धिक्कार चित्कार !
|के मैले पाप गरेछु
छोरीको रुपमा जन्मेर
आमा नि’ रुँदै धिक्कार्छिन्
कहिले जाली यो अन्मेर ?
मेरो शरीर भो अरुको खेलौना
खुलेर हिंड्न भयो त्रास
लाछी भो हाम्रो सरकार
न्याय पाऊने नि’ गयो आश |
कि मलाई देऊ सुरक्षा
कि जिऊँदै नदीमा फालिदेऊ
बिन्ती छ बलात्कारीलाई
पक्रँदै अग्नीमा फालि देऊ |
अब जन्मिने चेलीले
बिन्ती यो खप्नु नपरोस
छोरी नजन्मिऊन् भनेर
देऊतालाई जप्नु नपरोस |
जोडतोडले जगाऊँ चेतना
जरैले हटोस यो कु-कर्म अब
समाजबाट निर्मुल होस्
यो अत्याचार र अधर्म |
लेखको स्पष्टीकरण:- नेपालमा हाल भइरहेका बलात्कार,अत्याचार बिरोधी अभियानको समर्थनमा |