मुलुकलाई युद्धस्तरमा असफलतातिर धकेलिदैछ
|नेपालको सिंहदरवार बन्दा अमेरिका पनि बनेको थिएन । तर यी भारतका पुच्छरे नेताले देश टाट पल्टाए, खोलामा पुल छैनन्, चाइनाले बनाइ दिएका कलकारखाना बेची खाए । जनतालाई कंगाल बनाएर राजनीति जनताको नाममा गर्छन् । खालीखुट्टा काठमाडौं छिर्छन् र काठमाडौंमा महल ठड्याउँछन् । – प्रा.डा. युवराज संग्रौला
पञ्चायत अघिको मुलुक र आजको नेपाल
पञ्चायत मुलुकमा थियो । निर्दलीय पञ्चायती व्यवस्थाले मुलुक नै कब्जा गरेको थियो । पञ्चायतको विरोध गर्नेलाई विभिन्न किसिमका सजायले परितोषिक गरिन्थ्यो । पञ्चायत व्यवस्थाताका मुलुक आर्थिक समृद्धिको उच्चताप तर्फ बढी रहेको थियो । राष्ट्रलाई अग्रगति दिने दिशामा मुलुक आत्मनिर्भर बन्दै गरेको अवस्था थियो । विराटनगर जुट मिल्स, मोरङ सुगर मिल्स, वीरगंज चिनी कारखाना, वीरगंज कृषि औजार कारखाना, वाँसवारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, रघुपति जुट मिल्स, भृकुटी कागज कारखाना आदि–आदि यी सबै कारखाना द्रुतगतिमा आर्थिक स्थितिको सुदृढीकरणका लागि अहम् भूमिका निर्वाह गरेको कुरामा कसैलााई शंका थिएन । यी आर्थिक समृद्धिका उद्योगहरु प्रगतिको पथमा उकालो लागि रहेका थिए ।
सत्तारोहण गरेका नेपाली काँग्रेसलाई मुलुक आत्मनिर्भर हुनुभन्दा तत्कालीन मन्त्री तथा अन्य संयोगको स्वार्थमा ती नाफामा चलेका कलकारखानालाई निजीकरण तर्फ उन्मुख नगरिकन भएन । ती कलकारखानालाई निस्तेज बनाउने डिजाइन दक्षिणी छिमेकी कै थियो । चीनद्वारा प्रदत्त सौजन्य फैक्ट्रीहरुलाई दक्षिणले फुटेको आँखाले पनि नदेख्ने बनाइ दियो । ती सबै कौडीको मूल्यमा विक्रि गरेर, दक्षिणी मालिकबाट स्यावासी खाएका थिए । ती स्यावासीमा तिनीहरुको भविष्य सुरक्षितको ग्यारेन्टी थियो । यसरी भण्डार खनेर आँगन पुर्ने तर्फ नेपाली काँग्रेसद्वारा टीका लगाइएका ती जिम्मेवार व्यक्तिले यस किसिमको आँफैले खुट्टा माथि वन्चरो प्रहार गरेका थिए ।
के नेपाली काँग्रेस, के नेपाली कम्युनिष्ट, के पञ्च सबै जात धर्म यो मुलुकको अस्तित्व रक्षार्थका लागि हामी सबै एकै ठाउँमा उभिनु पर्छ । यो मुलुकको स्वतन्त्रता अक्षुण राख्न हामी सबैले हातेमालो गर्नुपर्छ । यो अनिवार्य शर्त हो । यसमा कसैले छलछाम गरेको खण्डमा आफ्नै सन्तानले सराप्ने कुराको पनि हेक्का हुनुपर्छ ।
महेन्द्रको कारण राष्ट्रसंघको सदस्यता
राजा महेन्द्र देशभक्त राजा थिए । पञ्चायती व्यवस्थाका कारण उनी आलोचित हुनु अर्कौ पाटो हो । पञ्चायती व्यवस्था निरंकुश व्यवस्था थियो । त्यति हुँदाहुँदै पनि मुलुकको अस्तित्व सुराक्षार्थका लागि उनले राष्ट्रका लागि गरेका कार्य प्रशंसनीय छ । उनको देशभक्तिकै परिणाम मुलुक आज राष्ट्रिय रंगमन्चमा जसरी खडा भएको छ । प्रत्येक नेपालीले आफूलाई गर्व गर्दै राष्ट्र नेपालको शिर उचो राख्ने कार्यको निर्माणमा राजा महेन्द्रलाई सम्झिनै पर्छ । विशेषतः देशभक्ति कार्यमा उनले गरेका योगदान भविष्यसम्म चिरकाल भएर रहनेछन् ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली काँग्रेसको पृष्ठभूमि तथा भारतीय शासकका जवाहरलाल नेहरुसँगको उनको उठबस चल्थो । विश्वेश्वरका लागि जवाहरलाल नेहरुको आवास क्षेत्र सजिलै प्रवेशको क्षण बनेको थियो । नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यताको लागि राजा महेन्द्रद्वारा अपिल गरियो । जवाहरलाल नेहरुको इशाराका कारण नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिनु हुन्न भन्ने आसयको तार पठाएका थिए । विशेषत चीन, युगोस्लावका मार्सल टीटो, आदिका दवावका कारण नेपाल संयुक्त राष्ट्रसंघमा सदस्य भयो । नेपाल एउटा स्वतन्त्रता सार्वभौम राष्ट्रमा दरिन पुग्यो । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा चीनका प्रधानमन्त्री चाउएनलाईको शक्तिशाली उद्घोषले चीनप्रतिको विश्वको ध्यान आकृष्ट गर्न अहम् भूमिका खेलेको कुरालाई नकार्न सकिन्न ।
विश्वेश्वरप्रसाद कोइरालाले संयुक्त राष्ट्रसंघलाई नेपाललाई प्रवेश गराउनु हुन्न भन्ने जस्तो घृणित भूमिका खेले त्यसका लागि उनलाई हिनताबोध भएको हुनुपर्छ । विश्वेश्वरप्रसाद सानो देशका ठूला नेता थिए । विश्वका विभिन्न अन्तर्राष्ट्रिय रंगमंचमा उनको जोडदारसँग नेपालले खेलेको भूमिकाको चर्चा परिचर्चाले अन्तर्राष्ट्रिय जगत्मा उनको ख्याति दिनदुना रात चौगुणाको रुपमा उकालो लाग्दै गएको थियो ।
नेहरुकोभन्दा विश्वेश्वरप्रसादको उचाइ माथि
भारत र चीन बीचको युद्धको घोषणा आदिका कारण भारत आफ्नै आन्तरिक मामलामा लिप्त हुनुपर्यो । आफ्नो लाज सम्हाल्न तिर लागेर नै होला नेपालप्रति उसका हस्तक्षेपमा रणनीतिहरु निस्कृय हुँदै गएका होलान् । राजा महेन्द्रले भारतीय शासन व्यवस्था आफ्नो लाज सम्हाल्दै गरेका परिवेशमा राजा महेन्द्रले राष्ट्रको अस्तित्व सुरक्षार्थका साथै यसको निरन्तरताको लागि २०१७ साल पौष १ गते मुलुकमा पञ्चायती व्यवस्थाको सुरुवातको सूत्रपात गरे । नेपालमाथि पार्टीहरुप्रति वन्देजको घोषणा गरेका थिए । विश्वेश्वरप्रसाद कोइरालालाई गिरफ्तार गरेर सुन्दरीजल राखेका थिए ।
तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु विश्वेश्वरप्रसाद कोइरालाका अगाडि तथा उनको ख्याति उचाइमा पुग्ने किसिमको भन्दा धेरै पुड्का हुँदै गइरहेका थिए । नेहरु मात्र होइन,विश्वेश्वरको उचाई कुनै अन्तर्राष्ट्रिय सम्मेलनहरुमा यस किसिमको जोडदार प्रदर्शन, जोडदारसँग राष्ट्रले विश्व शान्तिका लागि खेलेको भूमिका आदिका विषयमा त्यति राम्रोसँग प्रष्टता विश्व रंगमंचका अने राजनैतिक व्यक्तित्वहरुसमेत उनको अगाडि ‘पुड्को’ भएको महसुस गर्थे ।
राजा महेन्द्रद्वारा विश्वेश्वरप्रसाद कोइरालालाई गिरफ्तार गरेर सुन्दरीजल जेलमा पुर्याउँदासमेत तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुद्वारा त्यस्तो कुनै किसिमको चर्को विरोध भएको थिएन । नेपालको आन्तरिक मामिलाप्रति त्यस्तो गहन चाख नदेखाइएको तथा त्यस्तो किसिमको बुझाइ रहेको पाइएको थियो ।
राजा महेन्द्रको आत्महत्या !
राजा महेन्द्रमा देशभक्ति कुट–कुटले भरिएको थियो । राणा शासनद्वारा थिलथिलो बनाइएको राष्ट्रियतालाई ठीक ठाउँमा ल्याउन तथा एउटा सवल राष्ट्र बनाउनका लागि उनले गरेका प्रयास स्तुत्य नै छ । बडामहाराजा पृथ्वीनारायण शाहले टुक्रा–टुक्रामा विभाजित भएको मुलुकलाई एकीकरण गर्नमा खेलेको भूमिका प्रति देशभक्त नेपालीले गौरव गर्नुपर्छ । त्यसका साथै राजा महेन्द्रले राष्ट्र बचाउन राष्ट्रलाई संरक्षित दीर्घकालसम्म यसलाई निरन्तर दिन उनले खेलेको भूमिका अतुलनीय छ । पञ्चायती व्यवस्थालाई टिकाउनका लागि पञ्चायती व्यवस्थाको प्रार्दुभावको अङ्गीकार गर्न, उनका तानाशाही प्रवृत्ति आदि प्रसङ्गलाई कुनैबेला चर्चा गरौंला तर यस लेखमा राष्ट्रलाई गरेको योगदान ती पञ्चायती व्यवस्थाको ३० वर्षे शासनलाई विर्साइ दिन्छ ।
राजा महेन्द्रको मृत्यु स्वाभाविक होइन । राजा महेन्द्रको मृत्यु आत्महत्याद्वारा भएको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा पाकिस्तानलाई टुक्रयाएर बङ्गलादेशको अभ्युदय गराइएको थियो । बङ्गलादेशलाई पहिलो मान्यता नेपालले देओस भन्ने चाहना थियो भारतको । भारतीय शासन सत्तासङ्ग जुझ्दै आएका महेन्द्रले भारतीय शासन सत्ताको अगाडि झुक्न चाहेनन् । दक्षिण एशियामा इन्दिरा गान्धीद्वारा छिमेकी मुलुकहरुलाई विभिन्न किसिमका धम्की र षड्यन्त्रहरूका कारण आफ्नो अस्तित्व रक्षाको लागि विवश हुनु परेको अवस्था थियो । इन्दिरा गान्धीको त्यो दवाव खप्न नसकेर नारायणघाटमा रहेको राजकीय दरवारमा आत्महत्या गरेको रहस्य खुलेको थियो । एउटा देशभक्त जनताप्रतिको दायित्वको निर्वाह गर्दै एउटा कमजोर मुलुकलाई शक्तिशाली मुलुकमा परिवर्तन गर्नमा महेन्द्रको महान् देनलाई देशभक्त नेपाली जनताले कहिले बिर्सनु हुँदैन । देशभक्त नेपाली जनताको हृदयमा महेन्द्र युगौं-युगसम्म रहनेछन् ।
राजा बीरेन्द्र परिवारको हत्या
आम देशभक्त नेपाली के कुराबाट बेखवर छैनन् भने राजा बीरेन्द्रको परिवारको हत्यामा कसको संलग्नता छ भन्ने रहस्यको उजागर भएको छ । राजा बीरेन्द्रको हत्या हुनुका कारणको पृष्ठभूमि तर्फ फर्किनु पर्छ । आम देशभक्त नेपालीहरुलाई के कुरा थाहा छैन भने ४० लाख नेपालमा रहेका भारतीय अङ्गीकृत नागरिकलाई नेपाली नागरिकतामा परिणत गरिनुपर्ने वाध्यात्मक स्थिति तत्कालीन सहमतीबाट अन्तिम अनुमोदनका लागि राजा बीरेन्द्रका सामु प्रस्तुत भएको थियो । राजा बीरेन्द्रद्वारा मुलुकमा अस्थिरता, मुलुक भित्र विभिन्न किसिमका बहानामा देशप्रति घात प्रतिघातका कुरातर्फ राजा बीरेन्द्र सचेत हुनुहुन्थ्यो । राजा बीरेन्द्रद्वारा घात-प्रतिघात त्यस विधेयकमा रहेका अन्तनिहित भित्र लुकेका कुराहरुमा स्पष्ट हुनुभयो र त्यसलाई हस्ताक्षर नगरेर संसदमै फिर्ता गरिदिनु भएको थियो ।
भारतीय ‘रअ’ र तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीको नेपाल प्रति गरिएको घृणित कार्य योजना विफल पारिदिएको थियो । भारतीय शासन व्यवस्थाको गिद्देदृष्टिको कोपभाजन राजा बीरेन्द्रको सपरिवारलाई हत्या गरेर आफ्नो स्वार्थको अनुकूल बाटो खोलेको थियो । ४० लाख भारतीयहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिने कार्यको श्रीवृद्धिमा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ती ४० लाख भारतीयहरुलाई नेपाली नागरिकताधारी बनाइएको कुरा घाम जस्तै छर्लङ्ग छ । ती कृतिमरुपी ४० लाख नागरिकतालाई नेपाल सरकारले रद्द गर्दैनन् भने तबसम्म मुलुकको अस्थीरता झन्–झन् तीब्र भएर बढीरहन्छ । यसमा कुनै शंका छैन ।
मुलुकको अस्तित्व धरापमा
तिम्रो देशमा को चाँही विवेको छैन ? को सँग सहकार्य गर्ने ? देशभक्त चिनियाँहरु नेपाल वारेमा भन्न पर्दा यस्तै भन्दै आएका छन् । भारतीय शासनका नरेन्द्र मोदीद्वारा नेपाललाई नाकावन्दी गर्नेका विरुद्धमा तत्कालीन के.पी. ओलीद्वारा उठाइएको राष्ट्रिय संप्रभुताका सवालमा उनले खेलेको भूमिका र उनका अडानका कारण नाकावन्दी खोल्न भारतीय शासनाधिकार मजबुर हुनुपर्यो । सम्पूर्ण नाकावन्दी नै फिर्ता गर्नु पर्यो । यसरी राष्ट्रप्रति गरिएका छिमेकीका दुर्व्यवहारलाई मुहतोड जवाफी फर्काएइको थियो ।
नेपाली कम्युनिष्ट पार्टी(एमाले) यसबेला माओवादीसँग मिसिएको छ । यो मेल गराउने भूमिकाको श्रेय नरेन्द्र मोदी र भारतीय ‘रअ’ का कारण संयोजन भएको छ । के.पी. ओलीमा देखिएको राष्ट्रियताको नक्कली प्वाँख यसबेला खुस्किएको छ । प्रचण्डको अभिष्ट पुरा गर्न शेरबहादुर देउवाद्वारा सुशीला कार्की प्रतिको महाभियोगको संरचना भएको थियो । न्यायालय यसबेला न्यायालय जस्तो छैन । प्रहरीका उच्च पदस्थ कर्मचारी सुन ल्याउने लाने कार्यमा संलग्न देखिन्छन् । पक्रिनु र छोड्नु उनीहरुको दैनिकी जस्तो छ । प्रहरीका लागि राष्ट्रघात गरिनु, सुनकाण्डको चुरो वीचैमा सेलाउनु, टेण्डर ठेक्का जो सुकैको होस् त्यसलाई पूर्णता गर्नु पर्दैन । सडक जताततै लथालिङ्ग छ । सरकार र न्यायालय बीचको एउटा अन्तनिहित अनुशासनको सुचारु लथालिङ्ग छ । सरकारलाई बुझाउनु पर्ने अनिवार्य करलाई मुलुकमा रहेका विभिन्न पार्टी ब्राण्डले बाँडीचुडी खाइरहेको अवस्था छ । देश लथालिङ्ग बनाइएको छ । जुनसुकै क्षेत्रमा पनि त्यस्तो बनाइएको छ । यस्तै कारण र यसलाई नसच्याउने हो भने मुलुकलाई असफल राष्ट्र बनाएर पश्चिमा तथा अन्य विभिन्न देश विरोधीहरुलाई यो मुलुकमा तिनीहरु परेड खेल्ने भूमिमा परिवर्तित हुनेछ ।
कम्युनिष्ट पार्टीका प्रचण्ड लगायत पार्टीका जिम्मेवार व्यक्तिमा अकुत सम्पत्ति थुप्रिएको कुरा विभिन्न व्यक्तिको नामबाट स्पष्टता पुष्टी आइरहेको छ । घुस, फेहरिस्त, न्यायालय प्रतिघात, प्रहरी, प्रशासनका विचौलियाको विगविगी झन्–झन् बढीरहेको छ । कम्युष्टि पार्टीका जिम्मेवार व्यक्तिहरुको रहन सहन तथा तिनीहरुको जीवन पद्धति आदि वारे हेर्दा मनन् गर्दा कम्युनिष्ट शैलीमा छैनन् । ती सामन्ति अवशेषलाई पछ्याउँदै त्यस्तै किसिमका व्यवहार प्रर्दशित गरिएका छन् । छिमेकी देश चीनमा भ्रष्टाचारी र वलत्कारीलाई सिधैं मृत्युदण्ड दिइने प्रावधान छ । चीनमा १० लाख कर्मचारीलाई पदमुक्त गरेको छ । यहाँसम्म कि १२० जना कम्युनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुलाई पार्टीबाट निस्काशन गरेको छ । चीनमा कम्युनिष्ट पार्टीमा आचार संहितालाई कडाइका साथ लागू गरिन्छ । कम्युनिष्ट पार्टीका दोस्रो वरियत क्रममा रहेकालाई समेत मृत्युदण्ड दिइएको छ । त्यसलाई व्यवहारमा पनि लागु गरेको छ । यतातिर ती कुराको छनक कतै छैन । नेपाल कम्युनिष्ट पार्टीका नेताहरु नै भ्रष्टाचारको आहालमा डुबुल्की मारेका छन् ।
मुलुकमा यसबेला प्रशासन,प्रहरी,अदालत आदिमा देखिएका विकृतिले देशलाई झन्–झन् वरालोतिर झार्दैछ । यसरी निरन्तर झारिदै जानु भनेको नै देश असफल राष्ट्रतिर उन्मुख हुनु हो । अझै पनि देशभक्त नेपालीले भारतीय शासन व्यवस्थाद्वारा गरिएका देशप्रति घातका सिलसिलालाई नबुझ्ने हो भने मुलुकको अस्तित्व नै धराप परेको अवस्था छ । यस घृणित खेलबाट देशलाई मुक्त नगर्ने हो ? ती ४० लाख भारतीय नागरिक जो नेपाली नागरिकमा परिणत भएका छन् । तिनीहरुको नागरिकता निस्तेज तथा निष्कृय नबनाउने हो भने देश रहन्छ भन्ने ग्यारेन्टी नै छैन । आज उनीहरु हिन्दी भाषा राष्ट्र भाषा हुनुपर्छ भनेर अत्तो थापि रहेका छन् । यसैले देशपट्टी लाग्ने कि ती भारतीय नागरिकलाई जो ४० लाख छन् । ती नक्कलीधारी नागरिकता निस्तेज नपार्ने हो भने भोलि मुलुकमा समस्या माथि समस्याको खात लाग्नेछ अन्तमा देश नै संसारको मानचित्रबाट हराउने छ । सबैलाई चेतना भया।