रित्तो बोतल र शून्य जीन्दगी


रित्तिएको एउटा बोतल
ठीन्ग्रिंग चिसो कुनामा
एक्लै अर्थहीन बनेर
मुक्तिको पर्खाइमा छ
कवाडीहरु आउदै होलान
मलामी बनेर
कति महँगो थियो त्यो बोतल भर्खरसम्म
जो कोहिले हात लगाउन सोच्दैन थे
केहि विस्मृत अट्टहाससंगै
जब रित्तो बोतल
अलिकति कतै खुशी बाँडेर
थोरै थोरै पीडा साटेर
अपरिचित हरुको व्यथा भुलाएर
भर्खर उ रित्तियो
लुछाचुडी गर्दै थिए भर्खरसम्म
थोपा थोपाको हिसाब गर्दै थिए
भरि हुँदा उसको मूल्य
वाह वाह बोक्नेको गर्ब थियो
यो महँगो बोतल
तर अब उ निथ्रियो
उसको अस्तित्व सक्कियो
अर्थहीन मुल्यहीन भैसक्यो
र फ्याकियो चिसो कुनामा ब्यङ्ग बनेर
कवाडीको लास बनेर
एउटा रित्तिएको बोतल
फ्याकिदिए
हे हे धेत्त !अब त् यहि बोतल बोक्न
लाज हुने रे हेहेहे उपयोगिता
बग्दै गर्छन जीवनका
रगत पसिना
जब रित्तिदै जान्छ
अर्कोको स्वार्थ पुरा हुँदै जान्छ
यहाँ सबै पराइ हुन्छन
अरुको त् के कुरो
नाडीको हड्डी र छालाले समेत
सम्बन्ध बिच्छेद गर्छन
समयको भेलमा स्वार्थको खेलमा
रित्तिएको बोतल झैँ
यो चोला कवाडी
मलामीको पर्खाइमा

Add a Comment

Your email address will not be published. Required fields are marked *