गजल
|दुख्यो जिन्दगानी दुखाए हँसीले
गिजोले निराधारका अब्जसीले
खपेँ घाम पानी तथा भोक प्यास
सुलुक्कै निले रोजका बेबसीले
भए कालवेला महाघोर मेरा
लिँदैछन् परीक्षा अनेकौँ कसीले
जुनेली हराईन् हराए सितारा
गयो रोशनी मेघका वापसीले
पुगे हर्ष,उल्लास,उत्साह टाढा
लुट्यो कामयाबी सबैआलसीले
भए व्यर्थ पूजा तथा भक्ति भाव
कृपादृष्टि त्यागिन् सधैँ मानसीले
कतै छैन सोझो सुधोको जमाना
गरेनन् नियाँ स्पष्ट भै आरसीले
हर्यो दैवले सुक्ख सन्तुष्टि सारा
छली भाग्य लेखेछ कालो मसीले
(भुजङ्गप्रयात छन्द)
६ अक्षरमा विश्राम