गजल
|लाजका कुरा गर्ने तिमी म बैमानी हुनुपर्छ
रातभरी जूनका सामु पानी पानी हुनुपर्छ ।
चुम्न सक्छ अन्जान कुनै भमराले फूललाई
पक्कै हैन दिल साट्न चिनाजानी हुनुपर्छ ।
हतार भन्दा भोकलाई सुस्त सुस्त मेट्दै जानु
हर कार्यमा कैले काँही आनाकानी हुनुपर्छ ।
कोही भन्छन् निन्द्रा प्यारो कसैलाई ओछ्यान् प्यारो
मलाई भने मात्र तिम्रो हात् सिरानी हुनुपर्छ ।
मलाई तिमी मन पर्छ सब्ले भन्न जानेका छन्
जानी जानी मिठा गल्ती गर्ने बानी हुनुपर्छ ।
One Comment
सुन्दर ! वाह गणेशजी !