अभागी

सुक्खा मेरा यी परेलीहरुलाई
आँशुको धाराले धुन मन लग्यो
कहिले काहीं सुक्कँ-सुक्कँ गरि
एकान्त कुना पसेर रुन मन लग्यो ।

तिमी छैनौ यो धर्ति माझ आज
अतितलाई सम्झिएर हरेक साँझ
टुकी बालेर अन्धकारलाई छिचोल्दै
टुलुटुलु हेरि तिम्रो तस्विर छुन मन लग्यो ।

सँगै हुँदा कैयौं गल्तिहरु भए होलान्
चित्त नबुझ्दा दुवैको मन रोए होलान्
सँगै मर्ने सँगै बाच्ने कसमहरु तोडेर
किन त्याग्यौ संसार मलाई एक्लो छोडेर ।

मायामा त्याग र बलिदान हुन्छ भन्थेउ
मेरा लागि ती सब दिवा सपना भयो
तिम्रो अनुपस्थितिमा सहानुभूतिको सट्टा मलाई
समाजले उपहार स्वरुप अभागीको संज्ञा दियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *