तिमी

छुन-छुन खोज्छु तिम्लाई
भेट्नै गाह्रो रैछ
तिम्रो मन त ढुंगाभन्दा
पनि साह्रो रैछ ।
दिन रात छेउमै कतै आफैंसँग तिमी
छुँकी-छुँकी भन्दा भन्दै हराउँछौ तिमी ।

रात धेरै बितिसके, जिन्दगी नै बित्यो
धेरै पानी बगिसक्यो खोलै सुकिसक्यो
सधैं उस्तै, सधैं साह्रो, सधैं चाम्रो तिमी
छुँकी-छुँकी भन्दा-भन्दै बिलाउँछौ तिमी

एकै नजर यतातिर हेर्या भए हुन्थ्यो
सुम्सुम्याउँदै शीरमा हात फेर्या भए हुन्थ्यो
जान्थ्यो के पो तिम्रो तर सधैं उस्तै तिमी
छुँकी-छुँकी भन्दा-भन्दै अस्ताउँछौ तिमी ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *