गजल
|
अबत जिन्दगी अतालियो
अधिक तापले निसासियो
हुरहुरी बले प्रकल्पना
रहर बीचमै उजाडियो
हर उपासना भए वृथा
किन रिझेन दैव टाढियो
विरहले लुट्यो सबै खुसी
मलिन चेहरा उदाङ्गियो
भर र आड ती लडे सब
सबल थाम आज भाँच्चियो
दिनदिनै डसे प्रघातले
मन दुरुस्त छैन च्यातियो
दिन छँदै लुके प्रभाकर
नभ पयोधिबाट ढाकियो
नियति रत्तियो विनाशमा
सकसमा सधैँ बटारियो
lll SIS ISI S
छन्द:– मनोरमा
विश्राम:– ६ अक्षर