिद्रताको सेरोफेरोमा आफ्नो स्वार्थ उजागर हुने भयले रातारात प्रचण्डले शेरबहादुर देउवालाई विवस बनाएको कारण नै ‘महाभियोग’ ग्राण्ड डिजााइनको निर्माण भयो । त्यसबेला अहिलेका प्रधानमन्त्रीको कारणबाट नै प्रधानन्यायाधीश माथि लगााइएको महाभियोग फिर्ता लिन विवश हुनुप¥यो ।

देश यसबेला बन्धक भएको छ

देश यसबेला छिमेकी भारतका भारतीय हिटलर नरेन्द्र मोदीको गिरफ्तमा कसिदै गरेको आभाष हुन थालेको छ । राजा वीरेन्द्रको राष्ट्रिय सोध, राष्ट्रियता सम्बर्भनमा ‘नेपाल’ आफ्नो मौलिकता सार्कको कार्यालय नेपालमा अवस्थित गराएका थिए । नेपालको राष्ट्रिय पहिचानलाई विश्वका छरिएका मुलुकहरुमा समेत बुद्धको शान्ति सन्देशलाई छर्नमा मद्दत गरेका थिए । नेपाली जनताको शान्ति प्रबर्धनमा यसको महत्वलाई उजागर गरेका थिए । विश्वको राजनैतिक मंच संयुक्त राष्ट्रसंघदेखि असलग्न शिखर सम्मेलनमा नेपालको स्थिति वजनदारको रुपमा रहेको थियो । राष्ट्रिय स्वाभिमानलाई एक इन्च पनि झुक्न दिइएको थिएन ।

भारतीय हिटलर नरेन्द्र मोदीलाई यस मुलुकको स्वतन्त्रता, अक्षुणता बुद्धको भूमि यी सबै उसलाई अपच भएको छ । उसको सपना जपना नै नेपालमा अस्थिरतालाई निरन्तरता दिनु नै हो । मोदी कति हठी र चकचके छ भने उ चोर बाटो भएर हिड्छ । जनकपुरमा उनको आगमनलाई लिन सकिन्छ । ट्रम्पको सुरक्षा गोरखाली फौजले लिएको अवस्थामा मोदी भने आफ्नै सेनाको तामझाममा नेपाल आउदा देख्न सकिन्छ यसरी नेपालको सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा होइन आफ्नो दासको रुपमा हेपाइतीको रुपमा प्रयोग गर्छन् र होच्याइने कार्यलाई जनकपुरदेखि काठमाण्डौंसम्म त्यसलाई निरन्तरता दिइरहेका छन् ।

भारतले यसपाली विमस्टेक सम्मेलनमा चीनको पर्यवेक्षकता नरहेको पाकिस्तानलाई अफगानिस्तानलाई अनदेखा गरेको स्पष्ट भएको छ । हाम्रो उत्तरमा रहेको चीनप्रति शंका उपशंका गरिने कार्यको शुरुवात भएको छ । एउटा भरपर्दो विश्वासिलो मित्रलाई किन अपेक्षा गरिरहेका छौं । भारतीय शासन सत्ता नेपाल चीनसँग टाढा रहोस् भन्ने आकांक्षाको हामीले यसपाली विस्टेक सम्मेलनमा देख्यौं । भारतीय स्वार्थ सञ्जालको मनोकामना परिपूर्तिका लागि हामी प्रयोग भएका छौं । भारतीय शासन सत्ता हामीलाई दिनदिनै शिथिल र कमजोरी बनाउदै छ । हामी उसै माथि आश्रित हुँदै गइरहेका छौं ।

मुलुक अस्थिरतातर्फ उन्मुखलााई रोक्नुपर्छ

मुलुकभित्र भ्रष्टाचार र वलत्कार पछि हत्याका दृश्यहरु देशभरि मौलाउँदै गएका छन् । पप्पु कन्स्ट्रक्सन कम्पनीद्वारा गरिएका भ्रष्टाचार र त्यसमाथि ओथारा बस्नेहरुले मुलुकलाई झन्–झन् आर्थिक रसातलमा पु¥याई रहेका छन् । राजनैतिक शक्तिको आडमा ठेक्काका कारण पुल भत्किएको कारण ५ जना भन्दा बढी ज्यान गएको छ । त्यसको जिम्मेवार घटिया पुलको निर्माणका लागि त्यस कम्पनीलाई कारवाही गर्न सम्बन्धित विभाग किन अलमल गरिरहेको छ । संसदमा आफ्नो उपस्थिति र प्रभावका मारमा शक्तिको दुरुपयोग र नागरिकको जीवन माथि खेलवाड गर्नेलााई कानुनी दायरामा ल्याउन किन ढिलाई ?

छिमेकी चीनका भ्रष्टाचारी र वलात्कारीलाई मृत्युदउड दिने प्रावधान छ । देश विकासका अवरोधकारी तथा नैतिक हराम भएकाहरु देशका दुश्मनहरु छन् । यिनीहरुलाई कुनै बाँच्ने अधिकार छैन । राष्ट्रप्रति जोकोही जिम्मेवार हुनुपर्छ । नैतिक र आचरण प्रति आफू बफादार हुनुपर्छ । देशलाई समृद्ध बनाउनका लागि समाजमा विकृति तथा भ्रष्टाचारीलाई खतम गर्नका लागि चीनमा लागु गरिएका ती व्यवहारहरुलाई हाम्रो मुलुकमा पनि पुनरावृत गरिनुपर्छ ।

छिमेक भारतमा समेत बलात्कारीलाई फाँसी दिने सजाय अङ्गीकार भएको छ । छिमेक कै सिको गर्ने हामीले पनि त्यस किसिमका वलात्कारी हत्याराहरुलाई त्यस किसिमको व्यवस्था यहाँ पुनरावृत गरिनुपर्छ ।

ओली सरकारले के पनि बुझ्नु प¥यो भने यो मुलकु नेपालीहरुको साझा फूलवारी हो । ओली सरकारको निर्माणमा देशभक्त नेपालीहरुद्वारा असिमित माया गरेर तिमीलाई यहाँसम्म ल्याएको हो । त्यसको कारण नाकावन्दीको समयमा तिमीले देखाएको राष्ट्रियता नै हो । नाकावन्दीमा तिमी अडिग रह्यो । ती अडिगता अझै हामी हेर्न चाहन्छौं । विमस्टेकलाई गला मिलाएर सार्कलाई परिदृश्यमा पार्ने कार्यमा तिम्रो सहभागिता, भारतीय शासन सत्ताको पछौटे रुपमा जसरी तिमी प्रस्तुत भएका छौं । यसलाई तिमीले सच्याउने छौं । हाम्रो जातीको उत्थान र सम्पूर्ण नेपालीको एकतालाई अझ सुदृढ बनाउन, राष्ट्रलाई एक ढिको बनाउन तिम्रा प्रयासहरु त्यतातिर परिलक्षित हुनेछन् । मुलुकभित्र न्याय प्रणालीलाई युद्धस्तरका चुस्त दुरुस्त बनाउन सहयोगको भूमिका हुनुपर्छ । निर्मलाले न्याय पाउन यतिका ढिलाइ गरिनु हुन्न । जे जस्तो बलियो भए पनि कठघरामा ल्याउन ढिलाई नगरियोस् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *