कृष्ण पहाडीको देशभक्तिमा आउ सबै मिलेर अभिनन्दन गरौं
|
“…घृणाको माध्यमबाट देशमा विखण्डनको कसरत सुरु भएको र यस्ता विखण्डनवादी शक्तिहरुलाई खवरदारी गर्न जरुरी, मानव अधिकारको नाममा अराजकता फैलाउनेलाई खुल्ला वहस गर्न चुनौति दिँदै विखण्डनको पक्षमा वकालत गर्नेहरुसँग आफूले संगत नै नगर्ने ।”
कृष्ण पहाडी, अध्यक्ष
नेपाल मानव अधिकार तथा शान्ति समाजका संस्थापक
२०३५।०४० तिर पत्रकारिताको सिलसिलामा काठमाण्डौ आवतजावत त्यतिबेला खुबै गरिन्थ्यो । तेस्रोविश्व साप्ताहिक २०३९।४० तिर सम्पादन तथा प्रकाशन आफैले गर्नुपर्ने अवस्था थियो । एमनेष्टी इन्टरनेशनलको अफिसमा निस्केको थिए । तेस्रोविश्व साप्ताहिकलाई पनि एनेष्टीको बुलेटिन प्रेषित अनुरोध गर्न जादा संयोगले कृष्ण पहाडीसँग भेट भयो । उहाँले पत्रिका निकाल्दै हुनुहुन्छ मलाई थाहा छ भन्नुभयो र मैले उहाँलाई ठेगाना टिपाएर उहाँको कक्षबाट वाहिर निस्किएको सम्झना छ । त्यसपछि धेरै समय पानी सरह बगिरहेको पत्तै भएन ।
म जुनबेला तेस्रोविश्व साप्ताहिक प्रकाशनको आरम्भ गर्दै थिए । त्यसबेला मैले पढे अनुसार वी.पी. कोइरालाले संयुक्त राष्ट्रसंघलाई नेपाललाई सदस्यता दिइनु हुन्न भनेर राष्टसंघ नै ‘तार’ पठाइएको कुरा इटहरीका तत्कालीन मेडिसिन विक्रेता तथा चित्रकारितामा राम्रो दख्खल भएका आदरणीय कृष्णप्रसाद कोइरालाले मलाई वी.पी. द्वारा गरिएको आत्मघाती तार पठाएको प्रकाशित पत्रिकाको कटिङ देखाउनु भएको थियो । त्यसबेला देखि नै नेपाली काँग्रेस भनेको भारतीय परस्त पार्टी हो । भारतले जे जति अन्याय, अत्याचार गरे पनि नबोल्ने पार्टी रहेछ भन्ने मेरो दिल दिमागमा रहेको थियो ।

त्यसबेला मलाई लागेको थियो एमनेष्टी इन्टरनेशनलद्वारा निकाल्ने बुलेटिन सत्यमा आधारित तथा जुनसुकै देशमा सरकारले आफ्ना नागरिकप्रति गरिएको ज्यादतीका विरुद्धमा यसले विश्व समक्ष ती कुराहरुलाई पु¥याएर सम्बन्धित राष्ट्रलाई दवाव दिन्छ भन्ने मलाई लागेको थियो । त्यो भावना मसँग धेरै समयसम्म घर गरिरहेको थियो । म एमनेष्टी इन्टरनेशनलको बुलेटिनलाई अघोपान्त नै हेर्थे ।
देश विघटनका शूत्रधारहरु
छिमेकी देश भारतमा ‘गोर्खाल्याण्ड’ आन्दोलन त्यस क्षेत्रका नेपालीहरुले चलाएको आन्दोलन भारतबाट पृथक हुने कुराबाट चलाएको आन्दोलन नभएर भारत सरकारको शासन व्यवस्था अन्तर्गत रहेर नै भारतको उन्नतिका लागि आफूलाई सम्हाहित गर्दै भारतीय जनताको हितमा, भारतीय राष्ट्रको पक्षधरमा नै गरिने निष्ठापूर्ण आन्दोलन हो । त्यस देशभक्ति आन्दोलनलाई विभिन्न वाहानामा भारतीय सैनिक प्रयोग भइरहेको छ ।
नेपाल एउटा सार्वभौम सम्पन्न देश हो । यसको विकासक्रम र वैभवता जहाँ अंशुवर्माले सिक्काको निर्माण र चीनसँग सम्बनध विकासको लागि चीनसँगको सामिप्यता मित्रतामा अझ सुदृढका लागि भुकुटीसँग श्रोङम्चङगम्पोसँग विवाह मित्रताको कसी हो । बौद्ध धर्मलाई अझ व्यापक सुदृढ गर्न तत्कालीन चिनियाँ सम्राटले खेलेको भूमिका उदाहरणीय तथा अनुकरणीय छ । यस कारण नेपालको ओजस्विता नेपालको महिमा झन् झन् माथि उक्लिएको कुरालाई नकार्न सकिन्न ।
कमरेड रोहितले आजभन्दा १० औं वर्ष अगाडि भन्नुभएको थियो । २०।२२२ हजारको तादातमा रहेका नेपालीहरु जो देशद्रोही कित्तामा पर्छन् । ती नेपालका विभिन्न कार्यालय तथा विभिन्न पेशामा कार्यरत छन् । ती सबै मुलुकका विभिन्न क्षेत्रमा कार्यरत छन् । ती सबै लैनचोर दरवारबाट सञ्चालित छन् । ती दोहोरा तलब खान्छन् । यतातिरको पनि सिमाना पारिको पनि खान्छन् । काम चै भने भारतीय शासन व्यवस्थाको लागि काम गर्छन् ।
मुलुक भित्र राष्ट्र विखण्डनको कुरा गर्नेलाई कारवाहीको सिलसिला गर्न खोज्दा ती विभिन्न समूहका भएर पनि एकैश्वरमा विखण्डनकारीलाई सजाय दिनुहुन्न कारवाही गर्न हुन्न भनेर स्वर उराल्ने केही स्वनामका वारेमा डा. ऋषिराज वरालले यसो भन्नुभएको छ ।
नेपाल राष्ट्रलाई विखण्डन गर्न र सिध्याउनका लागि सी.के. राउतले चलाएको अभियानदेखि वाक्क दिक्क भएर २०७०।०७१ मा पनि जनताले चौतर्फी आवाज उठााए ०७१ भाद्रमा सरकारले कार्यवाही प्रकृया सुरु मात्र गर्न लागेको थियो । नेपालका स्वनाम धन्य भनिएका र ठूला कहलिएका यी बुद्धिजीविहरुले सिके राउतलाई छुन चलाउन पाइदैन भन्दै वक्तव्य निकाल्नेदेखि कोकोहोला मच्चाउन थाले ।
(१) दमननाथ ढुङ्गाना, (२) पदमरत्न तुलाधर, (३) श्याम श्रेष्ठ, (४) खगेन्द्र संग्रौला, (५) सीके राउत, (६) कृष्ण हाथेछ, (७) मल्ल के सुन्दर, (८) कृष्ण भट्टचन, (९) हरि रोक्का, (१०) विज कान्त कर्ण, (११) राजेन्द्र महर्जन, (१२) झलक सुवेदी, (१३) पासाङ शेर्पा, (१४) धीरेन्द्र प्रेमर्षी, (१५) गणेशकुमार मण्डल, (१६) विमल अर्याल, (१७) तुलानारायण शाह, (१८) अनुभव अजित, (१९) युग पाठक, (२०) उज्जवल प्रसाई, (२१) चीरण मानन्धर, (२२) राजेश अहिराज, (२३) रवि ठाकुर, (२४) ज्ञानु अधिकारी, (२५) माइकल हट ।
श्रोतः डा. ऋषिराज बराल (२०७५–०६–२८ आइतवार)
नेपाली काँग्रेस प्रतिको घृणा
जव–जव के.पी. ओली भारतीय नाकावन्दीको विरुद्धमा कुर्लदै थिए । तत्कालीन राष्ट्रियता प्रतिको समर्पण तथा देशप्रतिको अगाधता प्रति नाकावन्दीको प्रतिरोधमा आम नेपाली जनतालाई उत्साह गर्दै गरेको बेलामा स्थिति थियो । भारतीय शासनको युद्ध भन्दा पनि कठोर स्थितिको सामना गरेर नाकावन्दीको प्रतिरोधमा देशभक्ति नेपाली जनता उत्रिएका थिए ।
भारतीयद्वारा सिर्जित नेपालमा गरिएको चौथो पटकको नाकावन्दी युद्धभन्दा पनि कष्टकर र भयानक थियो । नेपालीहरुले संविधान त्यो पनि ९४% का ले बनाएकोमा, त्यसमा भारतीय शासन सत्ता नेपालमा सुड पसारेर त्यसलाई बिथोल्ने नियतबाट प्रष्टसँग आएको थियो ।
संयुक्त राष्ट्रसंघको महाधिवेशनमा समेत नेपालतर्फबाट गएका जिम्मेवार प्रकाशमान सिंहबाट भारतले नाकावन्दी गरेको छैन भारतले सहयोग गरिरहेको जस्ता झुट शब्द पनि बोलेका थिए । संसारलाई थाहा भइसकेको तथा वाराक ओवामाले त त्यस नाकावन्दीलाई युद्धकालीन भन्दा कठोर भएको कुरा अभिव्यक्त भएको थियो । सिङ्गो नेपाली काँग्रेसलाई राष्ट्रप्रति अपहेलना हुँदा, राष्ट्रप्रति छिमेकीद्वारा घात प्रतिघात हुँदा आम नेपाली जनताप्रति चोट परिरहदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पठाइएका प्रकाशमान सिंहद्वारा गरिएको अभिव्यक्तिले देशको नै शिर निहुराएको थियो । राष्ट्रसंघलाई नै गुमराह बनाउने कार्य भएको थियो । नेपाली काँग्रेसको इतिहासमा वी.पी.ले कुनैबेला नेपाललााई संयुक्त राष्ट्रसंघको सदस्य हुनु हुँदैन भनेर तार पठाएका थिए । दोस्रो भारतीय सरकारद्वारा नाकावन्दी हुँदाहुँदै नाकावन्दी छैन भनेर भन्नु नै नेपाली जनताप्रति घृणा रोपिएको कुरा सहजै अनुमान गर्न सकिन्छ ।
कृष्ण पहाडीप्रति सम्मानभाव
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र प्रचण्ड छेउमा सिके राउतलाई बगलमा राखेर सीके राउतप्रति निष्ठा व्यक्त गर्दै थिए । सीके राउतलाई विखण्डनका घृणित कृयाकलापको लागि संरक्षण दिएर टुँडिखेल गुञ्जाउँदै गएको अवस्था थियो ।
एमनेष्टी इन्टरनेशनल नेपालका तत्कालीन संयोजक कृष्ण पहाडीले नेपाल विभाजनको ग्राण्ड डिजाइनमा आफ्नो सहभागिता नजनाउने तथा यस्ता घृणित कार्य प्रति आफ्नो विरोध जनाउँदै निस्कनु भएको थियो । यस कारण देश विखण्डनको कार्यप्रति विरोध मात्रै नभएर एमनेष्टी इन्टरनेशनलले आफ्नो मान्यता तथा विखण्डनका कुरा एमनेष्टी इन्टरनेशनलको गरिमालाई नै च्यूत गराउने हरकत प्रति सावधान हुँदै त्यस संस्थाबाट बाहिरिनु भएको थियो । सिके राउतका देश विखण्डन गर्ने कार्यलाई कसैकतैबाट ढाडस तथा सहयोग गरिएको खण्डमा देश विरोधी गतिविधिमा लागेको देशद्रोहीको संज्ञाका भाषा शब्दहरु चित्रित भएको कुरा नकार्न सकिन्न ।
तपाईको देशप्रतिको अथाह राष्ट्रियताले ओतप्रोत हुनु भएका व्यवहारहरु देखाउनु भएको छ । तपाईंमा कुनै लोभ, लालचबाट माथि उठ्नु भएको छ । यहाँसम्म कि तपाईंले वैवाहिक जीवनमा समेत प्रवेश गर्नु भएन । तपाईं कुनै पदको लोलुपताले पनि छोएन । राष्ट्रप्रतिको अगाधता, राष्ट्रप्रतिको तपाईंको निष्ठा, जुनसुकै पार्टीले पनि तपाईंको उचाइलाई नाप्न सक्दैन । ती सवै उचाई भन्दा माथि हुनुहुन्छ तपाईं यस उचाइमा यी पंक्ति लेखुन्जेल कोही नपुगेको कुरा पनि दोहो¥याउन चाहन्छु । राष्ट्रलाई सवल सक्षम राख्नु, राष्ट्रलाई विखण्डनको धारबाट उकास्न, राष्ट्रको सार्वभौमसत्ताको रक्षार्थ तपाईंले खेलेको भूमिका प्रति गर्व गर्दै यी सबै कार्यमा देशवासी प्रति तपाईंको जिम्मेवारीलाई अगुवाइ गर्दै तपाईंबाट हामी प्रेरित भइरहौ कामना गर्दछौं ।
हामी नेपाली भएकोमा गर्व गरौं
हाम्रो पहिचान हिमाल मुनीको देश, बुद्ध जन्मिएको देश, भृकुटी देश, सीताको मातृभूमि, ज्ञानी ऋषिमुनीहरुको तपोभूमि आदि विशिष्ट कारणले हामी यस भूमिमा जन्मियौ । यस भूमिमा हाम्रा असंख्य पुस्ताहरु वितेका छन् । राष्ट्र निर्माणको वलिवेदीमा हाम्रा पुर्खाहरुले रगत बगाएका छन् । ती रगतद्वारा सिंचित यो भूमि हो । हामी जन्मिएका छौं । हामी आफूलाई गौरवशाली सम्झदै गर्व गरौ ।
मुलुकका विभिन्न भेगमा हामी छरिएर बसेका छौं । ती पहाडमा, तराइमा, पहाडका कुना काप्चा, नदिका किनार, शहरी क्षेत्र, दुरदराज क्षेत्रमा जता बसे पनि हामी नेपाली हौं । जो विभिन्न जात १२२ जातिका हामी छौं । जे जुन जातिमा भएपनि हामी नेपाली हौ ।
हाम्रा पुर्खाहरुद्वारा छोडिएको यो धरोहर नासो हो । यो नासोलाई हामीले आफ्ना सन्ततीलाई जस्ताको तस्तै रुपमा सुर्पुदगी गर्नुपर्छ । यो हामी नेपालीको नैतिक जिम्मेवार हो ।
नेकपा माओवादीले १७ हजार नेपालीको हत्या गरेर आफ्नो वर्चश्वको लागि नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ । कुनैबेला मिति याद भएन प्रचण्ड र बाबुरामले टुडिखेल मन्चमा सी.के राउतलाई मन्चको अग्रभागमा राखेर मुलुक टुक्रयाउने व्यक्तिलाई जसरी उचालेका थिए त्यसको अपराध बोध भएको छ कि छैन ? सिके राउतले गरेका देश विरोध हर्कतप्रति जवसम्म उसलाई विभिनन कोणबाट सुसारी मुसारी रहेर उक्साउने कार्य भइरहन्छ नेपाली जनताको धैर्यको बाँध नटुटाउन भन्दै यसै लेखद्वारा हाँक दिन्छु ।
आदरणीय कृष्ण पहाडीजी !
तपाईं राष्ट्रिय अन्तर्राष्ट्रियमा समेत परिचित हुनुहुन्छ । तत्कालीन सिके राउतलाई संरक्षण दिने एमनेष्टी इन्टरनेशनलको विखण्डन कार्यप्रति विरोध गर्दै निस्कनु भयो । यी पंक्ति लेखुन्जेल पनि राष्ट्रप्रति अगाधता प्रकट गर्दै विखण्डनका विरुद्धमा आफूलाई उभ्याउनु भएको छ । तपाईंको यो उभ्याइमा हामी देशभक्त नेपालीहरु पंक्तिबद्ध हुनेछौं । आउनुस विखण्डनका विरुद्धको युद्धमा हामीलाई अगुवाई गर्नुस् ।
ritu524646@gmail.com
