रङ्ग
|मेरो विश्रृङ्खलित मनलाई
श्रृङ्खलाबध्द बनाउने तिमी
कुहिरोको कम्बल भित्र आफूलाई लुकाएर
मलाई सूर्यको विसर्जित तातो लप्काबाट बचाउने तिमी
ओ प्रिय निलकमल !
रङ्गै रङ्गको संसारमा
मलाई निलो रङ्गले रङ्ग्याउने तिमी
बास्नै बास्नाको छेउमा बसेर
ममा अलग बास्ना भर्ने तिमी
ओ प्रिय निलकमल !
तिमीजस्तै निलाम्य बनेर
बाँचिरहेछु समयका आयामहरूमा
सेतो हुस्सुले छोपिरहेछ
तिम्रो र मेरो निलो रङ्गलाई
म बाँचिरहेछु तिमीमै
म रङ्गिन बनिरहछु तिमीमै
ओ प्रिय निलकमल !