छाउगोठ

“मन्दोदरी !
तिमी
मलाई
एकभारी खर
पैंचो दिन सक्छ्यौ ?

म टाँकीको रूखमुनि
एउटा ‘छाउगोठ’ बनाउँदैछु
यमुनालाई राख्न।

हेर्न मन छ यसपाली
‘छाउगोठ’ बसेकी यमुनासँग
यमराजले
टीका लागाउँछन् कि लगाउँदैनन् !?

यमुना नै ‘छाउगोठ’ गएपछि
पुजारीले
मन्दिरमा पूजा गर्छन कि गर्दैनन् !?

देवीलाई
नखुवाई नखाने ‘पुरेत’हरू
तिहारभरि
भोकै बस्छन कि बस्दैनन् !!”

One Comment

Leave a Reply to shrawan Cancel reply

Your email address will not be published. Required fields are marked *