ख्रिस्टमस २०१८ का सन्दर्भमा केही प्रसङ्ग

अहिले ख्रिस्टमस पर्व अर्थात क्रिसमस २०१८ को पुर्व सन्ध्यामा छौं । यसै पर्वसँग सन् २०१८ लाई बिदा गर्दै नयाँ वर्ष ईश्वी सम्बत २०१९ लाई स्वागत गर्दैछौं । विश्वभरि अहिले ख्रिस्टमसको माहोल छ । शहर, बजार, पसल-होटलहरु सिंगारीएका छन् । ख्रिस्टमस ट्रीहरु घर-घरमा सजाइएका छन् । नेपालमा पनि आंशिक रुपमा क्रिसमस्को माहोल बनेको छ । ठाउँ-ठाउँमा केरोल खेलको आयोजना, प्रेम भोजका साथै शुभकामना आदान-प्रदान गर्ने कामहरु भैराखेका छन् । नेपाली ईशाईहरुले यो सालको क्रिसमस् मनाइरहँदा गतवर्ष सार्वजनिक बिदा भएको क्र्रिसमस यो बर्ष कटौति गरिएको छ । नेपाल सरकारले सबै जात समुदाय र धर्म सम्प्रदायहरूका मौलिक चाडबाडमा बिगत बर्षहरूमा दिँदै आएका सार्वजनिक विदाहरु बिना कुनै अध्ययन हचुवाका भरमा कटौती गर्दा नेपाली ईशाई समुदायमा नरामाइलो महसुस भएको छ ।

क्रिसमस्को अवसरमा सार्वजनिक विदा घोषणा गरेको एक वर्ष पनि नपुग्दै सरकारबाटै यसलाई बन्देज लगाउनुको उदेश्य के हो ? यदि यो धर्मको अभ्यास गर्न नपाउने हो भने, हिन्दु सनातन धर्मका पुस्तकहरु जहाँ ख्रीष्ट येशूको जन्मदेखि लिएर उहाँको बलिदानसम्मका कुराहरुलाई कहाँ लगेर थन्क्याउने ? नयाँ सम्बिधान पाएर धर्मनिरपेक्ष राष्ट्र घोषित हुँदा पनि केहि समुहहरुले आफ्नो धर्मको अभ्यास गर्नका लागि पहिला नै पाईसकेको अधिकार नै पुनर्बहालीको माग गर्दै डेलिगेसन लिएर मन्त्रालय धाउन पर्ने अबस्था आउनु पक्कै पनि बहुदलीय प्रजातन्त्रको अभ्यासका लागि सुहाउने कुरा होइन ।

क्रिसमस २०१८ पूर्व, विवादको घेरामा मुछिएको एसिया प्यासिफिक समिटको नाममा सरकारका प्रतिनिधिहरूले नै बिबादित अभिव्यक्ति दिन थालेका छन् । र ईशाईहरुको बारेमा नकारात्मक टिकाटिप्पणीहरु पनि हुन थालेको छ जवकि यसलाई संसारका कुनैपनि ईशाईहरु चाहे प्रोटेस्टेन्ट हुन या क्याथोलिक हुन उनीहरुले ईशाई भनेर स्वीकार गर्दैनन भन्ने करा बुझ्न जरुरी थियो । त्यो कसैले बुझेनन् । उनीहरु अर्थात सरकारमा रहने वा यसलाई इशाई मेसिनरी हो भनेर बिरोध गर्नेहरू पनि त भ्रममा थिए ।

विश्व भरका इशाईहरूले जीससको जन्मदिन मनाउने तयारी गरिरहँदा नेपालमा जीससको छोरी भनेर आफूलाई घोषणा गर्ने विवादित नारीको नेपाली ईशाईहरुवाटै तिब्र बिरोध भै राख्दा पनि के उनीहरु ईशाई होइनन् भने किन होईनन् भनेर ईशाई धर्ममा बर्षौ देखि साधना गरिराखेकाहरुलाई एउटा प्रश्न पनि नसोधिनु एक गैर जिम्मेवारीपन हो । र, यदि उनीहरु ईशाईहरु हुन् भने सरकारले अब जवाफ दिनै पर्छ,कसरी हुन् ? पवित्र धर्मशास्त्र बाईबलको कुन पुस्तक ? कुन अध्याय र कुन पद अनुसार उनीहरु ईशाई हुन् ? सनातन हिन्दु धर्म शास्त्रका कुन पुस्तकमा उल्लेख छ ?

आफूलाई तर्क र उखान टुक्का तथा सबैकुराको ज्ञाता ठान्नेहरुले “यदा यदा हि धर्मस्य, ल्गानिर्भवति भारत । अभ्युत्थानम अधर्मस्य तदात्मान सृजाम्यहम् ।। परीत्राणाय साधूना बीनासाय च दुस्क्रृताम धर्मसंस्थापनर्थाय सम्भवानी युगे युगे ।” यो गीता ४ अध्याय को ७ र ८ पद तेर्स्याउन पनि सक्छन तर यति छिट्टै एकै पुस्तामा दर्जनौं भगवान पक्कै पनि अवतरीत हुँदैनन् । किनकि केही दशक भित्रै नेपाल र भारतमा गरि दर्जनौंले आफू-आफूलाई भगवानको अवतार घोषणा गरिसकेका छन् । बिगतमा नेपालमा नौ नौ महिनामा प्रधानमन्त्री बदल्ने जस्तो होईन होला भगवानको राज्य । आदि देखि अनन्तसम्म एउटा सिस्टममा चलेको हुन्छ । भगवानको राज्य भनेर बुझेर पनि बुझ पचाउन मिल्दैन ।

ख्रीष्ट येशूको जन्मदिन मनाईरहेको अबस्थामा फेरी यसैको चर्चा एकछिन गरिहालौं-
ईशामसीहधर्माश्च सुरै राज्ञैव सस्थिताः,अर्थात ईशाइ धर्म देवता र राजाहरुले स्थापना गरेका हुन । यो भनाई हो सनातन हिन्दु धर्मको पुस्तक भविष्य महापुराण प्रतिसर्ग पर्व चौथो अध्यायको ३२ पद । यी पदहरु यहाँ उल्लेख गर्नको मतलब हो हिन्दु सनातन धर्मशास्त्रले पनि यसलाई समेटेको छ ।

“हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने, म त्येसकहाँ भित्र पस्ने छु र त्यससङ्ग भोजन खानेछु र त्यसले मसँग खानेछ ।” यी हरफहरु धर्म शास्त्र बाइबलको प्रकाश ३ को २० पद बाट लिइएको हो । धर्मशास्त्रअनुसार यो ढोका खोल्न चाहने व्यक्ति हुनुहुन्छ येशू ख्रीष्ट । यो ढोका मानव जातिको ह्दयको ढोकालाई भन्न खोजिएको हो ।

“तिमिलाई एउटा पवित्र छोरा प्रदान गर्न आएको हुँ“ मरियमले भनिन “मैले छोरो कसरी पाउन सक्छु र जवकि मलाई न कुनै पुरुषले छोएको छ न म व्यभिचारी नै हुँ ।” उनले उत्तर दिए – “ यस्तै हुनेछ ।” तिम्रा पालनकर्ताले भनेका छन्– “मेरो निम्ति यो काम सजिलो छ । र ( हामी यसकारणले यसो गर्ने छौं कि ) उसलाई हामीले मानिसहरुको लागि निशानी तथा आफ्नो तर्फबाट एक प्रकारको दया बनाऔं । यो एउटा पूर्व निर्धारित फैसला हो । अनि उनी गर्भवती भइन् र त्यसै अबस्थामा उनी एउटा टाढाको स्थानमा गइन् । “… र शन्ति नै शान्ति छ ममाथि, जुनदिन म जन्मे, जुनदिन म मर्नेछु र जुन दिन मलाई जीवित पारेर उठाइने छ ।” यही मरियम पुत्र ईशाको सत्य कथा हो जसमा मानिसहरु शंका गरिरहेका छन् ।

माथीका हरफहरु कुरआन् मजीदको १९ सुरह मर्यमका केहि पदहरु हुन् । यो माता मरीयम र स्वर्गदूतबिचको सम्बाद हो कूरानअनुसार ।

सबै धर्मशास्त्रले स्विकारेको ईशाई धर्मलाई विदेशी धर्म भनेर भेदभाव गरिनु हुँदैन। धर्मको नागरिकता हुँदैन ।

“तडागस्य च सान्निध्ये तडागं परिवर्जयेत् ,प्रपास्थाने प्रपा वज्र्या मठस्थाने मठं त्यजेत् ।”(तलाउको नजिकै अर्को तलाउ नबनाइयोस, कुवाको नजिकै अर्को कुवा नबनोस,मठ मन्दिरको नजिकै अर्को मन्दिर नबनाइयोस )।

भविष्य महापुराण दोश्रो खण्ड मध्यम पर्व १ः१८ मा हजारौँ वर्ष अगि लेखिएका यी हरफहरुले अहिले पनि मानिसहरुलाई सिकाईरहेको छ ।

जसका कारणले एकले अर्कोलाई बाधा पुर्याइरहेको हुन्छ । तलाउको नजिक तलाउ बनाउँदा र कुवाको नजिक अर्को कुवा बनाउँदा पानीको कमि भएर दुबै तलाउ वा कुवाको लागि पर्याप्त पानी नहुन सक्छ । समुह बिभजित हुन सक्छ अलग अलग कुवाको लागि । धार्मिक सद्भावना खलबलिन सक्छ बिभिन्न धर्म तथा सम्प्रदायका मठ मन्दिरहरु एक अर्काको नजिकै बन्दा । यस्ता कुराहरुलाई समयमा नै सबै धर्मका धर्मगुरुहरुले ध्यान पुर्याउन जरुरी देखिन्छ भने सारकारलेसमेत, मठ, मन्दिर, मण्डली, मस्जिद, गुम्वा, चैत्य, पाटी, पौवा, सार्वजनिक पोखरी, कुवा आदिको उचीत व्यबस्था गर्न पछि पर्न हुँदैन । बिभिन्न धर्मका धर्मगुरु तथा सरकारले यसमा ध्यान पुर्याएको देखिन्न । पहिलेका धर्मगुरुहरु तथा ऋषि मुनिहरु कति दूरदर्शी थिए भन्ने कुराको प्रमाण हो धर्मशास्त्रका यी हरफहरुले प्रमाणित गर्छन् ।

सनातन धर्मको पुस्तकबाट लिईएको यी महान शिक्षाहरु हिन्दु, ईशाई लगायतका सबै धर्मगुरुहरुको लागि उपयुक्त देखिएकाले यहहाँ राख्न खोजिएको हो ।

ईशाईहरुले चर्चको नजिक अर्को चर्च स्थापना गर्ने, अन्य धर्माबलम्बिहरुले चर्चको नजिकै आ आफ्ना मठ मन्दिर निर्माण गरेर सद्भाबना खलबल्याउने काम यदा कदा नभएका भने होइनन् । जुनकरा हजारौँ बर्ष अगिका ऋषि मुनिहरुले पहिलेनै नगर्न भनि भविष्य पुराणमा भनेको देखिन्छ ।

यसर्थ क्रिसमसको खुशी साटासाट गदै गर्दा अरुको खुशीलाई नबिगारौं । एकले अर्कालाई आदर गरौँ । हामी सारा मानब जातीहरु एउटै परमेश्वरबाट सृष्टि भएका हौं भन्ने कुरालाई ह्दय देखि स्वीकार गरौँ ।

नेपालमा नयाँ सम्विधान बनेर गणतन्त्रको उदय भएपनि पहुंच नभएका सिदा सादा निमुखा जनताहरुले अझै पनि डर र त्रासमा बाँच्नु परेको अबस्था छ । नयाँ सम्विधान बन्न अघि नेपाली जनताहरुलाई जुन सपना नेताहरुले बाँडे, केवल खोक्रो आश्वासन बाहेक केहि हुन पुगेन । राजाको पुनर्बहाली, सम्बिधानमा कायम भएको निरपेक्ष राज्यलाई हटाएर फेरी हिन्दु अधिराज्य कायम गर्नु पर्ने चर्चा यी सबै नेपालमा अस्थिरता कायम गर्ने नेपाल बिरोधी डिजाइन भन्दा वढि अरु केहि हुन सक्दैन ।

ईशामसीहधर्माश्च सुरै राज्ञैव सस्थिताः अर्थात ईशाइ धर्म देबता र राजाहरुले स्थापना गरेका हुन । यो भनाई सनातन हिन्दु धर्मको पुस्तक भविष्य महापुराण प्रतिसर्ग पर्व चौथो अध्यायको ३२ पदबाट लिइएको हो ।

हेर म ढोकामा उभिएर ढकढक्याउँछु,कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससङ्ग भोजन खानेछु र त्यसले मसँग खानेछ । यी हरफहरु धर्म शास्त्र बाइबल को प्रकाश ३ को २० पदबाट लिइएको हो ।धर्मशास्त्र अनुसार यो ढोका खोल्न चाहने व्यक्ति हुनुहुन्छ येशू ख्रीष्ट ।

“तिमिलाई एउटा पवित्र छोरा प्रदान गर्न आएको हुँ“ मरियमले भनिन् -“मैले छोरो कसरी पाउन सक्छु र जबकि मलाई न कुनै पुरुषले छोएको छ न म व्यभिचारी नै हुँ ।” उनले उत्तर दिए – “यस्तै हुनेछ ।” तिम्रा पालनकर्ताले भनेका छन्– “मेरो निम्ति यो काम सजिलो छ । र (हामी यसकारणले यसो गर्ने छौं कि) उसलाई हामीले मानिसहरुको लागि निशानी तथा आफ्नो तर्फबाट एक प्रकारको दया बनाऔं । यो एउटा पूर्व निर्धारित फैसला हो ।” अनि उनी गर्भवती भइन् र त्यसै अबस्थामा उनी एउटा टाढाको स्थानमा गइन् । “… र शन्ति नै शान्ति छ ममाथि,जुनदिन म जन्मे, जुनदिन म मर्नेछु र जुन दिन मलाई जीवित पारेर उठाइने छ ।”

यही मरियम पुत्र ईशाको सत्य कथा हो जसमा मानिसहरु शंका गरिरहेका छन् । माथीका हरफहरु हन्- कुरआन् मजीदको १९ सुरह मर्यमका केहि पदहरु ।

किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। युहन्ना ३ः१६

परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। यहुन्ना ३:१७

“ईशपुत्रम् च मां बिध्दि कुमारी गर्भ सम्भबम् । ” अर्थात “म कुमारीको गर्भबाट जन्मिएको परमेश्वरको छोरा हुँ ।” भविष्य महापुराणको प्रतिसर्ग पर्व ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तुमा कश्चिद्दुःखभाग्भवेत् ।

अन्तमा ख्रीष्टमस २०१८ को हार्दिक मङ्गलमय शुभकामना तथा नयाँ सन् बर्ष २०१९ शुभ रहोस् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *